निर्णय नं. १६२ - सरसियोररीको रीट जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६२ - सरसियोररीको रीट जारी गरी पाउँ भाग: ४ साल: २०१८ महिना: फागुन अंक: ८ फैसला मिति :२०१८/०४/१८ २२३७ निर्णय नं. १६२ ने.का.प.२०१८ डिभिजन बेञ्च न्यायधीश श्री रत्नबहादुर विष्ट क्षेत्री न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री रि. नं. २९ निवेदक : अक्कलदेव विष्ट विरुद्ध विपक्षी : ब. हा. पुष्करनाथ समेत मुद्दा : सरसियोररीको रीट जारी गरी पाउँ (१) भूमिसम्बन्धी ऐन, २०१४ को दफा ११ अन्तर्गतको मुद्दा नै दफा १८ (३) बमोजिम गठित इजलासबाट निर्णय गर्नु पर्ने । दफा ११ र दफा १८ एकै उद्देश्य पूर्तिका लागि व्यवस्थित भएको । यस उपदफामा सुरक्षित किसानको यो ऐन अन्तर्गतको हक अधिकार प्राप्तिमा झगडा पर्न आएमा भन्ने शब्दहरूको प्रयोग भएकोले ऐनका अरु दफाहरू हेर्दा दफा ११ मा सो सुरक्षित किसानको हक अधिकार प्राप्तिको अबस्था उल्लेख भएको देखिन्छ र दफा ११ बमोजिमको सुरक्षित किसानको हक अधिकार प्राप्ति गर्ने व्यक्तिहरूको लगत खडा गर्ने काम दफा १८ बमोजिम पाहाडमा जिम्मावाल मुखियाले र तराई तर्फ पटुवारीहरुले गर्नु पर्ने हुन आएको छ र यसै सिलसिलामा सुरक्षित किसानको लगत खडा गर्दा कुनै किसानले उक्त लगतमा स्थान पाउन सक्ने नसक्ने बारेमा झगडा उत्पन्न हुन सक्ने अर्थात् ऐनको दफा ११ बमोजिम सुरक्षित किसानको हक प्राप्त हुन सक्ने नसक्ने भन्ने बारेमा निर्णय गर्ने अधिकारी १८ को उपदफा (३) ले तोकेको प्रष्ट देखिएको छ । यसरी दफा ११ र दफा १८ एकै उद्देश्य पुर्तिका लागि व्यवस्था गरिएको देखिन्छ । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ (३) बमोजिम कस्तो मुद्दा बडाहाकिम वा मैजिट्रेष्ट र मालको हाकिमले सुनी कारवाई किनारा गर्न मिल्ने । त्यस माथि दफा ११ बमोजिम भूमिसम्बन्धी ऐन, २०१४ लागु हुनासाथ वा लागु भएको १ बर्ष पछि सो जग्गा जोताहाको नाताबाट सुरक्षित किसानको हक प्राप्त गरी सकेको व्यक्तिहरू मध्ये कसैले ऐन बमोजिम सुरक्षित किसानको हक प्राप्त गरी सकेकोमा सो हकबाट बन्चित गर्न लागे सुरक्षित किसान घोषित गरी पाउँ भन्ने उजुरी निवेदन दिएमा त्यस्तो उजुरी निवेदन उपर पनि दफा १८ (३) अन्तर्गत बडाहाकिम वा मैजिष्ट्रेट र मालको हाकिमले सुनी कारवाई किनारा गर्न मिल्ने देखिन्छ । (प्रकरण नं. १४) निवेदक तर्फ : एडभोकेट कृष्णप्रसाद भण्डारी फैसला १. जंगी विष्ट समेत ४ जनाको उजुरी परवाजेका दिन देखि प्रतिवादीका परबाजेहरूबाट बाँझो पर्ति जग्गा मागी आबाद गरी कुलो पानी झिकी जिल्लाका रीतीस्थिति बमोजिम निजहरूकै नाउँमा जग्गा दर्ता राखी घर समेत बनाई तिरो दर्तावाला मार्फत बुझाउने गरी आएको रसीद दिने गरेको थिएन । तल्लो नायल खेत गरो १ खानसेरा गैहिल १ खानसेर खेत १ खानसेरा खेत १ जिमु खोला गरो पाखो १ समेत जग्गा हामीले भोग चलन गरी मट्टीलाई मानी आएको । ०१५ साल मार्ग महिना देखि यो जग्गा हाम्रो हो । खान पाउँदैनौ भनी खोसी पजनी गरेकोले थामी पाउँ भन्ने वादी । २. निजहरू हाम्रो दर्ता जग्गामा बसी भोग चलन गरी जग्गा खाई कमाई आएको छैनन् । जंगीको दाज्यू नन्दे विष्ट सेरुवाको बाबु नारान विष्ट गैडेको बाबु उजलेमहर बीरमानको घरधुरी सम्म दर्ता छ । निजहरूको जग्गा ९५ साल देखि झगडियाको भोग चलनमा छैन । गौडे महरसँग ९५ साल अघि पनि जग्गा थिएन । हाल पनि छैन । निजहरूबाट तिरो लिने गरेको छैन । गौडे महर जग्गा जंगी विष्ट बखत मौजामा रंगध्वज गोपालबाट जग्गा लिई बसेका बीरमान थामी नौतड मौजामा अन्तराम जैशीबाट सेवाड भन्ने जग्गा लिई बसेको छ । सेरुवा विष्टले ललित् विष्टको सिमल खेत भन्ने जग्गा अधिय