निर्णय नं. ८८५३ - कर्तव्यज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८५३ - कर्तव्यज्यान । भाग: ५४ साल: २०६९ महिना: असोज अंक: ६ फैसला मिति :२०६९/०४/२४ ५७६२ ने.का.प. २०६९, अङ्क ६ निर्णय नं. ८८५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की २०६७-CR-०४१२ फैसला मितिः२०६९।४।२४।३ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला झापा, भुटानी शरणार्थी शिविर वेलडाँगी–१ सेक्टर A, हट नं. ११८ घर भई हाल कारागार कार्यालय, भद्रपुर झापामा थुनामा बस्ने बीरमान लुङ्गेली (मगर) विरूद्ध प्रत्यर्थी वादीः चित्रबीर मगरको जाहेरीले नेपाल सरकार शुरू फैसला गर्ने : मा.न्या. श्री अर्जुनप्रसाद कोइराला पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री पुरूषोत्तम पराजुली मा.न्या.श्री विष्णुदेव पौडेल § फौजदारी अपराधमा जरियाको सिद्धान्त (Doctrine of Causation) अनुसार फौजदारी दायित्व वहन गराउनका लागि फौजदारी कानूनले निषेध गरेको परिणाम कसको कार्यबाट उत्पन्न भएको हो भन्ने कुरा महत्वपूर्ण हुने । § कार्य र परिणामको अवधि लामो अन्तरालयुक्त भएको अवस्थामा तेस्रो पक्षको कुनै कार्य वा मृतकको अनपेक्षित व्यवहार वा अन्य कुनै कारणले निषेधित परिणाम ल्याउनमा योगदान गरेको अवस्थामा त्यस्तो परिणामको लागि पहिलो जिम्मेवार मानिएको प्रतिवादीको फौजदारी दायित्व निर्धारण गर्नु न्याय निरोपण गर्ने निकायको अत्यन्त महत्वपूर्ण र जटिल दायित्व बन्न पुग्ने । (प्रकरण नं.६) § टाउकाको हड्डी फुटेको र सोही चोटबाट थला परी मृत्यु भएको प्रमाणित भइरहेको अवस्थामा ज्यान सम्बन्धीको ८ नं. आकर्षित हुने । (प्रकरण नं.८) § अ.वं १८८ नं. को प्रयोग गर्दा पनि केही न्यायिक आधार अवलम्बन गर्नुपर्ने हुन्छ । अन्यथा विधिकर्ताले ठूलो विश्वासका साथ न्यायकर्तालाई प्रदान गरेको यो तजविजी अधिकारको सदुपयोग हुन नसक्ने । § दाउराको चीरपटको प्रहारलाई सावधानीपूर्वक भएको प्रहार मान्न नमिल्ने । (प्रकरण नं.१०) § चित्तमा लाग्ने भन्ने कुरा मनोगत हुन सक्दैन । सर्वप्रथम आधार र कारणको विश्लेषणबाट नै अ.वं. १८८ नं. को प्रयोग हुने वा नहुने निष्कर्ष निकाल्नु पर्दछ । न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु नै अ.वं. १८८ नं. का लागि पर्याप्त नहुने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता लीलामणि पौडेल प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १, ६, १३, १३(३), १४, १५, १६, १७, १८, २८, २८क, २८ग, घ नंं. § अ.बं. १८८ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति २०६७।३।९ को फैसलाउपर यस अदालतमा प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छ :– मिति २०६४।१२।२४ गते बिहान अं. ७.०० बजेको समयमा खाना नबनाएको निहुँमा अभियुक्त वीरमान लुङ्गेली मगरले निजकी श्रीमती वर्ष १९ की मनमाया मगरलाई चीरपट दाउराले टाउको हिर्काई मरणासन्न पारेकोले निजलाई उपचारार्थ विभिन्न अस्पताल हुँदै भारत सिलगुढीस्थित न्यूरो अस्पतालमा पुर्‍याई मिति २०६५।५।२ गतेसम्म सोही अस्पतालको आई. सी. यू. वार्डमा राखी लाखौं रूपैयाँ खर्च गरी उपचार गर्दा समेत होस नखुली सम्बन्धित डाक्टरले फिर्ता गरेकाले बेहोस स्थितिमा नै बेलडाँगीस्थित घरमा ल्याई राखेकोमा होस नखुली सोही कुटपीटको चोटबाट थला परेकी घाइते मनमाया मगरको मित