निर्णय नं. १५६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५६ - ज्यान भाग: ४ साल: २०१८ महिना: माघ अंक: ७ फैसला मिति :२०१०/०४/२१ २८४३ निर्णय नं. १५६ ने.का.प.२०१८ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह अ. नं. ६० अपीलाट : मेघबहादुर पाखा राई विरुद्ध विपक्ष : दलबहादुर लिम्बु मुद्दा : ज्यान (१) सरजमिन समेतका बकाइबाट कुटपीट लछार पछार गरेको कुरा नदेखिए – वादीले पनि कुछपीट गरेकै हो भनी किटानसाथ भन्न नसके, केवल शंकामात्र देखाएमा – र कुटपिटको चिच्चाहट आदि नसुनिए –कुटपीट गरेको रहेछ भन्ने शंका उठाउन उचित नपर्ने – अनुमानी कुराको अधारमा अपराध कायम गर्न उचित नपर्ने । मर्ने नारायणबहादुर प्रतिवादीहरूकै कुटपिटका चोटपीरबाट मरेको रहेछ कि भन्ने थोरै अभास पर्न आउँछ तापनि वास्तव अरु प्रमाण परिबन्द तर्फ बिचार गर्दा बुझिएका सारा सरजमिन समेत कसैका बकाइबाट पनि मेघबहादुर समेतका प्रतिवादीहरूले मर्ने नारायणबहादुरलाई हात छोडी कुटपिट लछारपछार गरेको भन्ने कुरा देखिन नआएको । खूद नारायणबहादुरको बुबा वादी दलबहादुर तालुकदार तिलक सिंले पनि नारायणबहादुरलाई कुटपीट गरेकै हो भनि किटानसाथ भन्न नसकी शंका लाग्छ भनि शंकाको कुरासम्म देखाएका । मानिसहरू सुती निदाई सकेको बखत मध्यरातका अबस्थामा वारदात भएको हुनाले कुटेको साक्षी सरजमिनहरूले देख्न नपाएकाबाट नभनेका रहेछन् कि भन्ने शंका लिनलाई पनि त्यसरी कुटपिट लछारपछार परेको भए मलाई कुटपिट गरी मार्न लागे भनि मर्ने नारायणबहादुरले अबश्य कराउनु चिच्याउनु पथ्र्यो । सो कराए चिच्याएको थियो भन्ने कुरा घटनास्थल नगिचै घर हुने पूर्णबहादुरकी सासु आसमणी र रामप्रसादको आमा लाखमणी समेत कसैले पनि भन्न नसकी चोर पक्रीयो भन्ने खलबलसम्म गरेको सुन्यौं भनी बकेका । शेरबहादुर एकजनाले बकपत्र गर्दा नारायणबहादुरलाई पक्राउ गरी ल्याएपछि अ‍ैया भनेको थियो भनि लेखाएको हूँदा कुटपिट गरेकै रहेछ कि भन्ना पनि मर्नेले कुटे भन्ने शब्द उच्चारण गरेको थियो भन्ने कुरा कतैबाट देखिन नआएकोले त्यसबाट पनि कुटपिट गरेको रहेछ भन्ने शंका उठाउन उचित परेन । (प्रकरण नं. ९) पछारिदा पनि त्यस्तो चोट पर्न सक्ने हुनाले सो चोटहरू त्यसै कारणबाट पर्न गएको हुनु पर्छ । सो चोटहरू मर्न सक्ने किसिमको होइनन् । सामान्य छन् भनि रिपोट दिनु भएको र मेडिकल जुरिस्प्रोडेन्स भन्ने किताब हेर्दा पनि सोही कुराहरू उल्लिखित भएको देखिन्छ । माथि लेखिए अनुसार प्रतिवादीहरूले कुटपिट लछारपछार गरेको भन्ने कुरा साक्षी सरजमिन समेत कतैबाट देखिन नआएको र लासजाँचका फाराममा लेखिएका प्रकृतिहरूका हकमा पनि डाक्टरका रिपोर्ट अनुसार अरु कारणबाट पनि हुन पर्न सक्ने भएकोले कुटपिट गरेको पक्का प्रमाण बेगर लासको प्रकृति आफ्नो स्वास्नी लैजाने जारलाई फेला पारेपछि कसो कुटपिट गरेन होला भन्ने केवल अनुमानित कुराको आधार मात्र लिई खून जस्तो कडा सजाय पाउने बिषयमा अपराध कायम गर्न उचित पर्दैन । (प्रकरण नं. ९) (२) मुख्य प्रतिवादी शुरु देखि अन्तसम्म रही उम्कन चेष्टा नगरी इन्कारी लिई पुर्पक्ष भई आएमा लगाएको दोष मान्न मुनासिब पर्ने, नपर्ने ? कुटपिट गरेकै चोट पीरबाट मरेको भए नारायणबहादुर मर्नासाथ प्रतिवादीहरू कसुरदारले अबश्य भाग्नु पथ्र्यो । तर नभागी मेधबहादुर समेतका अरु प्रतिवादीहरू लास कुरी बसी प्र. डम्बरबहादुर १ जना तालुकदारलाई बोलाउन गई तालुकदार आउँदासम्म उनीहरू लास भएकै ठाउँमा बसेका थिए भन्ने कुरा तालुकदार तिलक सिंले बयान गरेको केही बेरपछि निज डम्बरबहादुर समेतका प्रतिवादी जवान ८ भाग