निर्णय नं. १५४ - जग्गा बाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५४ - जग्गा बाली भाग: ४ साल: २०१८ महिना: माघ अंक: ७ फैसला मिति :२०११/०८/२० २४०१ निर्णय नं. १५४ ने.का.प.२०१८ फुलबेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री ले. ज. प्रकाश शम्शेर ज. ब. रा. न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री न्यायाधीश श्री भगवतीप्रसाद सिंह सा. नं. वादी : बिसुनी मरी मुद्दा सकार गर्ने निजका छोरा लक्ष्मीनारायण राउत थारु विरुद्ध प्रतिवादी : साहेबज्यू रेवेन्द्रविक्रम शाहाका रानी छोरा मुद्दा : जग्गा बाली (१) भए गरेको काम कुरा फलाना ऐन सवाल अन्तर्गत भएको भन्ने सबुद गुजार्न पर्ने – सबुद गुजार्न नसके सवाल अन्तर्गत भएको भनि भन्न नमिल्ने । बाँकी तिर्न नपर्ने भनी विसुनिको उजुरीबाट मुद्दा हुँदै गई भारदारीबाट ९८।१२।१४ मा बाँकी तिर्नै पर्ने ठहराई आखिरी फैसला भएको देखिनाले सो फैसला नहुँदै बीच बीचमा थुनी मौजे पिपरियाको जग्गा बिगाहा ३६।–।। ४ कं. रु. २३७४।–।।२ मा. पं हर्षनाथले सकार गरेकोले निजलाई दिएको देखिएको सवाल बमोजिम पोत बाँकीमा लिलाम बडाबड गरी कसैले सकार नगरी जिम्दारी तालुक हुन आई बन्दोबस्त गरेको भन्ने मालका जवाफबाट नदेखिएको । सो बाँकी बारेमा भारादारीबाट फैसला भएको मिसिलमा रहेको फर्मायसी बिर्ता मालका रिपोर्टबाट पिपरियाको जग्गा ९४।२।१० मा लिलाम गर्दा कसैले सकार नगरेको भन्ने लेखिएको देखिनाले सो लिलाम बिषयको श्रेस्ता फाराम झिकाएमा दाखिल गर्न नसकी बगहीको जग्गा लिलाम गरेको ९८ सालको लिलामी मुचुल्का दाखिल भएकोले फेरि भएका कागजपत्र लिइ आउनु भनी साहेबज्ूका रानी छोराका नाउँमा म्याद जारी गरी पठाउदा साहेबज्यू कृष्णविक्रम शाहाले वारिस गरी पठाएको ख. प्रेमनाथले पनि सो पिपरियाको जग्गा महारानीले पं. हर्षनाथलाई बन्दोबस्त गरी दिएको सदर हुने कुनै ऐन सवाल भएको भन्ने समेत सबुद दिन गुजार्न नसकेको । (प्रकरण नं. ४) (२) कस्तो लिलाम ऐन सवाल बर्खिलाप ठहरिने र ऐन सवाल बर्खिलापको लिलाम सदर मान्न नहुने । बगही जग्गा बिगाहा २८।।३ लिलाम गर्नलाई ९८।९।१४ को तारिख मुकरर गरी ९८।८।२३ मा म्याद टाँस गरेकोमा सो दिन लिलाम बडाबड नगरी ९८।९।१९।६ मा मात्र लिलाम गरेकोले बेतारिखमा लिलाम गरेको देखिन आएबाट ऐन सवालको रीत पुगी भएको लिलाम भन्न नभई बेरीतको लिलाम देखिन ठहर्न आएकोले त्यस्तो ऐन सवाल खिलापको लिलाम सदर मान्न नहुनेमा पनि बाँकी तिर्न पर्ने अन्तिम ठेगाना लागी भारदारीबाट ९८।१२।१४ मा फैसला भएको देखिएकोले विसुनीले विरगन्ज गोश्वारा उपर अपील गरेको किनारा नलागी मुद्दा दायर रहेको गोश्वाराका फैसलामा अपील म्याद नाघेपछि लिलाम गर्ने भनी लेखिएको भएपछि गोश्वाराका फैसला लेखाइबाटै गोश्वारा उपर परेको अपील किनारा नभएसम्म लिलाम गर्न नहुने देखिंदा गोश्वाराको फैसला बमोजिम भनी लिलाम गरेको सदर मान्न नहुने हुनाले समेत लेखिएको कारण प्रमाणबाट ऐन सवालको अंग रीत नपुगी बेरीत देखिएको लिलाम सदर गरी दिंदा ऐन सवालको मर्यादा नरहने । अन्याय पर्न जाने समेत हुँदा सो लिलाम सदर मान्न नहुने भई सो लिलाममा लिएको सदर नहुने र बगही बिर्ता बिगाहा ६।४ बिर्ता जग्गाको मोल बाँकीवालालाई मिन्हा दिई बिर्ता मालमा लगत कसी रैकर जग्गा पं. हर्षनाथका नाउँमा नम्बरी बन्दोबस्त गर्नु भन्ने श्री ले. ज. नारायण शम्शेर जंगबहादुर राणबाट तोक सदर भइ सो बमोजिम मालमा दर्ता गरी हर्षनाथलाई बन्दोबस्त गरेको भन्ने मालको जवाफ हुँदा तोक सदर बमोजिम रैकरमा दर्ता गरी सो जग्गा सलामीमा बन्दोबस्त गरेको सदर भन्नालाई पनि सो माथि लेखिएको पिपरियाको र बगैका रैकर