निर्णय नं. ३०८७ - ज्यान मार्ने उद्योग ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०८७ - ज्यान मार्ने उद्योग । भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०५/२३ २३२० निर्णय नं. ३०८७ ने.का.प. २०४४ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. १९ मुद्दा : ज्यान मार्ने उद्योग । निवेदक/प्रतिवादी: जिल्ला कालिकोट खिम गाउँपञ्चायत वडा नं. ५ बस्ने महेन्द्रराज बम । विरुद्ध विपक्षी/वादी: अज बहादुरको बमको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति: २०४४।५।२३।३ मा मिसिल संलग्न केश फाराम हेरिएमा अगाडिका महलहरूमा छाला खुइलिएको ३५ दिनमा निको हुने ३½ र २ से.मी. लम्बाई सम्मका घाउहरू भएको भनी जनिए तापनि त्यसपछिका महलहरूमा धार भएको हतियार र कडा भन्ने महलमा चिनो लगाई राखेको देखिएबाट माथि लेखिएको कुरा समर्थन हुन नसकी घाउ खत परेका भनी देखाइएका ठाउँहरू जाहेरी दर्खास्तमा उल्लेख भए बमोजिम कै देखिन आएबाट केश फारामको अघिल्ला महलहरूमा लेखिएका र जनिएका कुराहरू नै साँचो हो भन्न सकिने अवस्था रहन नआउने । (प्रकरण नं. ३३) हाजिरीमा देखाइए बमोजिम साउन १ गते देखि हाजिर भई कामकाज गरेको नदेखिने भनी साउन भाद्र महीनाको समेत हाजिरी फाराम पठाएकोमा निज दर्शनकला साउन २६ गते सम्म विरामी नै रही ऐ. २७ गते देखि मात्र हाजिर रहेको देखिन आएबाट निज दर्शनकला साउन १ गते देखि नै हाजिर रही काम गरिआएको भनी देखाउने असफल प्रयास गरेको देखिन आउने । (प्रकरण नं. ३४) पेश गरेको औषधि उपचारको प्रमाणपत्र कुनै सरकारी अस्पतालको नभई एकजना प्राइभेट डाक्टरको देखिएको हुँदा निसन्देह रुपबाट प्रमाणमा लिन सकिने अवस्थाको नदेखिएको र आफ्नो सफाइमा पेश गरेको साक्षीहरूको बकाई समेत आपसमा नमिली फरक परेको देखिन आएकोले यस अवस्थामा निजको इन्कारी बहस जिकिर बमोजिम साँचो मान्न सकिने अवस्थाको देखिन नआउने । (प्रकरण नं. ३५) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी,विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी, वादीतर्फबाट: विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. उल्लेखित मुद्दाःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः यस अदालतको डिभिजन बेञ्जबाट मिति २०४२।२।१३।१ मा भएको फैसला दोहोर्याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र चढाउनु भएकोमा ‘यसमा व्यहोरा साँचो भए यस्मा लेखिएको त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको ज्यान मार्ने उद्योग मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी निर्णय गर्नु’ भन्ने हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. २०३७ साल आषाढ ३२ गतेको बेलुका छोरी दर्शनकला र वर्ष १० को छोरा सूर्यबहादुर आफैं खोला नजिकको घट्टमा गहुँ पिध्न गएको बेलामा जाफे हुलाकको एजेन्ट पदबाट महेन्द्रराज बमलाई हटाउन लगाई छोरी दर्शनकलालाई एजेन्ट बनाए भन्ने रीसले परेगबहादुर बम, प्रभूजंग बम, महेन्द्रराज बम, सिरजंग बम, सुरजिम बम, संख बम, नन्दबहादुर बम, नागमल धामी आई घेरा दिई प्रभूजंग, सिरजंग, सुरजिम ३ जनाले यिनी २ जनालाई मार्नै पर्छ भन्ने बचन महेन्द्रराजलाई दिई निज महेन्द्रराजले हातमा लिएको खुकुरीले छोरी दर्शनकलालाई हानी मर्न बाँच्नाको दोसाँध गरेकोले निज छोरी दर्शनकलालाई उपचार गर्न जुम्ला अस्पतालमा राखिएको र छोरा सूर्यबहादुर मरे या जीवित के छ