निर्णय नं. ३०९० - खिचोला मेटाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०९० - खिचोला मेटाई पाउँ भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/१६ २४८३ निर्णय नं. ३०९० ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.पु.नं. ५३९ मुद्दा : खिचोला मेटाई पाउँ पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं.वा.नं. २ लाजिम्पाट बस्ने सीतादेवी पन्त । विरुद्ध प्रत्यर्थी/वादी:का.जि.का.न.पं. वा.नं. ३० त्यौड टोल बस्ने गोविन्दलाल श्रेष्ठ । फैसला भएको मिति: २०४४।३।१६।३ मा भू.सं. ऐन, २०२१ को दफा २(ङ) मा “घरवारी” भन्नाले मानिस बसोवास गर्ने घर र सो घरले चर्चेको जग्गा सम्झनु पर्छ र सो शब्दले घरसंग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तबेला, फलफुलको बगैंचा, तरकारी बारी, बाँसवारी, खरबारी वा मनोरञ्जन गर्ने ठाउँ र सो सरहको अरु कुनै काममा लगाइएको जग्गालाई समेत जनाउँछ भनी उल्लेख भएको देखिने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुमुस श्रेष्ठ उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्रप्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको डिभिजन बेञ्जबाट भएको इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा निवेदन दिएकोमा अनुमति प्राप्त भई यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको संक्षेपमा निम्नानुसार छन् । २. विपक्षीलाई मोहीमा कमाउन दिएको का.न.पं.वा.नं. २४(च) कि.नं. ६५ क्षे.फ. ०–१३–० जग्गामा मलाई घर बनाउन आवश्यक परेकोले क्षतिपूर्ति दिई जग्गा झिकिपाउँ भनी का.न.पं. मा निवेदन दिएकोमा विपक्षीलाई बयान गराउँदा उक्त जग्गामा विपक्षीको केही भाग पर्दछ भनी बयान गरिएकोले हक बेहकको प्रश्न उठी आफ्नो हक कायम गर्न अदालतमा नालेश गर्न जानु भनी का.न.पं.बाट मिति २०३५।६।११ गते पर्चा भएको । मेरो जग्गालाई खिचोला गरेकोले अ.बं. ८२ नं. ज.मि.को १८ नं. अन्तर्गत नालेश गर्न आएको छु । विपक्षीको पक्की घर ५८ नं. को जग्गामा मात्र पर्दछ । तसर्थ खिचोला मेटाई घर बनाउन जग्गा झिक्न पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. २०३० सालमा पनि विपक्षीले जग्गा झिक्न पाउँ भनी म उपर का.न.पं. मा उजूर गर्नु भएको तारेख गुजारी बसेबाट २०३१।५।१३ गते डिसमिस गराउन भएको सो रोपनी १ को रु. २,००,०००।– मा खरीद बिक्री चलेको लाजिम्पाटको मेरो घरवारीको जग्गा ०–१३–० को रु. ५,०००।– पर्ने पर्ने कोर्ट फी समेत घटी राखी झुठ्ठा फिराद गर्नु भएको मात्र हो । विवादको जग्गामा मेरो पक्की घरको केही भाग परेको फजूल दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र। ४. प्रतिवादीले फिराद दावी बमोजिम कि.नं. ६४ को जग्गामा घरवारी भनी खिचोला गरेको ठहर्छ । सो कि.नं. ६४ मा वादीको जग्गा झिकी पाउने दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन । प्रतिउत्तर जिकिर बमोजिम फिराद दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सीता देवीको बा.अं.अ.मा परेको पुनरावेदनपत्र । ६. विवादको कि.नं. ६४ को जग्गामा घर रहेको नदेखिँदा शुरु जि.अ.बाट लिइएका आधारहरू समेतबाट दाखिल गराएको कोर्ट फी फिर्ता पाउन नसक्ने हुँदा प्रतिवादीबाट भराई पाउने भन्ने बाहेकको निर्णय इन्साफ मनासिब ठहर्छ भन्ने समेत वा.अं.अ.को फैसला । ७. बा.अं.अ.को उक्त फैसलामा प्रत्यक्षः कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने सम