निर्णय नं. १५७ - बकस जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५७ - बकस जग्गा भाग: ४ साल: २०१८ महिना: फागुन अंक: ८ फैसला मिति :२०१०/०१/०९ ४६८९ निर्णय नं. १५७ ने.का.प.२०१८ फुलबेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री ले. ज. प्रकाश शम्शेर ज. ब. रा. न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री भैरवराज पन्त पाध्या न्यायाधीश श्री श्री महेन्द्रबहादुर महत मुद्दा नं. – (मूलमा नै नभएको) उजुरवाला वादी : नाबालक धनलक्ष्मी श्रेष्ठनी समेत विरूद्ध विपक्षी प्रतिवादी : थ. बमबहादुर श्रेष्ठ समेत मुद्दा : बकस जग्गा (१) अपुतालीका १ नं. छोराको अपुतालीमा बाबुको हक हुने – हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नपर्ने । हक छाडी दातव्यपत्र गरी दिएकोबाट सो २ कित्ता जग्गा सो लिखत गरेको मितिदेखि नै मानलक्ष्मीको हक हुन आएको । निज मानलक्ष्मी २००३ सालमा मरेपछि अंशबण्डाका ३४ नम्बरका ऐन र दानदातव्यका ४ (क) नम्बरका ऐनले दाइजो पेवा पाउने मानलक्ष्मीले आफू खुशी गर्न पाउने हुनाले उ मरेपछि यसले खानु भनि लिखत गरी दिएको भए लिखत बमोजिम हुनेमा निजले पनि लिखत गर्न नपाइ परलोक भएकीले मानलक्ष्मी मरेपछि मानलक्ष्मीको छोरा इन्द्रबहादुरको हक हुन आएको । ईन्द्रबहादुर पनि २००४ साल आश्विनमा मरेपछि इन्द्रबहादुरको हकवाला उसको छोरा भए छोराले पाउनेमा छोरा नभई निजको अपुताली परेको हुनाले अपुतालीका नम्बरका ऐनले छोराको अपुताली बाबुको हुने हुँदा बाबु बमबहादुरले आफ्नु हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नदेखिएको । (प्रकरण नं. ९) (२) “सन्तान दरसन्तान” भन्ने शब्दले जनाउने हकवालाहरू – सन्तान दरसन्तान भन्नाले छोरातिर जनाउने – दातव्यपत्रमा “छोरा छोरी” भन्ने बोली परेमा मात्र छोरीले दावा गर्न पउने – छोरीसँग बसेका ३ पुस्ता भित्रको हकवाला पछिको हकवाला भन्ने ऐनमा देखिने । दातब्यको लिखतमा मानलक्ष्मीको सन्तान दरसन्तानले खानु भनि लेखिएकाले हामी छोरी पनि मानलक्ष्मीकै सन्तान हुँदा र ऐनमा पनि लिखत भए लिखत बमोजिम गर्नु भनी लेखिएकोले ऐन लिखत बमोजिम हामी छोरीकै हक हुनु पर्ने भन्ने वादी तर्फको जिकिरलाई पनि सो लिखतमा सन्तान दरसन्तान खानु भनि जो लेखिएको छ, त्यो दाताहरुले ऐनको रोलमा मिलाई लेखी दिएको ठहर्ने छोरा र छोरी दुवैले र दुवैका सन्तानले बराबर खान पाउने गरी लेखी दिएको भए अर्थात् छोरा भएको खण्डमा पनि छोरा छोरील बराबर खान पाउने गरी ऐन काटी लेखि दिएको भए सो कुरा अर्थात् ऐनले छोराले पाउने भए तापनि छोरा छोरी दुबैले बाँडी खानु भनी प्रष्ट किटानी साथ लेखिएको हुनु पर्ने सो नभएकोले ऐन काटी लेखेको भन्न नहुने कि ऐनको रोलमा मिलाई लेखेको भन्नु पर्ने । स्त्री पुरुष दुबैले आर्जेको चल अचलमा अंशबण्डाका ३३।३४ दानदातव्यका ४ (क) नं. मा ऐनले पुरूषको आर्जन छोरा स्वास्नी सबैले ऐन बमोजिम बाँडी खान पाउने । स्त्रीको आर्जन छोराहरूले मात्र बाँडी खान पाउने स्त्रीको आर्जन छोराहरूलाई छोरा भएसम्म खान पाउने गरी नलेखिएको हुँदा ऐनले आमाको दाइजो पेवा छोराकै हक हुने । छोराको सन्तान नभई अपुताली परेमा छोराको नजिकको हकदार बाबुको हक हुने । बाबु पनि नभएको र बाबु समेतसँग बसेका ३ पुस्ता भित्रको हकवाला छैन भने मात्र त्यस अबस्थामा छोरीले बाबु आमाको अपुताली खान व्यहोर्न पाउने गरी छोरीलाई सँग बसेको ३ पुस्ता भित्रको हकवाला पछिको हकवाला गराई ऐनमा प्रष्ट लेखिएको भई सो ऐनले इन्द्रबहादुरको अपुताली सँग बसेको हकवाला बाबुले पाउने देखिएको। (प्रकरण नं. ९) (३) अपुताली – स्याहार सम्भार पालन पोषण गर्नेले पाउने – तमसुकका सा