निर्णय नं. १६४ - उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६४ - उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०१/०८ २६४८ निर्णय नं. १६४ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री बासुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह री.फु.नं. २३ वादी : नेपाल ट्रान्सपोर्ट (प्राईभेट) लिमिटेडको निमित्त जनरल मेनेजर शिवचन्द्र अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार, उद्योग बाणिज्य मन्त्रालय उद्योग विभाग विषय : उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने (१) सेयर जफत गर्ने र डाईरेक्टर पदबाट हटाउने विषयमा गुप्त (प्राईभेट) कम्पनीका निमित्त पनि पव्लिक कम्पनी कानूनमा उल्लेखित दफाहरू नै लागु हुने–गुप्त (प्राईभेट) कम्पनीका निमित्त अरू खास व्यवस्था भएको छ भनी भन्न नमिल्ने । गुप्त (प्राईभेट) कम्पनीको विशेषाधिकार–सो कुन परिस्थितिमा खारेज हुने ? नेपाल कम्पनी कानूनको १५३ दफामा प्राईभेट कम्पनीले अनिवार्यत पुरा गर्नुपर्ने यावत काम र पाउने अधिकार पनि पब्लिक कम्पनी सरह नै हुन्छ । विवरणपत्र र कार्यारम्भसम्बन्धी नियमहरू बाहेक पब्लिक कम्पनीमा लागु हुने व्यवहारतः अरू सबै नियमहरू यस्मा पनि लागु हुन्छन भन्ने र १५४ दफामा गुप्त (प्राईभेट) कम्पनीले निम्नलिखित विशेषाधिकार पाउनेछ (क) यस्मा सञ्चालकहरू नभए पनि हुन्छ । भए पनि सदस्यहरूले चाहेमा एकै सञ्चालकलाई आजीवन वा जति वर्ष पनि राख्न हुन्छ । पद त्याग गर्न आवश्यक छैन । सञ्चालकहरूको नियुक्ति, पद त्याग, नियन्त्रण सम्वन्धी पव्लिक कम्पनीका दफाहरू यस्मा लागू हुँदैनन् भन्ने र १५८ दफामा गुप्त कम्पनीलाई पाएको अधिकार बाहेक कानून विरुद्ध काम गरेमा सो (गुप्त) कम्पनीले कानून बमोजिम पाएको सवै सुविधा हक अधिकार खारेज भई पव्लिक कम्पनीको कानून लागू हुनेछ । भूलचूक बेहिसाव अरू मुनासिव कारणवस मात्र कसूर भएको ठहरिएमा जरिवाना गरी माफी दिने अधिकार तालुक अड्डालाई भन्ने उल्लेख भएको देखियो र उक्त दफाहरूमा सेयर जफत गर्ने र डाईरेक्टर पदबाट हटाउने विषयमा प्राईभेट कम्पनीले कुनै विशेषाधिकार पाएको र सो कुरा उल्लेख भएको नदेखिएबाट सो सम्वन्धमा पव्लिक कम्पनी कानूनमा उल्लेखित दफाहरू नै लागू हुने देखियो । (प्रकरण नं. ९) (२) नेपाल कम्पनी कानूनको ५५ दफा प्रयोग गर्दा उक्त दफाको रीत पुर्‍याउनु पर्ने । रीत नपुर्‍याई सेयर जफत गरेको मुनासिव भन्न नहुने । नेपाल कम्पनी कानूनको ५३ दफामा सदस्यहरूले कम्पनीलाई तिर्नु पर्ने ऋण वा सेयरको किस्ताको बाँकी रूपैयाँ वापत निजहरूको नाउँमा दर्ता रहेको सेयर त्यस्मा बाँडिने, मुनाफासमेत कम्पनीले रोक्का गर्न पाउछ भन्ने र ५४ दफामा माथिका दफाबमोजिम कम्पनीको हक लाग्ने सेयर सञ्चालकहरूले जफत गरी विक्री गर्न पाउछ । तर कम्पनीलाई तिर्नु पर्ने रूपैयाँको म्याद नपुगी वा सो रूपैयाँ तिर्न ल्याउनु भन्ने सदस्य अथवा निजका हकवालालाई १४ दिनको सूचना दिएको म्याद भुक्तान नभई सेयर विक्री गर्न हुँदैन भन्ने र ५५ दफामा किस्ता तलव गरेको टायम टायममा सदस्यहरूले किस्ता चुक्ती गर्नु पर्छ । टायममा भुक्तान गर्न नसके १४ दिनको म्याद नाघे पछि कम्पनीले सेयर जफत गर्न पाउँछ भन्ने लेखिएको भई विचार गर्दा, प्रथम सेयरको बाँकी रूपैयाँ नबुझाएपछि त्यस विषयमा बाँकी रूपैयाँ बुझाउन ल्याउनु भनी किस्ता तलवी सूचनाको ढाँचामा तलव गर्नु पर्ने । सो सूचना दिएको निस्सा निवेदक तर्फबाट दाखिल गर्ननसकेको र सो सूचनाको म्याद भुक्तान भएपछि मात्र पचपन्न दफा बमोजिम १४ दिनको म्याद दिनु पर्ने । उक्त दफा दफाको रीत