निर्णय नं. १५२ - थुनछेक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५२ - थुनछेक भाग: ४ साल: २०१८ महिना: माघ अंक: ७ फैसला मिति :२०१०/११/२२ ३४४६ निर्णय नं. १५२ ने.का.प.२०१८ फुलबेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री भैरवराज पन्त न्यायधीश श्री महेन्द्रबहादुर महत क्षेत्री फौ. ठा. नं. ४६ निवेदक : चक्रमान शाक्य समेत विरुद्ध विपक्षी : नेपाल सरकार मार्फत् सेक्रेटरी गृह मन्त्रालय समेत मुद्दा : थुनछेक (१) (क) छापाखाना र प्रकाशन सम्बन्धी ऐनको १७ दफाको (४) उपदफाले बडाहाकिमलाई दिएको अधिकार – बडाहाकिमले अनधिकृत ठहराई नष्ट गर्न सक्ने । (ख) छापाखाना र प्रकाशन सम्बन्धी ऐन बमोजिम कारवाई गर्दा थुनुवामा राखी कारवाई गर्ने अधिकार सो ऐनले कसैलाई दिएको छैन । सो ऐनको २१ दफाले दफा ५ को उपदफ (१) मा लेखिएको तत्व देखिएमा सरकारले अपनाउनु पर्ने तरिका – अपनाइएको तरिकाबाट हुन आउने प्रतिक्रिया । (ग) थुनुवामा राख्नै नहुनेलाई थुनुवामा राखेमा बेकानूनी कारवाई गरेको गहर्ने । छापाखाना र प्रकाशन सम्बन्धी ऐनको १७ दफाको (४) उपदफाले बडाहाकिमलाई पुलिसले दाखिल गरेको कुनै लिखतपत्र अनाधिकृत ठहराउने र नष्ट गर्न सक्ने अधिकार दिएको देखिन्छ । सोही ऐन, २१ दफाले जुनसुकै ठाउँमा छापिएको भए पनि कुनै समाचारपत्र किताब वा लिखतपत्र दफा ५ को उपदफा (१) मा लेखिएको शब्द चिन्हमा प्रत्यक्ष आकार परेको देखिएमा सरकारले आफ्नो ठहरको कारण समेत नेपाल गजेटमा प्रकाशित गरी यस्तो समाचारपत्र किताब अथवा अरु लिखतपत्रको हरेक प्रति जफत गर्ने भनि सूचना गरिने छ र त्यसपछि जुनसुकै पुलिस अफिसरले उपरोक्त समाचारपत्र किताब लिखतपत्र नेपाल राज्यभित्र जाहाँ फेला पारे पनि पक्राउ गर्न सक्छ भन्ने अधिकार सरकारलाई दिएको र यस्तो जफत हुने लिखतपत्र बेकानूनी ठहरी त्यस्ता बेकानूनी लिखतपत्र जस्ले जानाजान प्रकाशित वा प्रदर्शन गर्छ, त्यस्तालाई सोही ऐनको ३७ दफा बमोजिम दण्ड हुने देखिन्छ । यस मुद्दामा २१ दफा बमोजिम कारवाई भई सरकारले सो लिखतपत्रहरू बेकानूनी ठहराइ जफत गरेको नेपाल गजेटमा प्रकाश भएको सबुद प्रमाण पेश नभएको हुनाले प. १ नं. का बडाहाकिमले छापाखाना र प्रकाशन सम्बन्धी ऐनको १७ दफा बमोजिम नै कारवाई गर्नु भएको भन्नु पर्ने र सो १७ दफा बमोजिम बडाहाकिमले सो लिखतपत्र पर्चाहरू अनधिकृत ठहराउन सक्ने र नष्ट गर्नसम्म सक्ने देखिन्छ । ३७ दफा बमोजिम उजुरवालाहरूलाई दण्ड हुने कुरामा साबित भएको भनेको बेकानूनी ठहर्छ । छापाखाना र प्रकाशन सम्बन्धी ऐन बमोजिम काम गर्दा थुनामा राखी कारवाई गर्ने अधिकार सो ऐनले कसैलाई दिएको नदेखिएको । पूर्वोक्त व्यहोराले निजहरूलाई दण्ड नलाग्ने हुँदा मुलुकी ऐनको अ. बं. १५२ नं. को १० दफा बमोजिम पनि उजुरवालाहरूलाई कारवाईको लागि थुनुवामा राख्नै नहुने र निजहरूलाई कारवाईको लागि पश्चिम १ नं. गोश्वाराका बडाहाकिमले थुनुवामा राख्नु भएको बेकानूनी कारवाई गरेको ठहर्छ । (प्रकरण नं. ६) (२) ऐन सवालमा नभएको कुरामा बडाहाकिमका भनाईले गर्नु अनुचित । ऐनले बडाहाकिमलाई मात्र अख्तियार भएको माल अदालत समेतलाई पनि कारवाईमा सम्मिलित गराउनु बडाहाकिमकै गैरकानूनी काम हुनाले यस्तो गैरकानूनी काम नहोस भनी बडाहाकिमलाई र ऐन सवाल नभएको कुरामा बडाहाकिमका भनाईले गर्नु अनुचित हो । अब त्यस्तो नहोस भनी माल अदालतलाई समेत सख्त नसिहद दिनु । (प्रकरण नं. ६) फैसला १. यसमा मोहन, विक्रमध्वज, चक्रमान, अमृतबहादुरहरू यही श्रावण १५।५ मा बडाहाकिम माल अदालतका हाकिमहरूको आदेशानुसार गिरफ्तार गरिएका हुन् । पुर्जीमा फलाना ऐन वा दफा बमोजिम गि