निर्णय नं. ३०९७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३०९७ - उत्प्रेषण भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०४/१४ २८७१ निर्णय नं. ३०९७ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नम्बर १५७३ विषय : उत्प्रेषण । निवेदक : हिम निर्माण सेवा त्यौडका प्रो.का.जि.का.न.पं. वार्ड नं. २७ त्यौड बस्ने हिरण्येमान प्रधान । विरुद्ध विपक्षी : सञ्चालक समिति, नेपाल विद्युत प्राधिकरण । नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय । नेपाल विद्युत प्राधिकरण,सुनकोशी डिभिजन,सिन्धुपाल्चोक जि.पाग्रोटार गा.पं. सुनकोशि । आदेश भएको मिति: २०४४।४।१४।५ मा ठेक्का पट्टाबाटै उठेको करार सम्बन्धी विवादमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री अम्बर प्रसाद पन्त उल्लेखित मुद्दाःX आदेश न्या.गजेन्द्र केशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. मिति ०३८।१।११ मा मेरो र तत्कालिन नेपाल विद्युत कर्पोरेशन बीच सुनकोशी जलविद्युत योजनाको कफर ड्याम निर्माण विषयमा र ०३८।७।२ मा पोखरीमा जम्मा भएको माटो झिक्ने ठेक्का सम्झौता भएको थियो । माटो झिक्ने काम सम्पन्न भई फाइनल बिलको समेत सिफारिश भई सकेको छ । भुक्तानी मात्र बाँकी थियो कफर ड्याम बनाउने कार्य गर्दै रनिङ बिलको भुक्तानीको निमित्त विपक्षीहरू समक्ष बराबर निवेदन गर्दा पनि रकम छैन भन्ने गरेको र पछि बिल भुक्तानी सम्बन्धमा विवाद परी अन्तमा म ठेकेदार तथा विपक्षी तत्कालीन कर्पोरेशनले स्थानीय प्र.पं. समेत राखी कामको नापजाँच भएको छ सो नापजाँचलाई विपक्षी प्राधिकरण समेतले स्वीकार गरेको छ । मैले आफूले पाउनु पर्ने रकम सम्बन्धमा अ.दु.नि.आ.मा दिएको निवेदनमा कारवाही चल्दैछ । मिति ०४२।१०।२ मा अचानक गो.प.मा मेरो ठेक्का तोडिएको सूचना निकालिएकोबाट चित्त नबुझी निर्णय प्रतिलिपि माग गर्दा मिति ०४३।१।३० मा दिइयो सो निर्णयमा मलाई दिनु पर्ने रकम नदिने र मेरो फर्मलाई ब्ल्याक लिष्ट राख्ने निर्णय गरेको रहेछ । विपक्षीकै कारणले विपक्षीको कार्य समयमा पूरा नभएको कुरा विपक्षीकै निर्णयले स्वीकारेको छ । मेरो फर्मलाई ब्ल्याक लिष्टमा गर्ने विपक्षीलाई कुनै अधिकार छैन । दुईटा अलग अलग मितिबाट शुरु भएको काम काजमा एउटा सम्पन्न भइसकेको छ यस स्थितिमा एउटा काम सम्पन्न भइसकेपछि एउटै निर्णय गरी भइसकेको कार्यको ठेक्का तोडिनु औचित्यहीन छ । सम्झौताको दफा ५ ले सात दिन भित्र रनिङ बिलको भुक्तानी दिनु पर्नेमा सो बिल भुक्तानी नभएबाट ठेकेदारले लाखौंलाख खर्च गरी सदैव कार्य गरिरहन सक्दैन । मेरा कतिपय विलहरू लुकाइएका छन् । यसरी विपक्षी सञ्चालक समितिले मिति ०४२।३।३० को निर्णय ०४३।१।३० मा जानकारी दिई मेरो नागरिक अधिकार ऐनको दफा छ(६) र (९) तथा संविधानको १०, ११(२)(ङ) र १५ को मौलिक हक हनन् भएबाट उक्त निर्णय बदर गरी मेरो पाउनु पर्ने रकम दिनु तथा बाँकी कार्य सम्पन्न गर्नु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ । ३. यस अदालतको एक न्यायाधीशको मिति ०४३।५।१२ को आदेशले प्राप्त हुन आएको लिखितजवाफ निम्नानुसार रहेछ । ४. यो रिट निवेदकले ने.वि. कर्पोरेशनबाट २ वटा सम्झौता गरी तोकिएको काम तोकिएको समयमा सम्पन्न गरी सक्नु