निर्णय नं. १६५ - जग्गा जालसाजी खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६५ - जग्गा जालसाजी खिचोला भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०२/२६ २८६२ निर्णय नं. १६५ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री स.ईश्वरीराज मिश्र न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. ११४ निवेदक, प्रतिवादी : रुपबहादुर गुरुङ विरुद्ध विपक्षी, वादी : जि.मु.मनबहादुर गुरुङ समेत मुद्दा : जग्गा जालसाजी खिचोला (१) कागज जाँचको २० नम्वर–रीतपूर्वक सहिछाप नपरेको कागजबाट नालिस उजुर लाग्न नसक्ने । कस्तो लिखत ऐनले प्रमाणमा लिन नहुने ? ...दुनियाँ गैह्रले लेनदेन कारबार लगायत घरसारमा भएको कागजमा ल्याप्चे सहीछाप गर्दा गराउँदा दायाँ बायाँ दुवै हातको बुढी औंला शंख वा चक्र रेखा प्रष्ट देखिने गरी ल्याप्चे सहीछाप गराउनु । सो बमोजिम रीतपूर्वक सहीछाप नपरेको कागजबाट नालिस उजुर लाग्न सक्दैन भन्ने कागज जाँचको २० नं. मा उल्लेख भएको । लागेको १ ल्याप्चे पनि सो ऐन बमोजिम नभएको हुनाले लिखतका हकमा उक्त ऐनले प्रमाणमा लिन मुनासिव देखिएन । (प्रकरण नं. १९) (२) लिखत साँचो सद्दे व्यवहारको नदेखिएमा प्रमाणमा लिन मुनासिव नपर्ने । ...७ थान लिखतमा लागेको सहीछापमा राजीनामा गरी दिने भनेका मझिनाको सहीछाप मिल्छ भनी विशेषज्ञले दिएको रिपोर्टबाट देखिएको तर्फ विचार गर्दा, कारणीको सहीछाप गराउँदा दायाँ बायाँ दुवै हातको बुढी औंठाको शंख वा चक्रको रेखा प्रष्ट देखिने गरी लगाउनु पर्ने कागज जाँचको २० नं. मा उल्लेख भएको र दाखिल हुन आएको कागजहरू सवैमा १।१ ल्याप्चे मात्र लागेको देखिएकाले सो ऐन बमोजिम भएको नदेखिएको र लिखतको पुछारमा कुनै लिखतमा पनि सहीछाप परेको नदेखिएको । लिखत मुनी र परेको १।१ ल्याप्चे पनि कुनैमा अक्षरमा नछोई धेरै फरकमा लगाएको र कुनैमा अक्षरमा छोए पनि अक्षरको हरफ भन्दा सहीछापको भाग माथि गएको देखिएको र ९४ साल मार्ग १८।२५ पौष १८ गतेका मितिको ३ थान लिखतको कागजको रूप रंग मसी एकै देखिन आएको समेतबाट सो लिखतहरू साँचो सद्दे व्यवहारको रहेछ भनी प्रमाणमा लिन मुनासिव देखिएन । (प्रकरण नं. २०) (३) कर्जीको व्यहोरा झुट्टा देखिन आएमा व्यवहार साँचो देखिने भन्न नमिल्ने । ९४।८।२५ को लिखतमा सत्ब्यू छर्न जान भनी कर्जा लिएको भन्ने व्यहोरा परेको र सो सालको सत्व्यू छर्ने मेला मार्ग १६ गते परेको भन्ने उल्लेख भएको । सो कुरा हैन भन्ने कुराका जिकिर प्रतिवादी पक्षले लिन सकेको नदेखिएकाले सत्ब्यू छर्ने मेला सकिए पछि सत्ब्यू छर्न जान भनी लिएको भन्ने लेखेको व्यवहार साँचो देखिन आएन । (प्रकरण नं. २१) (४) कस्तो कुरा प्रतित पर्न नआउने ? सो लिखत झुक्याई गराएको भन्ने प्र. रूपबहादुरको जिकीर भए तर्फ तालुकदार जस्तो मानिसलाई झुक्यायो भन्ने प्रतित पर्न नआउने र उही जग्गा आफुले ९४।१२।२८ मा राजीनामा गरी लिई आफ्नो हक पक्का भईसकेको भए आफुसमेत ४ जनाको हक भनी धनराजलाई बन्धकी लेखि दिनु नपर्ने । त्यसबाट पनि राजीनामा गरी लिएको भन्ने जिकिर साँचो देखिन नआइ अपुतालीबाट ४ भाग गरी खाई आएको भन्ने वादी पक्षको जिकीर साँचो देखिन आयो । (प्रकरण नं. २२) (५) यस्तो सम्भवै हुन सक्ने । आफू जि.मु. हुँदा आफु समेतले भाग लगाई खाई आएको जग्गाको रसीद नदिनाको पनि सम्भवै कुरा हुनाले त्यतिकै कारणले मात्र वादी पक्षको हक पुग्दैन भन्न भएन । (प्रकरण नं. २४) (६) अघिल्लो, फलाना मितिमा राजीनामा गरी लिएको भनी दावा गरेको भए र, पछिको मितिमा उही व्यक्तिले तायदातीमा सो राजीनामा गरी लिएको भनेको बस्तु नदेखाएमा –राजिनामा गरी लिएक