निर्णय नं. १६६ - आयस्ता दिलाइ पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६६ - आयस्ता दिलाइ पाउँ भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०२/३० २४८३ निर्णय नं. १६६ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ६७ निवेदक, वादी : गुणशम्शेर थापा क्षेत्री मरी मुद्दा सकार गर्ने पद्मकुमारी थपेनी क्षेत्रीनी विरुद्ध विपक्षी, प्रतिवादी : मे.क.टेक शम्शेर थापा क्षेत्री समेत मुद्दा : आयस्ता दिलाइ पाउँ (१) विधुवा अंशधनको १ नम्वरको १ र २ दफामा भिन्नता–कस्तो परिस्थितिलाई उपरोक्त दफाहरूले दर्शाएको ? विधवा अंशधनको १ नं. मा विधवा स्वास्नी मानिसले आफ्नो हक पुग्ने सम्पत्तिमा तपसीलमा लेखिए बमोजिम गर्न पाउँछ भन्ने र तपसीलको १ दफामा ४० वर्ष पुगेकोले आफ्ना वा सौतेनी छोरा र एकाउदरबाट जन्मेको जेठाज्यू र देवर छन् भने लोग्ने छँदैको हिसावसँग हेरविचार गरी राखेको भए छोराहरूको मन्जूरी नभए पनि आफ्नो हक पुग्नेमा ३ खण्डको १ खण्ड, ४० वर्ष नपुगेको भए ४ खण्डको १ खण्ड आफ्नो खुश गर्न पाउछे । मन्जूरी लिई गर्छे भने सबै गर्न पाउछे । लोग्ने छँदैका हिसावसँग हेरविचार गरी राखेको छ भने ४० वर्ष नपुगी भए चलमा सबै अचलमा ३ खण्डको १ खण्डसम्म हकवालाको मन्जूरी नभए पनि आफ्नो खुश गर्न पाउँछ भन्ने र २ दफामा ३ पुस्ताका हकवाला मात्र छन् आफ्नो वा सौतेनी पट्टीका छोराहरू पनि छैनन् भने त्यस्तो अवस्थालाई मात्र लिएर उल्लेख भएको देखियो । (प्रकरण नं. २७) (२) एकाउदरबाट जन्मेको जेठाज्यू, देवर भएमा विधवा स्वास्नी मनिसले विधवा अंशधनको १ दफा बमोजिम गर्नु पर्ने र सो को २ दफा लाग्न नसक्ने । २ दफा कस्तोमा लाग्ने ? वादी पक्षबाट बकसपत्र गरी दिने भनेका ईश्वरीकुमारीको आफ्नो छोरा र सौतेनी छोरा नभए पनि एकाउदरबाट जन्मेका जेठाज्यू र देवरहरू समेत भएको दुवै पक्षका लेखाईबाट देखिन आएकाले एकाउदरबाट जन्मेका जेठाज्यू देवरहरू भएको अवस्थामा त्यस्तो बिधुवा स्वास्नी मानिसले उक्त १ दफाबमोजिम गर्नु पर्ने प्रष्ट लेखिएको देखिन्छ । (प्रकरण नं. २८) आफ्ना र सौतेनी छोरा वा एकाउदरबाट जन्मेको जेठाज्यू र देवरहरू नभई अरू ३ पुस्ता भित्रको हकवाला मात्र भएको अवस्थालाई उक्त २ दफा लागू हुने देखिएको हुनाले यस मुद्दामा सो २ दफा लागु हुन्छ भन्न मुनासिव देखिएन । (प्रकरण नं. २९) (३) अचल सम्पत्ति लोग्नेको पालाको नभै जिज्यू बाजेको आर्जन देखिए विधवाले ६ खण्डको १ खण्ड आफु खुशी गर्न पाउने । अचल लोग्नेका पालाको भन्ने दाबी लिन नसकेको र जिज्यू बाजेको आर्जन भन्ने मिसिलमा उल्लेख भईरहेको हुनाले र बाजेका आर्जनको रहेछ भने माथी लेखिएका रीतसँग उठाउन पाउनेमा विधवा अंशधनको १ को ३ ले अचलका आधी उठाउन पाउँछ भन्ने लेखिएको हुँदा ईश्वरीकुमारीले ६ खण्डको १ खण्ड आफु खुशी गर्न पाउने ठहर्छ । (प्रकरण नं. ३१) फैसला १. काइँली मुमा ईश्वरीकुमारीको सन्तान नहुँदा उहाँको जो भएको श्रीसम्पत्ति धनमाल घर खेत समेत जम्मै काज–कृया गरी मेरा शेष पछि खानु भनी मलाई ०७९।९ मा बकसपत्र लेखी दिनु भएको । सो बकसपत्र पास नहुंदै उहाँ पर्लोक हुनु भएको । हकदार अन्यायीहरूले सो कागज पास गरी नदिएबाट पास गराइ पाउँ भन्ने मेरो नालेस परी रा.का.दे.दो. बाट पास गरी दिने ठहराई ०१०।८।१० मा र सो सदर गरी प्र.न्या. बाट ०१२।८।२ मा फैसला भई ०१३।१।३१ मा सो लिखत पास भएको । लिखत पास भईसके पछि ७ साल देखिको आयस्ता दिलाइ अंश छुट्याई पाउँ भन्ने नालेस परेमा कोर्ट फी नराखेबाट ८ खण्डको १ खण्ड भन्ने बोली राखी यस