निर्णय नं. ३१०० - लोग्ने कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१०० - लोग्ने कायम भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/२२ २५५३ निर्णय नं. ३१०० ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको फौ.पु.नं. ४४१ मुद्दा : लोग्ने कायम । पुनरावेदक/प्रतिवादी: जि.सल्यान लक्ष्मीपुर पोखरा गा.पं. वडा नं. २ बस्ने हुरमत पुनमगर । विरुद्ध विपक्षी/वादी: जि.सल्यान लक्ष्मीपुर पोखरा गा.पं. वडा नं. २ बस्ने खुइती कमिनी । फैसला भएको मिति: २०४४।३।२२।२ मा प्रतिवादीले करणी गरेको होइन र त्यसै समयमा म विदेश गएको थिएँ भनी इन्कार गरेको कुरालाई वादीले प्रमाणित गर्न सकेको देखिँदैन, यस्तो स्थितिमा वादीको विवाहिता लोग्ने नै ०४० साल कार्तिक, मार्गसम्म माइत घरमा वादीसंग भेटघाट बसउठ गर्ने गरेको भन्ने कुरा प्रष्ट देखिँदा देखिँदै वादी दावी बमोजिम पुनरावेदक प्रतिवादीलाई लोग्ने कायम गर्ने गरेको फैसला कानून एवं न्यायसंगत नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.हरिहरलाल राजभण्डारीः मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. मेरो र विपक्षीको घर नजिक भएको र भेटघाट हुँदा प्रेम बसेको । मेरो दाजु तीले कामी र भाउजू, वृद्ध आमा छन् । म रजस्वला भएको ४ दिन भएको थियो मिति ०४० साल कार्तिक ४ गतेका साँझ खाना खाई घरको जहान परिवार सुती निदाएपछि म एक्लै मकै पिस्न लागेकी थिएँ । रातको अन्दाजी ८ बजेको समयमा मसंग आई ककड खाएपछि सोही ठाउँनेर २ पटकसम्म करणी गरे त्यसपछि ०४०।८।२० गते रातको समयमा आई बराबर करणी गर्ने गर्दथे त्यसबाट मेरो पेटमा गर्भ रही म गर्भवती भएपछि आफ्नो घरमा लैजानु पर्‍यो भनी अन्यायलाई भन्दा स्वीकार नगरकोले लोग्ने नाता कायम गरिपाउँ भन्ने खुइती कमिनीको फिराद । ३. वादीलाई ०४०।७।४ मा र त्यसपछि मार्ग २० गते मैले करणी गरेको समेत होइन छैन । २०४० भाद्र ४ गते नै म भारत काला पहाडतर्फ गई २०४० फाल्गुणमा मात्र घरमा आएको हुँ । वादीको विवाह सल्यान मालनेटा डाँडा गाउँ बस्ने ग्वामे कामीसंग भएको हुँदा बराबर माइत घर आगमन गर्दा धेरै जसो वादी माइत बसेकी लोग्ने लिन आउँदा करणी लिनु दिनु गरी गर्भ रहेको हुनु पर्छ भन्ने समेत हरमत पुनको प्रतिवादी । ४. वादीसंग ०३५।२।१६ गते विवाह भएको हो विवाह भएदेखि कहिले घर कहिले माइत बस्ने गर्दथी अहिले १ वर्ष जति भयो तँसंग बस्दिन भनी भागेर माइतमा नै गई बसेकी छ। निजले बोकेको गर्भ मेरो होइन के कस्को गर्भ बोकेकी हो मलाई थाहा छैन भन्ने ग्वामे कामीको बयान । ५. वादीको गर्भ हरमतको हो भन्ने वादीको साक्षी २ जना र वादी खुइतीलाई हरमतले करणी गरेको होलान जस्तो लाग्दैन निजको गर्भ ग्वामे कै होला भन्ने प्र.साक्षी २ जनाको बकपत्र। ६. प्र.कै करणी विर्यबाट मेरो पेटमा रहेको गर्भबाट ०४१ साल श्रावण ७ गते छोरी जातक पैदा भई न्वारान नगरेकोले आइती कुमारी म आफैंले नाम राखेकी छु भन्ने खुइतीले गरेको कागज । ७. यसमा वादीले आफ्नो लोग्नेको गर्भलाई अरुको भनी देखाउनु पर्ने अवस्था समेत मिसिलबाट प्रमाणबाट नदेखिएकोले वादीको गर्भ जातक प्र.हरमत पुनमगरको ठहर्छ भन