निर्णय नं. १५१ - भैंसी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५१ - भैंसी चोरी भाग: ४ साल: २०१८ महिना: माघ अंक: ७ फैसला मिति :२०१०/११/२५ २६५६ निर्णय नं. १५१ ने.का.प.२०१८ सिंगल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान फौ. सा. नं. १९८ ठा. नं. १४१ उजुरवाला : मौलेश्वर मल कुर्मी विरुद्ध विपक्षी : रामबली अहिर समेत मुद्दा : भैंसी चोरी (१) नेपाल सरकार र भारत सरकारको बीचको सपुर्दगीको सन्धिपत्र अन्तर्गत चौपाया चोरी मुद्दा पर्ने – उसपारबाट लेखी नआएमा र यसै पारमा उजुर परेमा जाफताको २१ दफा र चोरी को २६ नं. ले कारबाई गर्नु पर्ने । १० साल माघ ५ गते संख्या २२ को गजेटमा प्रकाशित भएको नेपाल सरकार र भारत सरकारका बीचको सपुर्दगीको सन्धीपत्रमा लेखिएका व्यहोराले चौपाया चोरी मुद्दा सो सन्धीपत्रमा उल्लेख गरिएको अपराध भित्र पर्ने र उसपारबाट लेखी नआई यसै तर्फ उजुर पर्न आएको भए पनि जाफताको २१ दफा र चोरीको २६ नं. ले कारवाई गर्र्न हुने । निकासालाई जाहेर गरी रहन नपर्ने । (प्रकरण नं. १५) (२) कस्तो परिस्थितिको मुद्दामा अ. बं. १५२ नं. को २ दफाको देहायको १ दफा लगाउन नमिल्ने र सोही दफाको देहाय ३ दफा बमोजिम कारबाई गर्नु पर्ने : जागिरदारहरूले सो भैंसी फेला पारी ल्याएको समेत भए तापनि वारदात गरी रहेको मौकामा फेला पारी दसीसाथ पक्राउ गरेको नभई वादीको उजुर परेपछि निजकै लेखाई बमोजिम पालिराखेको ठाउँबाट फेला पारी ल्याएको हुँदा अ. बं. १५२ नं. को २ दफाको देहायको १ दफा लगाउन नमिल्ने भई सोही दफाको देहाय ३ दफा बमोजिम पोलिएको कसूर साबित ठहरे हुने । सजायको रूपैयाँ धरौट वा सो वापतको धन जमानी दिए लिई तारिखमा राख्ने र नदिए खाली थुनी पुर्पक्ष गर्नु पर्ने मुनासिब देखिन आएको हुँदा अ. बं. १५२ नं. को २ दफाको देहाय १ दफा लगाउन नमिल्ने । (प्रकरण नं. १५) फैसला १. १५ अक्टुबर सन् १९५३ इस्वीको राती मेरो भैंसी चोरी भएको खट्टा ठानामा हुलिया लेखाई खोजी गर्दै रहेको । यस सरहद सितापुरमा नाउँ नजानेको अहिरको घरमा लक्षिय अहेर्नीको साँधमा भैंसी फेला परेकोले दर्खास्त दिन आएका छु । लक्षियालाई पक्राउ गरी निजले चोरी गरेको भए निजलाई र अरुले चोरी गरेको भए सजाय गराई भैंसी समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको १०।९।७ को दर्खास्त रहेछ । २. सितापुरमा गई पत्ता लगाउदा लक्षिया भैंसी जिउ १ लिई बिदेश तर्फ गएको भन्ने बुझिएको भैंसी जिउ १ लक्षियाको नाबालक छोरा वृजमान समेत रामबलीका घरमा भैंसी बाँधेको फेला पारी रामबली वृजमान भैंसी जिउ १ समेत दाखिल गरेका छु भन्ने समेत व्यहोराको अमिनीको सुवेदार रामप्रसादको रिपोर्ट रहेछ । ३. रामबली अहिरको घरबाट भैंसी बरामत भएको लक्षिया वृजमान रामबली समेतको सरसल्लाहाबाट मेरो भैंसी चोरीमा पक्राउ भएका रामबली वृजमानलाई चोरी गरेमा ऐन बमोजिम सजाय गरी पाउँ भन्ने समेत मौलेश्वर कुर्मीको बयान रहेछ । साथै वृजमानको दाजु सूर्जेमान जिमिदारको घरमा नोकरी गरेको हुँदा मेरो घरमा बस्न देउ भनेबाट कहाँबाट हो ? भैंसी समेत लिई आई बसेमा भैंसी राखेको हुन् । चोरीको भन्ने मलाई थाहा छैन । निजको आमा दाजुले कहाँबाट ल्याएका हुँन मलाई थाहा छैन । मैले ल्याए चोरेको समेत होइन भन्ने समेत रामबलीको बयान रहेछ । ४. नाइकेलो वायु जंगी अहिरले २ जिउ भैंसी ल्याएको हो । १ जिउ भैंसी र आमा दाजु समेतले लिई मोगलाना आफ्नो घर तर्फ गए । बाबु जंगी अहिरले भैंसी कहाँबाट ल्याएको हो ? थाहा छैन म नाबालक हुँदा चोरी नै गर्न नसक्ने हुँदा मैले चोरी गरेको समेत छैन हैन भन्ने समेत व्यहोराको वृजमानको बयान रहेछ । ५. रामबली भाई थुनुवाम