निर्णय नं. १६७ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६७ - लेनदेन भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०३/०५ २३४४ निर्णय नं. १६७ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री स. ईश्वरीराज मिश्र न्यायाधीश श्री धनेद्रबहादुर सिंह दे.फु.नं. २८ निवेदक, प्रतिवादी : एस.एस.पी. कुम्भसिं गुरुङ विरुद्ध विपक्षी, वादी : जेजुनाथ पाध्या मुद्दा : लेनदेन (१) अ.बं. १३६ नं. का ऐनबमोजिम रीतपूर्वक साक्षी राखी म्याद तामेल गर्नुपर्ने । म्याद पठाउँदा एकाघरसँगको दुइजना भए छुट्टा छुट्टै पठाउनु पर्ने । निज नरजंगका नाउँको म्याद हेरिएमा ले.क.कुम्भसिं गुरुङ १, निजको एकाघरसँगको नरजंग गुरुङ १ समेत २ जनाका नाउँको इतलायनामा भनी जारी भएको म्यादमा भतिजा नरजंग बिदेश गएको भन्ने जनाई ०११।१।३ मा ले.क. कुम्भसिंले म्याद बुझी लिएको देखिए पनि म्याद पठाउँदा छुट्टा छुट्टै पठाउनु पर्ने, सो पठाएको र सो म्याद तामेल हुँदा अ.बं. १३६ नं. का ऐन बमोजिम रीतपूर्वक साक्षी समेत राखी तामेल भएको देखिएन । (प्रकरण नं. ६) (२) म्याद तामेल गर्ने अर्दलीको सहीछाप हुनु पर्ने । सो म्याद पनि अ.बं. १३६ नं. का ऐनको रीतपूर्वक साक्षी राखी तामेल भएको र तामेल गर्ने अर्दलीको समेत सहीछाप परेको देखिएन । (प्रकरण नं. ७) (३) अ.बं. १३६ का ऐनको रीतपूर्वक तामेल नभएको म्याद, म्याद गुजारेको भनी गरेको फैसलालाई मान्यता दिन नमिल्ने । नरजंगका नाउँको म्याद अ.बं. १३६ नं. को ऐन बमोजिम रीतपूर्वक तामेल नभई बेरीतको तामेलीबाट म्याद गुजारेको भनी बिगो भराइ दिने गरी भएको फैसलालाई मान्यता दिन नमिलेकाले यस मुद्दामा शुरु पोखरा अदालतबाट १२।६।१८ मा अपील तेश्रा फाँटबाट ०१३।१०।५ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१७।२।१९ मा भएको फैसला सदर हुँदैन बदर हुने ठहर्छ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय, प्लीडर दुर्गाप्रसाद उपाध्याय वादी तर्फबाट : प्लीडर पुरेन्द्रकुमार मैनाली फैसला १. यसमा नरजंगको बाबु कुम्भसिंको दाजु जि.मु. धनकाजी गुरुङले व्यपार गर्न भनी ०५।१०।२६ मा मोरु. ११००। को कपाली तमसुक गरी लगेकोमा निज मरेकाले निजको छोरा नरजंगको भाइ कुम्भसिंलाई भन्दा भरे भोली भनी टार्ने नियत गरेकाले नालिस गरेको छु । मुद्दा किनारा हुँदा तकको व्यपार गर्न लिएकोले सयकडा १२ का दरले व्याज समेत साँवा ब्याज भराई पाउँ भन्ने समेत जेजुनाथ पाध्याको फिराद । २. ५०।६० हजारको सम्पत्ती भएको घरकै पैसाले पुगी रहेकै । कसैसँग ४ पैसा ऋण लिन नपरी वादीसँग ऋण कर्जा लिएको र तमसुक गरी दिएको समेत छैन । भजिता नरजंग बिदेश तर्फ छन । वादी झुट्टा हो भन्ने समेत र वादीबाट पेश भएको तमसुक किर्र्ते हो भन्ने समेत ले.क. कुम्भसिंको प्रतिउत्तर बयान । ३. धनकाजी गुरुङ समेतको दोहोरो दर्ता मुद्दाको प्रतिउत्तरमा लागेको निज धनकाजीको ल्याप्चे सहीछाप र तमसुकको सहीछाप मिल्न आएको र किर्र्ते भन्ने सबुद पुर्याउन नसकेकाले बनावटी भन्न नहुने । साहु अ. ५ नं. का ऐनले नाफा खाएको सबुद नहुदा ब्याज दसौंद र साँवा समेत भराइ दिने समेत ठहराई पश्चिम ३ नं. पोखरा अदालतले फैसला गरे उपर कुम्भसिंको अपील परी, सहीछाप जचाउँदा ख. शिवबहादुरले मिल्दैन भनी लेखी दिएकोले किर्ते ठहर्छ भनी अपील तेश्रा फाँटबाट फैसला गरे उपर वादीको अपील परेमा धनकाजीले पोखरा तहसीलमा पास गरी दिएको । असामी धनकाजी साहु दलबहादुर भएको ०५।२।१९ को लिखतको सहीछापसँग जचाउँदा मिल्छ भनी ख. शिवबहादुर, माष्टर दुर्गाप्रसादले लेखी दिएकोले लिखतको सही धनकाजीको