निर्णय नं. ८८५२ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८५२ - अंश दर्ता भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६८/१०/१८ ४०७१ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६५ सालको CI–०६३५ फैसला मितिः २०६८।१०।१८।४ मुद्दा : अंश दर्ता । पुनरावेदक वादीः जिल्ला पर्सा गा.वि.स. अलौ वडा नं. ५ बस्ने जयदेव साह कानूको श्रीमती गन्धियादेवी कनुइन विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला पर्सा, गा.वि.स. अलौ वाड नं. ५ बस्ने गोविन्द साह कानूको छोरा जगदेव साह कानू समेत शुरू फैसला गर्नेः– मा.न्या.श्री तीर्थराज देवकोटा पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री टंकबहादुर मोक्तान § ठहर खण्डमा प्रमाणहरूको मूल्याङ्कन पछि के कसले कति हक पाउने भन्ने सन्दर्भमा न्यायकर्ताको राय अभिव्यक्त भएको हुन्छ । विवादको निर्क्यौल ठहर खण्डमा हुने हुँदा के निर्णय भयो भन्ने कुरा ठहर खण्डवाट नै प्रष्ट हुन आउँदछ । तपसील खण्ड भनेको फैसला कार्यान्वयन सन्दर्भमा सहज वनाउन विस्तृत रुपमा उल्लेख गरी प्रष्टता ल्याउनका लागि उल्लेख गरिने सम्म हो । तपसील खण्डको आधार नै ठहर खण्ड हो र ठहर खण्ड भन्दा वाहिर तपसील खण्ड जान नसक्ने । (प्रकरण नं.४) § अड्डावाट भएको भूलको कारण तपसील खण्डमा छूट हुन गएको अवस्थामा पाउने अंश भागको जग्गा फैसलाको तपसील खण्डमा छूट भएको कारणवाट उक्त अंशमा हकै नहुने भन्न नमिल्ने । § हक बेहकको प्रश्न अदालतको फैसलाको ठहर खण्डबाट निष्पादित हुने विषय हो । ठहर खण्डमा हक कायम गरिएको सम्पत्तिमा हकभोग गर्ने अधिकारलाई तपसील खण्डमा उल्लेख नभएकै कारणबाट निष्प्रयोजित वा निष्प्रभावी तुल्याउन नमिल्ने । § ठहर खण्डबाट निष्पादित इन्साफको विषयलाई तपसील खण्डमा अधुरो रुपमा उल्लेख गर्नु भनेको सामान्य त्रुटि नै मान्नु पर्दछ । त्यस्तो त्रुटिलाई न्याय प्रशासन ऐन, २०४८ को दफा १९(२) ले सच्याउन कुनै निश्चित् हदम्याद नभएकोले अदालतलाई त्यस्तो सामान्य भूल वा त्रुटि सच्याउन कुनै बाधा नदेखिने र दण्ड सजायको ६१ नं. कार्यान्वयन तर्फको विषयमा भएको कानून हुँदा सामान्य त्रुटि वा भूल सच्याउन ऐ. दण्ड सजायको ६१ नं. आकर्षित समेत नहुने । (प्रकरण नं.५) पुनरावेदकका तर्फबाटः विद्वान वैतनिक अधिवक्ता बविता उप्रेती ढकाल प्रत्यक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा १९ (२) § दण्ड सजायको ६१ नं. फैसला न्या.सुशीला कार्कीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको अधिकारक्षेत्र भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– प्रतिवादी लोग्ने, जेठाजु तथा सौता समेतले मलाई खान लाउन नदिई अंश समेत छुट्याई दिएका नहुँदा कुल ६ खण्डको १ खण्ड अंश पाऊँ भन्ने समेत व्यहोराको मुख्य फिराद दावी । दाजु बासुदेवले मसँग अंशमुद्दा गरी मिति २०४३।१२।१६ को मिलापत्रले छुट्टी भिन्न भैसकेको हुँदा निजलाई प्रतिवादी बनाई अंशियार देखाएको वादी दावी झूठा हुँदा खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जगदेव साहको मुख्य प्रतिउत्तर जिकीर । दावीबमोजिम अंश छुट्याई लिएमा मेरो मञ्जूरी छ भन्ने समेत व्यहोराको प्रतिवादी बासुदेव साहको मुख्य प्रतिउत्तर जिकीर । वादी अंशियार भएकोमा प्रतिवादीहरू सावित भै रहेका, जेठाजु बासुदेव र लोग्नेबीच अंश मुद्दा चली मिलापत्रबाट भिन्दै बसेको देखिँदा भिन्दै रहेका बासुदेव अंशियार देख