निर्णय नं. १६३ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६३ - भ्रष्टाचार भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१८/११/१२ २६४६ निर्णय नं. १६३ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री स.ईश्वरीराज मिश्र वादी : सरकार विरुद्ध प्रतिवादी : ना.सु. गोपालप्रसाद उपाध्याय समेत फौ.फु.नं. ४ मुद्दा : भ्रष्टाचार (१) कस्तोमा गढाउ गर्न नमिल्ने ? सबुद प्रमाण विशेष पुलिस विभागको ई. सूर्यबहादुरले बिक्रम र सुब्बा गोपालप्रसादको वार्तालाप भएको राम्रो सुन्न पाइएन । त्यसको प्रतिउत्तरमा निज सुब्बा गोपालप्रसादजीले हुन्छ, म जिताइ दिन्छु । तर मलाई रु. १५० चाहिन्छ । सो रूपैयाँ उ फाँटवाला बिचारी भन्ने देखाए र दिई राख्नु भनी भनेका र हजुरलाई नै म त दिन्छु भनी बिदुरजीले भन्दा मैले आफ्ना हातले लिने गरेको छैन । विचारीलाई नै दिनु भन्ने जवाफ दिए । ति कुरा मैले बिस्तारको हिंडाइबाटै सुनें भनी रीपोर्ट दिएको । तर विचारी रामजंगलाई रु. १३०।– मात्र दिएको । औ निज विचारीको मार्फत हाकिम ना.सु. गोपालप्रसादलाई दिने बन्दोवस्त बारेमा केही नभनेकोबाट रूपैयाँको कलम पनि नमिली फरक परेको । बिचारीबाट पनि इन्सपेक्टरको कुराको समर्थन नभएको । बिदुरविक्रम विशेस पुलिस विभागकै मानिस भएको । निजले ०३१।१०।८ गतेमा ना.सु. गोपालप्रसादले रु. १५०। देउ, मुद्दा जिताइ दिन्छु भनी घुस मागेको र सो घुस आज मेरा डेरामा आई लिने छु भनी सुब्बाले भनेको छ । रूपैयाँ र मद्दत पाउँ भनी विशेष पुलिस विभागमा दर्खास्त लेखी दिएकोमा केही कारवाई नभई ०१३।११।२२ गते सुब्बासँग कुरा गर्ने भएबाट अफिसर मेरा साथ लगाई पाउँ भन्ने ०१३।११।२१ गते बिदुरविक्रमको अर्को दर्खास्त परेकोमा, ०१३।११।२२ गतेमा मात्र इन्सपेक्टरले गोपालप्रसाद र बिदुरविक्रमको कुरा सुनें भन्ने भएकोमा, माघ ८ गतेमै चाहिने कारवाई हुनु पर्ने । सो भएको देखिएन । तसर्थ, फाल्गुण २२ गतेमा मात्र सुनेको भन्ने कुरा पत्यारलाग्दो देखिएन । इन्सपेक्टर बाहेक ना.सु. गोपालप्रसादलाई गढाउ गर्ने अरू केही सबुद प्रमाण आएन । यतिकैमा ना.सु. गोपालप्रसादलाई गढाउ गर्न मिल्दैन । (प्रकरण. नं. ३६) (२) प्रत्यक्ष प्रमाणको अभावमा अनुमानबाट नै निर्णयमा पुग्न नमिल्ने । ना.सु. गोपालप्रसादले हैसियतबाट नपुग्ने धेरै घर जग्गा जोड्यो । सो सबै घुसको पैसाबाट जोडेको भन्ने राष्ट्रसेवक (भ्र.नि.) ऐन अन्तर्गत विशेष न्यायाधीशको अदालतको बुँदा विषयमा ना.सु. गोपालप्रसाद सो जग्गा जमीन जोडेको सावितै भएको । तर जुवाबाट जितेको पैसाले जोडेको हो भन्ने जिकिर लिएको देखियो । अरू प्रत्यक्ष प्रमाणको अभावमा घुसबाट नै जोडेको हो भनी अनुमान गर्न मिल्दैन । (प्रकरण नं. ३७) प्रतिवादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी फैसला १. चन्द्रकुमारीसँगको कुटपीट मुद्दामा सु. गोपालप्रसादले रु. १५०। देउ । मुद्दा तिमीलाई जिताई दिन्छु भनी घुस माँगेकाले सो घुस लिन आज अड्डा उठेपछि आई लाने छु भनेकाले सरकारी रूपैयाँ र मद्दत समेत पाउँ भन्ने समेत ०१३।१०।८ को का.ई. वानेश्वर बस्ने हे.कं.पु. बिदुरविक्रम शाहाको दर्खास्त । २. मेरो रा.का.फौ. मा परेको चन्द्रकुमारीसँगको कुटपीट मुद्दामा फाँटवाला वि. रामजंगसँग मुद्दा जिताई दिनु पर्यो भन्दा, सो कुरा सुब्बा बाजेसँग उहाँको चित बुझाउने कुरा गर्नु होस् भनी रूपैयाँ घुस दिने विषयको राय दिएको र सो बमोजिम मैले सुब्बासँग भोलि १३।११।२२ गते अड्डाको टायम अरू मानिस नआईपुग्दै एकान्त पारी कुरा गर्ने भएकाले सुब्बाले मसँग के