निर्णय नं. १६० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६० - अंश भाग: ४ साल: २०१८ महिना: फागुन अंक: ८ फैसला मिति :२०१२/०१/०७ २४६८ निर्णय नं. १६० ने.का.प.२०१८ फुलबेञ्च प्रधान न्यायाधीश श्री हरिरप्रसाद प्रधान न्यायाधीश श्री ले. ज. प्रकाश शम्शेर ज. ब. रा. न्यायाधीश श्री भैरवराज पन्त पाध्या न्यायाधीश श्री भगवतीप्रसाद सिंह ठा. नं. उजुरवाला, प्रतिवादी : हरिहर पाध्या विरुद्ध विपक्ष, वादी : ठगकुमारी उपाध्यानी समेत मुद्दा : अंश (१) एकै लिखतमा केही पास गर्नु पर्ने र केही पास नगर्नु पर्ने कुरा लेखिएको भएमा पास गर्नु पर्ने कलममा नालिस उजुर लाग्दैन भनि खारेज गर्नु पर्ने । पास गर्नु नपर्ने कलममा इन्साफ दिनु पर्ने । बन्देजको कुरा परेको केही कुरा पास गर्नु पर्ने पास नभएको भए पनि एउटै लिखतमा केही कुरा पास गर्नु पर्ने केही कुरा पास गर्नु नपर्ने लेखी लिखत भएमा लिखत कायम भएपछि पास गर्नु पर्ने कलममा पास नगरेकाले नालेस उजुर लाग्दैन भनि खारेज गर्नु पर्ने भए पनि पास गर्नु नपर्ने कुरा जतिमा उजुर सुनी इन्साफ दिनु पर्छ । (प्रकरण नं. ५) (२) करकाप र धोकामा कागज गराएकोमा अ. बं. ६१ नं. का ऐनका म्याद भित्र उजुर गर्नु पर्ने। केही परिबन्दसँग करकाप र धोकामा सो कागज गराएको भए अदालती बन्दोवस्तका ६१ नं. का ऐनका म्याद भित्रको उजुर हुनु पर्ने । (प्रकरण नं. ५) (३) हामी सँगै सगोल रहेका भन्नेले सबुद गुजार्न पर्ने – सबुद गुजार्न नसके र तायदाती समेत दिन नसकेमा दावी गरेको साँचो मान्न नहुने । मानो छुट्टी चल जति वादीहरूका लोग्नेले नै लिईसकेको ठहरी वादीहरूले चल अंश नपाउने गरी पाल्पा अपील देखि प्रधान न्यायालय लगायतबाट फैसला भएको । त्यसमा वादीहरूले अपील उजुर नगरी बसेकोले वादीहरू लाग्नेकै पालादेखि छुट्टीएको देखिने । सोभाकान्ता वादीहरूसँग बसेको कुनै सबुद नदेखिएको । प्रतिवादी हरिहरसँग बसेबाट निजको अंश धनमाल समेतको हरिहरले नै तायदाती दिएको । वादीहरूसँग बसेको भए सोभाकान्तको धनमाल वादीले तायदाती दिन पर्नेमा वादीहरूबाट तायदाती नआएको र वादीहरूसँग सोभाकान्त बसेको भए निजलाई पनि वादीहरूका भनाइ बमोजिम आयस्ता दिने गरेको लिखत भएको हुनु पर्ने सो लिखत छ भनी प्रमाण दिई दाखिल गर्न नसकेको । (प्रकरण नं. ५) (४) “नीति पूर्वक अंशबण्डा” भन्ने वाक्यांशको व्याख्या – कस्तो अंशबण्डालाई नीति पूर्वकको अंशबण्डा भन्नु पर्ने । अपुतालीका ६ नम्बरका ऐनमा नीति पूर्वक अंशबण्डा गरी लिई दिई भन्ने शब्द परेको र सो शब्दलाई चलमात्र बण्डा भएको अचल बण्डा नभएकोले नीति पूर्वक अंश भई नसकेकाले भिन्न बसेका टाढाका हकवालाले पनि त्यो अपुताली पाउनु पर्ने भन्ने वादी तर्फको बहसमा आएका प्रतिनिधिहरूले जिकीर लिई ऐनको व्याख्या गरेकोलाई सो नीति पूर्वक भन्ने अंशबण्डा १ नम्बर देखि १४ नं. तक नम्बर नम्बरका ऐनमा नीति पूर्वक बण्डा गर्ने कुराहरू लेखिएका छन् । सो बमोजिम बण्डा भएकालाई नीति पूर्वक भनी भनिन्छ । अंशबण्डाका ऐन बमोजिम अंश पाउनेहरूमा सोही नीति बमोजिम अंश गरी लिई दिई बेगल बसेकालाई नीति पूर्वक भनेको हो । अंश गर्न कति बाँकी नराखी बाँकी सुन्य गरी बण्डा गरेकालाई नीति पूर्वक र अंशियारका मन्जुरीले माना छुट्टी भिन्न बसी केही बण्डा गरी लिई छुट्टी भिन्न भईसकेको केही बसी बण्डा गरी लिई छुट्टी भिन्न भईसकेको । केही अबण्डा राखेकोलाई अनीति हो, सो ऐन लाग्दैन भन्न सम्झन हुँदैन । न्याय पनि पर्दैन । किनभने जनतामा कसैको चल पूँजी धेरै, कसैको अचल पूँजी धेरै हुन्छ । कसैले चल अबण्डा राखी भिन्न हुन्छ । त्यसरी भिन्न भईसकेको कुरालाई