निर्णय नं. ३०९८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०९८ - कर्तव्य ज्यान भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०५/१२ ३९५७ निर्णय नं. ३०९८ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ५५४ फौ.सा.नं. ९५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: मकवानपुर जिल्ला दहचोक गा.पं.वा.नं. २ बस्ने सुन्दर जोशी समेत। विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार । फैसला भएको मिति : २०४४।५।१२।६ मा मृतकले जाहेरी दर्खास्त दिएको र वीर अस्पतालमा उपचार हुँदा हुँदै सोही दिन राती १०:४० बजे निजको मृत्यु भएको भएपछि जाहेरी दर्खास्तमा उल्लेख भएका कुरालाई मृत्युकालीन घोषणा (Dying Declaration) हो भनी प्रमाण ऐन, २०३१ को दफा ११ ले मान्न मिल्ने । (प्रकरण नं. २८) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री सुवास नेवाङ विपक्षी, वादीतर्फबाट : विद्वान का.मु.सह-न्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.गजेन्द्र केशरी बास्तोला: श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र.बक्स भई थामी पाएको म्याद भित्र प्रस्तुत कर्तव्य ज्यान मुद्दाको पुनरावेदन यस अदालतमा दर्ता भई यस अदालतको मिति ०४३।११।१ को डि.बे.बाट अ.बं. २०२ नं. बमोजिम विपक्षी श्री ५ को सरकारलाई झिकाई पेश हुन आएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. ०३८।६।२२ गते बेलुका गाउँमा नाटक देखाउने कार्यक्रम भएकोले सो ठाउँमा जाँदा बाटोमा मञ्च देखी चौरमा मञ्च बनाउन पर्छ भनी माइलो भन्नेसंग वादविवाद हुँदा अं. ८ बजेको समयमा उदय भन्ने जोशीले छुरीले हानी अन्य व्यक्तिहरूले कुटपिट गरेकोले बहोश भई लडेछु कस्ले छुट्याएर के गरे थाहा नहुँदा होशमा आएपछि यो दर्खास्त गर्न आएको छु, विपक्षीहरूले घा चोट पारेमा जाँच समेत गराई पाउँ भन्ने समेत व्यहोराको घाइते अवस्थामा जाहेरवाला दुर्गाबहादुर श्रेष्ठको जाहेरी दर्खास्त । ३. ०३८।६।२३ गते कुटपिटको घा जाँच गर्ने काठमाडौं वीर अस्पताल पठाएकोमा सोही गते रात १०:४० मा कुटपिटकै चोटले पति दुर्गाबहादुर श्रेष्ठको मृत्यु भएको हुँदा पति दुर्गाबहादुरले दिएको उजूरी निवेदनमा लेखिएको व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ठूली श्रेष्ठको जाहेरी दर्खास्त । ४. म समेत भएर मर्ने दुर्गाबहादुर श्रेष्ठलाई कुटपिट गराएको होइन, छैन । लेखिएका अन्य कसकसले कुटपिट गरे त्यहाँ म नहुँदा मलाई थाहा छैन केवल भनाभन भई ६ बजेतिर म ठुली आमाको घरमा गई सुतेको छु भन्ने समेत व्यहोराको माइला जोशी भन्ने कृष्णबहादुर जोशीको प्रहरीमा भएको कागज । ५. ०३८।६।२२ गते गाउँमा नाटकको मञ्च बनाउन लागेका थिए । म त्यस दिन देउरालीतर्फ गएकोले घटनास्थलमा नहुँदा मर्ने दुर्गाबहादुर र माहिला जोशी भन्ने कृष्णबहादुर जोशीको बीचमा भनाभन भए नभएको थाहा छैन । मैले कुटपिट नगरेको हुँदा जाहेरवालाले किन उजूर गरे थाहा छैन भन्ने समेत व्यहोराको सुन्दर जोशीले गरेको कागज । ६. ०३८।६।२२ गते नाटकको लागि मञ्च बनाउने विषयमा दुर्गाबहादुरसंग झै झगडा भएको समयमा कसकसले कुटे म रिहर्सल गर्न गएको हुँदा थाहा पाइन । मलाई अन्दाजमा किन किटानी दर्खास्त दिए थाहा छैन भन्ने समेत व्यहोराको विष्णुबहादुर जोशीको कागज । ७. दुर्गाबहादुर श्रेष्ठको जाहेरी दर्खास्तमा लेखिएका व्यक्तिहरूले कुटपिट गरी सक्त घाइते भएका दुर्गाबहादुर श्रेष्ठको उपचार हुँदा हुँदै अस्पतालमा मृत्य