निर्णय नं. ३०९१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०९१ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/२४ ३९०३ निर्णय नं. ३०९१ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नम्बर २११६ विषय : उत्प्रेषण । रिट निवेदक: जि.वारा गा.पं. इनरवासीरा वा.नं. १ बस्ने बहुनी थरुनी विरुद्ध विपक्षी : बारा जिल्ला अदालत बारा कलैया । ऐ.ऐ अदालतको त.ना.सु.भरत प्रसाद दाहाल । ऐ.ऐ अदालतको बि.मोहन प्रसाद चौलागाई । ऐ.ऐ अदालतको बि.नवराज सुवेदी । जिल्ला मालपोत कार्यालय बारा कलैया । जि.बारा न.पं.कलैया वा.नं ७ बस्ने राम चन्द्र प्रसाद अधिकारी । ऐ.ऐ वा.नं.५ बस्ने सुगिया तेलीन । ऐ.ऐ गा.पं इनरवासीरा वा.नं. बस्ने बरामखाँ भन्ने बमडखाँ थारु । आदेश भएको मिति: २०४४।३।२४।४ मा भिन्न नभई सगोलमा रहे बसेका अंशियार लोग्ने हो भन्ने देखिएपछि मुलुकी ऐन दण्ड सजायँको २६ नं. ले अंशियारले खाएको ऋण तिर्नु पर्ने व्यवस्था भएको छ र स्त्री अंश धनका ४ नं. अनुसारको दाइजो पेवाबाट निवेदिकाले प्राप्त गरेको भनी होइन भन्ने कुरा पनि निवेदिकाको लेखबाटै प्रष्ट भई रहेको पाइन्छ, यस्तो स्थितिमा कानूनको रीत पुर्याई अन्तिम फैसलाले भरी भराउ गर्ने लोग्नेका नाउँको बिगोमा कानून बमोजिम लिलाम भएको देखिन आएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री जीत बहादुर कार्की आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य तथा जिकिर निम्नानुसार छ । २. वादी प्रत्यर्थी सुगिया तेलीन, प्र.मेरो पति बरामखाँ भन्ने बमड खाँ थारु भएको कुत बाली मुद्दामा मिति २०३७।९।१०, २०३८।११।१३ र २०३९।१०।१७ मा प्रत्यर्थी सुगिया तेलीनले बारा जिल्ला अदालतबाट जिती पाएको फैसलाहरू बमोजिम कुत बाली बिगो एवं कोर्ट फी समेत गरी जम्मा रु. ४,८७२।४५ उल्लेखित बमडर खाँ थारुबाट भराई पाउँ भनी उल्लेखित प्रत्यर्थीले २०३९ साल माघ एवं २०४० साल बैशाखमा भरी भराउको लागि प्रत्यर्थी बारा जिल्ला अदालत समक्ष दर्खास्त चढाउनु भएको रहेछ । उक्त दर्खास्तमा म निवेदिकाको नाम दर्ता एवं भोगको मेरो निजी आर्जनको जिल्ला बारा गा.पं. इनरवा सीरा वा.नं. १ कि.नं. १३ को क्षे.फ. ०–०–१०, ऐ.ऐ. कि.नं. १६ को क्षे.फ. ०–०–२ ऐ.ऐ. कि.नं. ३१ को. क्षे.फ. ०–०–२, ऐ.ऐ. कि.नं. ९४ को क्षे.फ. ०–१–० ऐ.ऐ. कि.नं. १२१ को क्षे.फ. ०–५–१० ऐ.ऐ.कि.नं. १२७ को क्षे.फ. ०–३–१५ ऐ.ऐ. कि.नं. १५६ क्षे.फ. ०–१६–१० ऐ.ऐ. कि.नं. २२७ को क्षे.फ. ०–८–७ समेतका जग्गाहरू पक्रिनु भएको रहेछ । उक्त जग्गाहरू २०४०।६।२६ मा लिलाम हुने भनी प्रत्यर्थी बारा जिलला अदालतबाट सूचना प्रकाशित भएको थाहा पाई मिति २०४०।६।२६ गते कै दिन म निवेदिकाले उल्लेखित लिलामीमा चढाएका जग्गाहरू मैले आफ्नो निजी प्रयासबाट मिति २०३५।३।१५ मा बक्स पत्रबाट पाएको मैले आफूखुस गर्न पाउने जग्गा भएको एवं म आफ्नो लोग्ने बमड खाँ थारुसंग मिति २०३२ साल माघ २० गते देखि नै चुल्हो मानो छुट्याई बसेकोले समेत बमड खाँ ले बुझाउनु पर्ने बिगोको सम्बन्धमा मेरो निजी आर्जनको सम्पत्ति लिलाम नगरी दिनु भन्ने आदेश पाउँ भनी मौकैमा बारा जिल्ला अदालतमा निवेदन गरेको थिएँ । तापनि मिति २०४०।६।२६ मा उल्लेखित जग्गाहरू मध्ये कि.नं. १५६ को क्षे.फ.०–१६–१० मध्ये ०–१६–० जग्गा लिलाम गरी प्रत्यर