निर्णय नं. १६९ - .
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६९ - . भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०७/१७ ३८९४ निर्णय नं. १६९ ने.का.प. २०१९ फुल बेञ्च (आदेश) प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह (१) अदालती कारवाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गतको सुविधा पक्षले कहिले पाउने ? दोश्रापटक ३० दिनभित्र नथामी तारेख गुज्रेकोमा यस दफा अन्तर्गत निवेदन दिई थाम्न सक्ने । तर ३० दिन नघाइ ३५ दिन भित्र यदि कुनै निबेदनपत्र पर्छ भने अदालती कारवाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गत थाम्न मिल्छ, मिल्दैन भन्ने प्रश्नतर्फ विचार गर्दा, उक्त ऐनमा प्रचलित नेपाल कानूनले तोकेको म्याद भित्र फैसला हुननसकेको मुद्दाको कुनै पक्षको तारिख त्यस्तो छिनिने नेपाल कानूनले तोकेको म्याद नाघी सकेपछि गुज्रेमा प्रचलित नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभए गुज्रेको मितिले ३५ दिन सम्ममा मनासिव कारण देखाई थामी माग्न आएमा त्यस अघि जतिपटक गुज्रे थमाएको भए पनि सर्वोच्च अदालत वा उच्च अदालतले थामी दिन सक्ने छ भन्ने उल्लेख भएकोले म्याद भित्र फैसला हुन नसकेको मुद्दाहरूको पक्षलाई नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभएमा गुज्रेको मितिले ३५ दिन भित्र थमाउन पाउने विशेष सुविधा प्रदान गरेको देखिन्छ । अब दोस्रोपटक थामी गुजारेको अवस्थामा मात्र उक्त दफाले दिएको सुविधा पक्षले पाउने हो कि ? भन्ने तर्फ गरेमा पनि उक्त दफाको बोलीबाटै त्यस्तै अर्थ लगाउन नमिलने हुन आउँछ । उक्त दफामा “अघि जतिपटक गुज्रे थमाएको भए पनि थामी दिन सक्नेछ ” भन्ने उल्लेख भएकोले दोश्रापटक ३० दिन भित्र नथामी गुज्रेमा यस दफा अन्तर्गत निबेदन दिई थाम्न मिल्ने देखिन्छ । (प्रकरण नं. २) (२) दोश्रापटकको ३० दिने म्याद गुजारकोमा अदालती कारवाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गत म्याद थमाउने निवेदन दिँदा कुन मितिदेखि हिसाव गर्नु पर्ने ? ‘थमाउने म्याद गुज्रेको’ भन्ने शब्दहरू उक्त २८ दफामा नपरी “गुज्रेको मितिले ३५ दिनसम्म” भन्ने उल्लेख भएको पान्छ । २००६ साल चैत्र ३० गतेको खड्गनिशानामा “थाम्ने म्याद गुज्रेको मितिले पहिलापटककोमा ४५ दिन भित्र र दोश्रापटकको गुज्रेकोमा गुज्रेका मितिले ३० दिन भित्र थामी दिन हुन्छ” भन्ने उल्लेख भएकोले उक्त खड्गनिशानामा पहिलापटकको लागि थाम्ने म्याद गुज्रेको मिति र दोश्रापटकको लागि तारिख गुज्रेको मिति कायम गरेको देखिएको । उक्त दफा २८ मा “गुज्रेको मितिले ३५ दिन” भन्ने प्रष्ट उल्लेख भएबाट दोश्रापटक थमाउन सक्ने ३० दिन सम्मको कानूनले दिएको सुविधा उपभोग नगर्नेलाई सो सुविधा उपलब्ध हुन नसक्ने भएकोले थमाउन पाउने ३० दिनको म्याद गुज्रेको मितिलाई गुज्रेको मिति भन्न नभै पहिले गुजारेको मितिलाई नै कायम गर्नु पर्ने र दोश्रापटक गुजारी थमाईसकेकोमा त्यसपछि गुजारेको भए सोही थमाई गुजारेको मितिदेखि हिसाब गर्नु पर्ने हुन आउँछ । (प्रकरण नं. ३) (३) हाम्रो देशको अवस्थालाई बिचार गर्दा, सरजमिनले बिमारी परेको भन्ने कुराको मुचुल्का गरी दिएमा त्यस्तो मुचुल्कालाई मान्यता दिन मिल्ने नै देखिन्छ । (प्रकरण नं. ४) आदेश १. लक्ष्मणराम महतोसँगको तिरो बुझी दिएन भन्ने मुद्दामा वीरगन्ज जिल्ला अदालतले मलाई ०१९।२।७ मा हाजिर हुने तारेख तोकिएको थियो । ज्वरो आई बिमारी भई हाजिर हुन नसकी तारेख गुज्रेको हुनाले दोश्रापटक ३५ दिन पुग्ने दिन शनिवार अड्डा बिदा परेको हुँदा अड्डा सामेल भएको दिन ऐ. आषाढ १० गते हुलाकद्वारा सर्वोच्च