निर्णय नं. ३०९९ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३०९९ - जालसाजी भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/२३ २५५३ निर्णय नं. ३०९९ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ६१० मुद्दा : जालसाजी । पुनरावेदक/प्रतिवादी: वा.अं.काभ्रेपलाञ्चोक जिल्ला भुमे डाँडा गा.पं. वार्ड नं. ९ घिसिंग गाउँको हाल परिवर्तित सुनथान गा.पं. वडा नं. ९ दलिनचोक बस्ने गणेशप्रसाद दाहाल । विरुद्ध विपक्षी/वादी: ऐ सुजथान गा.पं. वडा नं. ७ बस्ने मोहनप्रसाद सापकोटा । फैसला भएको मिति: २०४४।३।२३।३ मा दुईथर वा सो भन्दा बेसी व्यक्तिहरूको संलग्नताको अभावमा तत्काल प्रचलित ऐनको व्यवस्थाले जालसाजी क्रियाको परिकल्पना गर्न नसकिने । (प्रकरण नं. १४) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल उल्लेखित मुद्दाःX फैसला न्या.हरिहरलाल राजभण्डारीः म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको लगतमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. बाबा कूलशेखरको पाँच छोरा जेठा भीमप्रसाद, माहिला पद्मप्रसाद, साहिला तीलप्रसाद, काहिला विपक्षी पीत प्रसाद र कान्छा म मोहनप्रसाद भएकोमा बाबा जीवित छँदै १९९६ सालमा जेठो, माहिलो, साँहिलो बेग्लै भई विपक्षी पीत प्रसाद र म सगोलमा बसी आएकोमा आफ्ना आफ्ना भागमा परेको जग्गाहरू २००४ सालमा बिजन जाँच हुँदा पूर्व ठाडोको खोल्सा रामप्रसादको बारी, पश्चिम रामप्रसादकै बारी, उत्तर तीलप्रसादको बारी दक्षिण खोल्सो यति चारकिल्ला भित्रको दलीन चोक घरवारी मध्ये आधी मेरो अंश हकको जग्गामा बिजन ।।।२।। र विपक्षी दाजु पीत प्रसादका अंश भागको जग्गामा बिजन ।।।२।। समेत जम्मा बिजन ।।।५ को जग्गा कित्ता १ पूर्व बोगटीको साध पश्चिम खोल्सो पधेरो र कृष्णप्रसादको साध उत्तर खोल्सो दक्षिण लोकबहादुरको पिपलको रुख यति चार किल्ला भित्रको दलिन चोक बारी मध्ये आधी मेरो अंश हकको जग्गामा बिजन ।।।२।। र आधी विपक्षी दाजुको अंश हकको जग्गामा बिजन ।।।२।। समेत जम्मा बिजन ।।।५ को जग्गा कित्ता १ समेत दुई कित्ता जग्गाको जम्मा बिजन माना ।।१ मध्ये बिजन मुठी ।।।५ मेरा नाउँमा र बिजन मुठी ।।५ विपक्ष दाजु पीत प्रसादका नाउँमा मु.चेतनाथ सापकोटा जिम्मा २००४ सालको बिजन मोठमा दर्ता गराई लिई तिरो भरो गरी २०१७ साल देखि म विदेश भारततर्फ गई नोकरी गरी बसी आयस्ता पनि बिजन बमोजिमको तिरो २००५ साल देखि २०२२ साल तक सगोलबाट मु.चेतनाथको दामकाम शीवलाल सापकोटा मार्फत तिरो बुझाई रसिदमा दुबै भाइको नाउँ जनाई लिई राखेको रसिद विपक्षी दाजुसंग भएको, २०२३ साल देखि २०२८ सालको तिरो प्र.पं.सुरथबहादुर मार्फत सगोलबाट बुझाई आएको थियो । २०३६।२।१३ मा म भारतबाट घरमा आएको बेला बिजन ।।५ को दलीन चोक घरवारी मध्ये आधी बिजन ।।।२।। दाजुले गणेशप्रसाद दाहाललाई हालैका बकसपत्र गरिदिएको कुरा थाहा पाई लिखतको नक्कल सारी हेर्दा प्र.पं. पद्म बहादुर, विपक्षी पीत प्रसाद र विपक्षी गणेशप्रसाद दाहाल मिली उल्लेखित २ कित्ता मध्ये पूर्व बोगटी प्रसादको साँध समेत चार किल्ला भित्रको दलीन चोकबारी मेरो अंश भाग समेतको जग्गामा जालसाजी गरी हालै देखिको बकसपत्र खडा गरी लिनुदिनु गरी अन्याय गरेकोले सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको मोहनप्रसादको फिरादपत्र । ३. सगोलको सम्पत्ति बिक्री व्यवहार भएकोमा लेनदे