निर्णय नं. ३०९४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०९४ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०२/२१ २६१४ निर्णय नं. ३०९४ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको रिट नं. १८१७ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.कपिलवस्तु निग्लीहवा गा.पं. वडा नं. ८ तेनुवा बस्ने मा.पो.का. नवलपरासीको खरिदार पदबाट बर्खास्त गरिएको शिव प्रसाद शर्मा। विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय, काठमाडौं । श्री ५ को सरकार,विशेष प्रहरी विभाग । आदेश भएको मिति: २०४४।२।२१।५ मा विभागीय सजायँको आदेश उपर पुनरावेदन सुनी प्रस्तावित सजायँको आदेशमा थपघट गर्न जे ठिक लाग्छ त्यसको अन्तिम आदेश दिन पुनरावेदन सुन्ने अधिकारीले नि.से.नि., २०२१ को नियम १०.१४(२) बमोजिम सक्ने नै हुँदा त्यस्तोमा स्पष्टीकरण नदिई सजायँ गरियो भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ९) विभागीय कारवाहीको लागि जुन आधारहरू पर्याप्त हुन्छन अदालती कारवाहीको लागि ती आधारहरू पर्याप्त नमानिन पनि सक्ने । (प्रकरण नं. १०) भ्रष्टाचार गरेको आरोप निवेदक उपर लागेको र सो आरोप आधार प्रमाणहरू समेत उल्लेख गरिएको स्थितिमा त्यस्तो कारवाहीलाई त्रुटिपूर्ण मान्न सकिने स्थिति नरहने । (प्रकरण नं. १०) भ्रष्टाचार यति व्यापक शब्द छ कि यसलाई परिभाषित गर्नु कठिन छ, भ्रष्टाचार शब्दलाई परिभाषा गरी निश्चित सीमारेखा भित्र आवद्ध गर्ने कार्य जोखिमपूर्ण छ भन्ने महसूस गरेर नै विधायिकाले भ्रष्टाचार निवारण ऐन, ०१७ मा भ्रष्टाचारको परिभाषा नगरेको महसूस हुन्छ, उक्त ऐनको परिच्छेद २ मा उक्त ऐन अन्तर्गत कारवाही हुने केही अपराधहरू र तिनमा हुने सजायँको व्यवस्था गरे पनि भ्रष्टाचार शब्दले उक्त परिच्छेद २ मा वर्णित कसूरलाई मात्र जनाउँछ भन्न नसकिने । (प्रकरण नं. ११) भ्रष्टाचार निवारण ऐन नियम अन्तर्गतको कारवाही नभई निजामती सेवा नियमावली बमोजिमको भ्रष्टाचारमा कारवाही गरिएको हुँदा भ्रष्टाचार निवारण ऐन अन्तर्गतको दफा खोल्नु पर्ने बाध्यता नआउने । (प्रकरण नं. १२) निजामती सेवा नियमावली अन्तर्गतको कारवाहीमा उल्लेखित भ्रष्टाचार शब्दको व्याख्या सर्वमान्य किसिमबाट लिइनु पर्दछ, यस शब्दलाई भ्रष्टाचार मुद्दामा भएको अदालती कारवाहीसंग गाँस्न वा त्यस्तै सम्झन मिल्दैन, निजामती सेवा नियमावली बमोजिमको भ्रष्टाचारमा विभागीय प्रमुखले गरेको कारवाहीलाई भ्रष्टाचार निवारण ऐन भित्र परिभाषा गर्न खोज्ने हो भने नि.से.नि. को विभागीय कारवाहीको व्यवस्था निस्कृय हुन जाने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक मालपोत कार्यालय नवलपरासीको खरीदार पदमा कार्यरत निजामती कर्मचारी हुँ । मलाई भ्रष्टाचार गरेको भन्ने झुठ्ठा आरोप लगाई भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य किन नठहराउने भनी स्पष्टीकरणको माग गर्दा मैले जो भएको आफ्नो व्यहोराको स्पष्टीकरण दिएकोमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २०(१) को अधिन निजामती सेवा नियमावली, २०२१ को परिच्छे