निर्णय नं. ३०८९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०८९ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/०७ २३७८ निर्णय नं. ३०८९ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट नं. २२७० विषय : उत्प्रेषण निवेदक : जि.बाँके नेपालगञ्ज स्थित रमा आयल ट्रेडर्स र ममता आयल ट्रेडर्स फर्म समेतको ऐ. ऐ. वडा नं. ४ बस्ने रमादेवी गुप्ता । विरुद्ध विपक्षी : महानिर्देशक, कर विभाग लाजिम्पाट । आदेश भएको मिति: २०४४।३।७।१ मा आयकर (संशोधन सहितको) ऐन, ०३१ को दफा ३४(२)(क) मा लागेको जम्मा करको १/३ एक तिहाई धरौटी राखी पुनरावेदन सरहको निवेदन गर्न पाउने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान का.मु. सह-न्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः विपक्षीहरूको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. निवेदकको रमा आयल ट्रेडर्सको आ.व. ०३५।०३६ आ.आ. तथा ममता आयल ट्रेडर्सको आ.व. ०३५।०३६ ल.पु.को आय विवरण क्रमशः मिति ०३६।११।२८ तथा मिति ०३८।५।२३ मा विपक्षी नं. २ को कार्यालयमा पेश भई विपक्षी नं. २ को आदेशानुसार सो कार्यालयमा मिति ०३९।१२।७ मा उपस्थित भई बयान समेत गरी सबै कुरा खुलाई दिएको थिएँ । त्यसपछि विपक्षी नं. २ ले मिति ०४२।५।३१ को पर्चा अनुसार भनी खुद आय रु. १,६५,५९७।११ कायम गरी त्यसमा कर रकम रु. ५४,९४७।७० र जरिवाना रु. ६५२।१९ समेत गरी जम्मा रु. ५७,५९५।८९ निर्धारण गरी यस मध्ये राजापुर कर कार्यालयमा दाखिला भएको रु. ७,५९३।२५ कटाई खुद दाखिल गर्नु पर्ने जम्मा कर रकम रु. ५०,००२।६४ लेखी मिति ०४२।५।३१ मा गर्नु भएको आयकर निर्धारण आदेश मिति ०४२।६।१७ मा प्राप्त भई त्यसमा चित्त नबुझी सो मितिले ३५ दिन भित्रै आयकर (संशोधन सहितको) ऐन, ०३१ को दफा ३४।२। दफा ५७(क) तथा आयकर नियमावली ०३९ को नियम १७ समेत अनुसार विपक्षी नं. १ को विभागमा दर्ता नं. ५७४ मिति ०४२।७।१९।२ मा निवेदन दर्ता गराएको थिएँ र सो निवेदन दर्ता गराउँदा ऐनको दफा ३४(२)(क) अनुसार निर्धारित कर रकम रु. ५४,९४३।७० को एक तिहाइले हुने रु. १८,३२४।८४ तथा जरिवाना रु. २,६५२।१९ समेत जम्मा रु. २०,९७७।३ मध्येबाट राजापुर कर कार्यालयमा दाखिला गरेको भनी आयकर निर्धारण आदेशमा उल्लेख भए बमोजिम रु. ७,५९३।२५ कट्टा गरी बाँकी रु. १३,३७३।७८ हुनेमा रु. १३,३७४।– विपक्षी नं. २ को धरौटी खाता नं. ४१४ को नामको नं. नि. २,३२,८४९।७८ मिति १६।७।०४२ को सक्कल ड्राÇट थान १ तथा पुनरावेदन दस्तूर वापत रु. १०।– समेत साथै पेश गरेका थियौं । सो निवेदनलाई विपक्षी नं. १ को विभागले हेरी बुझी रीत पुगेको ठहर्‍याई दर्ता गरेको थियो । त्यसपछि तपाईका वारेशले यस विभागमा दर्ता गराउनु भएको मिति ०४२।७।१६ को निवेदनलाई राजापुर समेत संगम ट्रेडिङ कम्पनीका मालिकसंग मंगल चन्दले उक्त फर्मको नामबाट अर्कै प्रयोगको लागि कर कार्यालय राजापुरमा दाखिल गर्नु भएको रु. ७,५९३।– लाई आयकर ऐन, ०३१ (स.स.) ३४(२)(क) अन्तर्गतको मानी कारवाही गर्न नमिल्ने हुँदा निवेदन खारेज भएको व्यहोरा अवगत गर्दै निर्धारित आयकर समेत शिघ्र दाखिल गर्न जानकारी गराइएको ०४२।१०।११ को पत्र प्राप्त भयो । विपक्षी नं. २ ले मिति ०४२।५।३१ मा गरेको पर्चा र सोही मितिमा गरेको