निर्णय नं. ३१०१ - लिखत बदर गरी रुपैयाँ दिलाई पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१०१ - लिखत बदर गरी रुपैयाँ दिलाई पाउँ । भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/१४ २८०० निर्णय नं. ३१०१ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको दे.पु.नं. ६२६ मुद्दा : लिखत बदर गरी रुपैयाँ दिलाई पाउँ । पुनरावेदक/वादी: जि.झापा शनिश्चरे गा.पं. वडा नं. ५ बस्ने प्रेम बहादुर बस्नेत । विरुद्ध विपक्षी/प्रतिवादी: झापा कृषि विकास बैंकका प्रबन्धक रामचन्द्र प्रसाद शर्मा । नेपाल ट्रेडिङ कन्सर्नका संचालक जि.मोरङ विराटनगर न.पं वडा नं.२१ रानी बस्ने प्रल्हाद राय अग्रवाल । फैसला भएको मिति: २०४४।३।१४।१ मा वादीले मिति ०३४।१२।२० मा कबूलियत गरिए बमोजिम मिति ०३४।१२।२४ मा पावर टिलर राम्रो अवस्थामा रहेको पाएँ भनी मिति ०३५।१।७ मा मोरङ अटो वर्क्स विर्तामोडबाट पावर टिलर बुझी लिएको र मिति ०३५।११।१४ मा पहिलो किस्ता वादीले प्र.लाई बुझाउँदाको अवस्थामा समेत पावर टिलर सेकेण्ड हेण्डको रहेछ भनी वादीले उल्लेख गर्न नसकेको र वादीले कृषि विकास बैंक झापासंग ०३४।१२।२० मा भएको सम्झौता तथा कबूलियत बमोजिम ऋण लिएकोमा सो सम्झौता भएको कुरा वादीले स्वीकार गरेको बदर गर्न सकिने अवस्था नै नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे,विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ,विद्वान अधिवक्ता श्री हरिशंकर निरौला उल्लेखित मुद्दाःX फैसला न्या.प्रचण्डराज अनिलः पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझी पुनरावेदक वादी प्रेमबहादुर बस्नेतको यस अदालतमा पर्न आएको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. इंडियन पावर टिलर कृषि औजार, कृषि विकास बैंकबाट ऋण स्वरुप उपलब्ध गर्न माग पत्र पेश गरेकोमा बिक्रेता प्रल्हाद अग्रवालसंग सम्पर्क राखी रु. ३०,२००।– को पावर टिलर खरीद गर्न ऋण स्वीकृत भयो । पावर टिलर विपक्षी प्रल्हादकै मोरङ अटो वर्क्स विर्तामोडको शाखाबाट मैले बुझी लिएकोमा २२ दिनमा पावर टिलर बिग्रिएकोले विर्तामोडको अटो वर्क्समा कृषि विकास बैंकका अधिकृत समेत राखी मिसिनको आकृति जाँच्न लगाउँदा सेकेण्ड हेण्डको जस्तो लाग्यो । मेसिन अहिले नलैजानु भनेकोले नलगी बसेको थिएँ, विपक्षी प्रल्हाद अग्रवालका फर्ममा मेसिनले काम गर्न छाडेकोले पावर टिलर लिनु भन्ने कारवाही आएकोले मलाई कर्जा बुझाउने भनी गराएको कबूलियतनामा बदर गरी मैले बुझाएको रु. ५,०००।– फिर्ता गराई बुझाउन नपर्ने गरिपाउँ भन्ने फिराद । ३. विपक्षीले ऋण मागपत्रको आधारमा नेपाल ट्रेडिङ कनसर्नबाट माल सामान बुझी लिएको हो आफ्नो खुशीराजीले सामान लगी बैंकले सो को भुक्तानी दिएको र माग बमोजिमको ऋण उपलब्ध गराउने दायित्व बैंकको हो जाँची बुझी लिने काम ऋणीको हो । बैंक उपर लगाइएको गलत दावीबाट मुक्त गरी फिरादीले गरिदिएको कबूलियत रकम बैंकले असूल उपर गरी लिन पाउने निर्णय गरिपाउँ भन्ने कृ.वि.बैंक झापा प्रबन्धक रामचन्द्रप्रसाद शर्माको प्रतिउत्तरपत्र । ४. विपक्षीलाई तयार सही र चालु हालतको पावर टिलर उपलब्ध गराएको हो । संचालकको अज्ञानताले र तेल मोबिल समेतको खराबीले, हाम्रो मर्मत कार्यको रिपोर्ट दिएको आधारमा, सञ्चालनको गडबढीले सो पावर टिलर बिग्रन गएको हो भन्ने प्रतिवादी प्रल्हादको प्रतिउत्तरपत्र