निर्णय नं. १५९ - सरसियोररीको रीट जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५९ - सरसियोररीको रीट जारी गरी पाउँ भन्ने भाग: ४ साल: २०१८ महिना: फागुन अंक: ८ फैसला मिति :२०१८/११/१७ २२३६ निर्णय नं. १५९ ने.का.प.२०१८ सिंगल बेञ्च प्रधान न्यायधीश श्री हरिप्रसाद प्रधान सि. नं. ११ निवेदक : युवराज शम्शेर ज. ब. रा. विरुद्ध विपक्षी : बागमति अन्चलाधीश अफिस समेत मुद्दा : सरसियोररीको रीट जारी गरी पाउँ भन्ने (१) बज्यैबाट बकसपत्र पाएको सम्पत्तिलाई पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । श्री ३ बडामहारानी पद्मकुमारी ०१६ साल आषाढमा बनारसमा परलोक हुनु भएको भन्ने जनरल नारायण शम्शेरको पत्रको नक्कल कमिश्नर अफिसबाट आएको । सो बकसपत्र बमोजिम त्यस मिति देखि हकदारहरूको हक हुन आएको हुनाले र ०१६ साल पौष ३ गते रोज ६ मा बण्डा गरी दिन्छु भनि लिखत गरी दिएको देखिनाले एकलौटी युवराज शम्शेरको मात्र निजी आर्जन भन्न नमिल्ने । बज्यैबाट बकसपत्र पाएको सम्पत्तिलाई पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । अन्चलाधीशले प्रमाणित नगरी झगडा जनाई दिनु भनि बैंकलाई आदेश गर्नु भएको निजको कार्यक्षेत्र भित्रै देखिन आएकोले बेकानूनी भन्न नमिल्ने । (प्रकरण नं. ३) आदेश १. यसमा युवराज शम्शेरले श्री ३ बडामहारानी पद्मकुमारीबाट बक्स भएको रूपैयाँ र शेयर उपत्यकान्चल कमिश्नर अफिसबाट रोक्का भएको छ । फुकुवा गरी पाउँ भन्ने रीटको दर्खास्त दिएमा भूत पूर्वक प्रधान न्यायाधीशको डिभिजन बेञ्चमा पेश गर्नु भन्ने आदेश भएको र डिभिजन बेञ्चबाट कमिश्नर अफिस समेतको जवाफ लिनु भन्ने आदेश भएकोमा जबाफ दिनालाई हालको अन्चलाधीश अफिसबाट थप म्याद माग्नु भएको थप दिई बैंकलाई समेत सूचना दिएको र बैंकलाई प्रतिनिधि मार्फत् कमिश्नरको आदेश बमोजिम रोक्का भएको भन्ने जवाफ आएपछि युवराज शम्शेरको रानी इन्दिरा राणाको वकिल कृष्णप्रसाद उपाध्याय समेत र युवराज शम्शेरको वकिल मुक्तिलाल झाको बहस । अन्चलाधीशको प्रतिनिधिले पेश गर्नु भएको कागजहरू हेर्दा ०१६ साल पौष ३ गते रोज ६ मा निजको रानी इन्दिरालाई रीतपूर्वकको अंश दिन्छु भन्ने कागज गरेको । सो कागज र रजिष्ट्रेशन पास नगरी दिँदा पास गरी पाउँ र अंश दिलाई पाउँ भन्ने ललितपुर इलाका अदालतमा ईन्दिराको मुद्धा परेको र सो ललितपुर ईलाका अदालतबाट युवराज शम्शेरसँग बण्डा गर्नालाई अंशको तायदाती समेत मांगेको देखिएको । २. स्वर्गबासी श्री ३ बडामहारानी पद्मकुमारीले दिनुभएको बकसपत्रमा निजको छोराहरू र नाती युवराज शम्शेरलाई निजको शेषपछिको बैंकमा रहेको नगद र शेयरहरू बराबर गरी दिनु भन्ने ३१ जुलाई सन् १९५३ को शेषपछिको बकसपत्र बमोजिम यी हकदार हुन् होइनन् प्रमाणित गरी दिनु होला भनी बैंकले अन्चलाधीशलाई लेखेकोमा ४ जना छोराहरूको हकमा प्रमाणित गरी दिनुभएको । नाती युबराज शम्शेरको हकमा निजकी रानी इन्दिराको उजुर परेको हुनाले झगडा जनाइ दिनु भन्ने रोक्का किसिमको सूचना अन्चलाधीशले बैंकलाई दिनुभएकोमा युवराज शम्शेरको रीटको दर्खास्त परेको । ३. युवराज शम्शेरको मुख्य उजुरी यहि हो कि, सो बैंकमा रहेको नगदी र शेयरहरू मानु छुट्टिएको मिति देखि पछिको आर्जन हुनाले निजको एकलौटी हक भएको अन्चलाधशिले झगडा जनाई रोक्का गरी दिनु भन्ने आदेश दिनुभएको बेकानूनी हो । तसर्थ, सो रोक्का फुकुवा होस् । तर श्री ३ बडामहारानी पद्मकुमारी ०१६ साल आषाढमा बनारसमा परलोक हुनु भएको भन्ने जनरल नारायण शम्शेरको पत्रको नक्कल कमिश्नर अफिसबाट आएको । सो बकसपत्र बमोजिम त्यस मिति देखि हकदारहरूको हक हुन आएको हुनाले र ०१६ साल पौष ३ गते रोज ६ मा बण्डा गरी दिन्छु भनी लिखत गरी दिएको देखिनाले एकल