निर्णय नं. ३०९६ - जालसाजी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०९६ - जालसाजी । भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/३० २६२१ निर्णय नं. ३०९६ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.नं. ६६१ मुद्दा : जालसाजी । पुनरावेदक/वादी: का.जि.असन किसीढोका टोल बस्ने ज्ञानमान तुलाधर । ऐ.असन कमलाक्षी बस्ने कान्छारत्न तुलाधर । ऐ.ऐ बस्ने कुलिस रत्न परलोक भै मु.स. गर्ने अष्टरत्न तुलाधर । ऐ.असन खापा मरु दुवा बस्ने हिराभाई तुलाधर । ऐ.न्हैकतला बस्ने हर्षदास तुलाधर । ऐ.भोटाहिटी बस्ने दीव्य रत्न तुलाधर । ऐ.रामशाहपथ बस्ने बाबुरत्न तुलाधर । ऐ.त्रिपुरेश्वर बस्ने कुलविर सिंह तुलाधर । ऐ.त्यौड टोल बस्ने पुष्परत्न तुलाधर । विरुद्ध विपक्षी/प्रतिवादी:ल.पु.जि चापागाउँको हाल का.न.पं वार्ड नं. २९ ठमेल बस्ने रामकृष्ण मानन्धर । ऐ.ऐ बस्ने चन्द्र बहादुर श्रेष्ठ । ऐ.ऐ बस्ने पुनमाया महर्जन । ऐ.वार्ड नं. १६ बस्ने पकनाजोल बस्ने राम बहादुर श्रेष्ठ । फैसला भएको मिति: २०४४।३।३०।३ मा विवादित घर जग्गा स्ववासी नठहरी जग्गाधनी देवाली गुठीको ठहरी निर्णय भएकोले जग्गाधनी देवाली गुठीको सो जग्गा राजीनामा लिनु दिनु गर्दा पनि सोही बमोजिमको व्यहोरा खोली लिनु दिनु गर्नु पर्नेमा सो व्यहोरा नजनाई गुठीको जग्गा धनीको हकमा असर पर्ने गरी तिरो नलाग्ने स्ववासी भनी झुठ्ठा व्यहोरा लेखी राजीनामा लिए दिएको देखिँदा लिखत सदर नै रही सो व्यहोरासम्म फरक पारी दिने र लिने कीर्ते कागजको ३ नं. अनुसार जालसाजी गरेको ठहर्छ । लेखक र लिखत साक्षीहरूलाई बिक्री गरेको घरको वास्तविक स्थिति थाहा नहुने हुँदा निजहरूले जालसाजी गरेको नठहर्ने । (प्रकरण नं. १३) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्र केशरी बास्तोलाः म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. का.जि.का.न.पं. वार्ड नं. २१ को हाल वार्ड २९ को कि.नं. २४२ सहितका सोही वार्ड नं. को कि.नं. २३८, २३९, २४०, २४१, २४३, २४४, २४५ र २४६ समेत जम्मा ९ कित्ता जग्गा हामी वादीहरू १० जनाको देवाली गुठीको जग्गा भई सो जग्गाको आयस्ताबाट हामी गुठीयारले सो गुठी चलाई गुठी धर्म कायम गरी आफ्नो कूलको परम्परा रितिस्थिति चलाई आएकोमा हाल सोही वार्डको हाल सर्भेबाट कायम भएको कि.नं. २४२ को जम्मा रोपनी ०–१–०–३ मा विपक्षी मध्येका पुनमाया महर्जनले गुठीको कुनै स्वीकृति नलिई आफ्नो हक नपुग्ने सो जग्गामा जबरजस्ती घर बनाई बस्न खोजेकोमा गुठीले सो घर भत्काई लग्न भनी निज पुनमायालाई भन्दा अटेर गरी सो घर नभत्काई त्यसै राखेका हुँदा घर बनाउनेको ४ नं. अनुसार सो घर समेत गुठीको भएको सो अवस्थामा शहरी क्षेत्रको घर जग्गा नापी हुँदा सो नापी भएको अवस्थामा विपक्षी पुनमायाले बिना सबुद प्रमाण उक्त कि.नं. २४२ को घर जग्गालाई आफ्नो स्ववासी भनी दावी गर्नु भयो । आखिर प्रमाणहरूको छानबिन भई सबुद प्रमाणको आधारमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(५) बमोजिम गठित समितिबाट उक्त कि.नं. २४२ सहित माथि उल्लेखित सम्पूर्ण कित्ताहरू गुठीकै नाउँमा दर्ता गर्ने निर्णय गरी चित्त नबुझ्ने पक्षलाई ३५ दिन भित्र अदालतमा जानु भनी ०३५।१।२६ मा सूचना दिएकोमा विपक्षी पुनमायाले सो निर्णय उपर चित्