निर्णय नं. १५३ - न्वारान गराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३ - न्वारान गराई पाउँ भाग: ४ साल: २०१८ महिना: माघ अंक: ७ फैसला मिति :२०१९/०२/२३ ३२२२ निर्णय नं. १५३ ने.का.प.२०१८ फुलबेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री स. इश्वरीराज मिश्र न्यायधीश श्री धनेन्द्रबहादुर सिंह फौ. फु. नं. ७ निवेदक, प्रतिवादी : ना. डि. केदारमानन्धर विरुद्ध विपक्षी, वादी : पूर्णलक्ष्मी मानन्धर्नी मुद्दा : न्वारान गराई पाउँ (१) रगत जाँचबाट यसैको सन्तान हो भन्ने एकिन हुन नसक्ने । रतग जाँचबाट यसैको सन्तान हो भन्ने कुरा एकिन हुन नसक्ने भन्ने बिशेषज्ञहरूको रिपोर्टबाट देखियो । (प्रकरण नं. ३२) (२) अनुहारको भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नहुने । वादीको छोरीको अनुहार हेर्दा धेरै जसो आमासँग मिल्ने देखिएको । नाक देखि मुन्तिरको भाग केही बाबुसँग मिल्ने देखिए तापनि त्यतिकै भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नदेखिएकाले । (प्रकरण नं. ३३) (३) स्वास्नी माइतीमा हुँदा आउने जाने गरेको भन्ने स्वास्नी तर्फको भनाई भएकोमा – लोग्ने तर्फबाट ‘होइन’ भन्ने प्रमाण गुजार्न नसके आउने जाने गरेकै देखिने – र, सम्पर्क भएकै देखिने । ०३ सालको घोडेजात्रा पछि माइत गएको भन्ने वादी । ३ साल श्रावणमा गएको भन्ने प्रतिवादी भएको । प्रतिवादीका टोलका सरजमिनले वादीलाई ३ साल श्रावण ४।५ गते देखि नदेखिएको भनेका र वादीका सरजमिनले ४ साल जेष्ठ महिना देखि ६।७ महिनासम्म प्रतिवादी वादीको माइतीमा आउने जाने गरेको देखेको हुँ भनि बकेको र प्रतिवादी तर्फका सरजमिनले वादीलाई घरमा नदेखे तापनि प्रतिवादी वादीको माइत जाने गरेका थिएन भनी भन्न नसकेको र वादी तर्फका साक्षी र सरजमिन दुबैले प्रतिवादी वादीका माइतमा आउने गरेको देखेको भनी किटानी साथ बकेको र प्रतिवादीले वादीको माइतामा जाने गरेको थिएन भनि सबुद पुर्‍याउन नसकेकोले वादीको प्रतिवादीसँग सम्पर्क भएकै देखियो । (प्रकरण नं. ३३) (४) लोग्ने स्वास्नीको सम्पर्क भइरहेकै देखिएमा वैवाहिक सम्बन्ध रीतपूर्र्वक बिच्छेद भएको नदेखिएमा र गर्भ धारण गराउने अयोग्यता प्रमाणित गराउन नसकेमा गर्भ लोग्नेकै ठहर्ने । प्रतिवादीले वादीलाई विवाह गरी दुवै वैवाहिक बन्धनमा रहेको र पारपाचुकेद्वारा सो बन्धन बिच्छेद भएको पनि देखिएन । यस्तो अबस्थामा लोग्ने स्वास्नीको सम्पर्क भेटघाट थिएन भन्ने वा सम्पर्क भएर पनि गर्भ धारण गराउने अयोग्यता लोग्नेमा थियो भन्ने कुरा प्रमाणित नभएसम्म जन्मेको बालक लोग्नेकै ठहर्ने । (प्रकरण नं. ३४) प्रतिवादी पक्षबाट : सिनियर एडभोकेट राधाकृष्ण बिहारी फैसला १. प्रतिवादीले जातको रीत पुर्‍याई ९९ साल फाल्गुण महिनामा मलाई विवाह गरी घर लगी राखेकोमा ०३ सालको घोडेजात्रा पछि मेरो महिनावारी बन्द भई खसमका करणी विर्जेबाट गर्भ रहन गएको । सो बखत म बिरामी भएकोले केही दिन माइत बसी औषधी गराई आउँछु भनी लोग्ने समेतसँग बिदा माँगी ०४ साल बैशाख २७।२८ गते के हो ? माइतमा गई औषधि गराउदै थिएँ । खसम बेला बेलामा आउने जाने गर्दै गर्नु भएको थियो । त्यस्तैमा खसमले मोजा बुन्ने धागो किन्न पर्‍यो भनी बाबुसँग ने. रु. ६००। लानु भएको र मलाई बाबुले दिएको सुनको बाला औंठी म लान्छु बाबु आमासँग नभन्नुु भनी लानु भएको थियो । पछि लानु भएको बाला औंठी दिनु होस गर्भ रहेको ९ महिना नाघी सक्यो माइत बसी रहन भएन घर जान्छु भनेमा बाला औंठी जुवाले हार्‍यो । तेरो माल खाँदिन भनी रिसाई घर लाने बारेमा जवाफै नदिई जानु भएको । त्यसपछि लोग्ने आउन छाडेका । बाबुले अष्टनारायणलाई भेटी ज्वाईले लगेको