निर्णय नं. ३०८८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०८८ - अंश भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/०४ २३६४ निर्णय नं. ३०८८ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.नं. ५१४ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी:जिल्ला बांके नेपालगञ्ज न.पं.वा.नं. ४ बस्ने जसोदा कसोधन बानियाँको मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने बाबुदेई बनैनी । विरुद्ध वादी: ऐ. ऐ. बस्ने रामप्रसाद कसौधन बनिया । ऐ.ऐ बस्ने राम दुलारे कसौधन बनिया । फैसला भएको मिति: २०४४।३।४।५ मा मुलुकी ऐन अदालती बन्दोवस्तको ६२(३) मा हेर्दा ऐनले बिगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दाका म्याद तारिखमा हाजिर हुनु पर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्याद बाहेक पैंतिस दिनभित्र निजको दैयादारले म्याद तारिख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदनपत्र दिएमा म्याद तारिख थामी दिई मुद्दा सकार गराई दिनु पर्ने । (प्रकरण नं. १३) पुनरावेदिका दैयादार देखिन नआएको मर्ने विवाहिता नन्द नाताकी देखिन आएकीले यसोदराले दिएको पुनरावेदनमा निज मरी यी बाबु देइलाई सकार गराई कारवाही तथा इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री लवदेव भट्ट उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्रप्रसाद सिंहः यसमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको सिंगल बेञ्जबाट भएको फैसला कानूनी त्रुटि भएको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा पर्न आएको निवेदनपत्रमा पुनरावेदनको अनुमति प्राप्त भएको हुँदा प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. मूल पुर्खा जानकीको ३ छोरा जेठा स्व. लालजी, माहिला स्व. कामता, कान्छा स्व. बुधई, बुधईको स्व. जेठी पत्नीतर्फबाट स्व. छत्रपाल र निज छत्रपालको छोरा म वादी राम दुलारे हुँ र निज बुधईको कान्छी पत्नीतर्फबाट एक मात्र छोरा म वादी रामप्रसाद हुँ कामताका सन्तान छैनन् । लालजीको छोरा स्व.महादेव भन्ने मिल्हार निज महादेवको छोरा स्व.किसुनलाल भई किसुनलालको पत्नी प्र.जसोदा हुन् । महादेव भन्ने मिल्हा जीवित छँदासम्म हामी सगोलमा बसी आएकोमा २०३५ साल माघ २७ गते निज महादेव भन्ने मल्हा परलोक भएपछि निजको छोरा बुहारी प्र.जसोदासंग हाम्रो निर्वाह हुन नसकी हाम्रो अंश छुट्टयाई दिनुस् भनी भन्दा अंश दिन इन्कार भएकोले प्र.घरको मुख्य हुँदा अचल सम्पत्तिको फाँटवारी लिई आधा भाग प्रतिवादीको छाडी आधा मध्ये आधा आधा अंश भाग छुट्याई पाउँ भन्ने समेत फिरादपत्र । ३. मेरो ससुरा महादेव भन्ने मिल्हा भारत अभौलाबाट यी वादीको बाबुकै पालामा छुट्टी भिन्न भई नेपालगंजमा आउनु भएको हो, यी वादीहरू धेरै वर्षपछि मात्र नेपालगंजमा आएका थिए । ससुरा महादेवको मामा बाजेतर्फ कुनै छोरा नहुँदा निजबाट मेरो छोराले प्राप्त गरेको घरमा बसेकी छु । यी वादीहरू मेरो सगोलमा बस्नु भएको छैन । छुट्टै घरमा आफ्नो खती उपती व्यहोरी बस्नु भएको छ । एकासगोलमा भए पुरुष जाती यी वादीहरूले नै अगुवा भई व्यवहार चलाउनु पर्ने म आईमाई उपर अंशको दावी गर्नु पर्ने अवस्था नै पर्दैन थियो । सो घर लिन सकिन्छ भन्ने कुनियतले दावी गरेको हुँदा वादीहरूको