निर्णय नं. ३०९५ - लिखत फिर्ता पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०९५ - लिखत फिर्ता पाउँ । भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/२५ २५११ निर्णय नं. ३०९५ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ६६७ मुद्दा : लिखत फिर्ता पाउँ । पुनरावेदक/वादी: धनुषा भुचक्रपुर गा.पं. वार्ड नं. ५ बस्ने शुभराज पाख्रिन तामाङ । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ. बेगाडाबर गा.पं. वार्ड नं. ८ बस्ने कृष्णप्रसाद उपाध्याय फैसला भएको मिति : २०४४।३।२५।५ मा रजिष्ट्रेशनको ३७ नं. बमोजिम रुपैयाँ लिनु दिनु गरेकोमा बुझाउनेले कागजको पिठमा यस मितिमा यति रुपैंयाँ बढी लिए भन्ने व्यहोरा लेखी बुझी लिने धनीको ऐन बमोजिमको रीत पुर्‍याई सहिछाप गराई फट्टा लिई रजिष्ट्रेशन गर्ने अड्डामा जान पर्ने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।९।१०।२ को फैसला उपर चित्त नबुझी वादीको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. मुचक्रपुर गा.पं. वार्ड नं. ५(घ) कि.नं. २६ को ज.वि. ४–४–१७ को जग्गामा भोगचलन गर्दै आएकोमा २०२६।३।८।१ का दिन व्यवहार चलाएपछि फर्काउने शर्तमा रु. ३,७५०।– मा कृष्णप्रसाद उपाध्यायलाई सोही मितिको रजिष्ट्रेशनबाट बिक्रीको औपचारिकता पूरा गरी निज कृष्णप्रसादबाट समेत भएको शर्त बमोजिम सोही मितिमा उक्त जग्गा माघ देखि चैत्र भरमा सो रु. ३,७५०।– मैले बुझाएकोमा म फर्काई दिन्छु भन्ने कागज समेत निज विपक्षी मध्येका कृष्णप्रसादले गरेकोमा भाखा भित्र रुपैयाँ दिई जग्गा मेरा नाउँमा फिर्ता माग्दा निजले दरपीठ राजीनामाको स्थितिलाई पनि गुम पारी दाखिल खारेज गर्नु भएकोले सो दरपीठ भएको लिखत फिर्ता पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मैले कुनै किसिमको लिखत दरपीठ गरिदिएको नहुँदा दावी बमोजिम मैले कुनै लिखत फिर्ता गर्ने शर्तनामा भए वादीले फिरादसाथ त्यसको नक्कल पेश गर्नु पर्दथ्यो सो समेत नहुँदा झुठ्ठा दावीबाट मुक्त गराइपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. उक्त दरपीठ भनेको लिखत हरायो भनी निवेदन दिनु र शर्तनामा सनाखत गर्दा लिखत हरायो नभनेको समेतबाट दरपीठ गरेको भन्ने वादीको दावी समर्थित हुन आउने र रुपैयाँ समयमा बुझाइएकोमा शर्तनामा बमोजिम प्र.कृष्णप्रसादले जग्गा फिर्ता गर्नु पर्नेमा निज प्रतिवादी शुद्ध हृदयको व्यक्ति भन्न नमिली वादीले दावी बमोजिम प्रतिवादीबाट लिखत फिर्ता पाउने ठहर्छ भन्ने समेतको २०३९।२।६।५ को शुरु धनुषा जि.अ.को फैसला । ५. शुरु जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेतको प्रतिवादी कृष्णप्रसाद उपाध्यायको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन । ६. दरपीठ गराई लिखत आफ्नै साथमा राख्नु पर्ने कर्तव्य वादीलाई कानूनले तोकिदिएकोले शुरुले फैसलामा नैतिक रुपमा पुनरावेदक प्रतिवादीलाई जिम्मेवार ठहर्‍याए पनि कानूनले बाध्य गराउन नसक्ने हुनाले कानूनले तोकेको जिम्मेवारी प्रत्यर्थी वादीले नै पुरा गर्न सकेको नदेखिँदा लिखत फिर्ता दिनु पर्ने ठहर्‍याएको शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेतको जनकपुर अञ्चल अदालतको मिति २०३९।११।२५ को फैसला । ७. सो फैसलामा प्रत्यक्षतः व