निर्णय नं. ३१०४ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१०४ - उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/३२ २५२६ निर्णय नं. ३१०४ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४१ सालको रिट नं. १६६९ विषय : उत्प्रेषण मिश्रित परमादेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.पाल्पा तानसेन टक्सार वडा नं. ५ बस्ने जयमान गुभाजू । विरुद्ध प्रत्यर्थी :घरेलु तथा ग्रामिण उद्योग विकास समितिको केन्द्रिय कार्यालय, क्षेत्रपाटी का.न.पं. काठमाडौं । घरेलु उद्योग विभाग,उद्योग वाणिञ्य मन्त्रालय,श्री ५ को सरकार का.न.प. त्रिपुरेश्वर । घरेलु तथा ग्रामिण उद्योग विकास शाखा,तानसेन पाल्पा । आदेश भएको मिति: २०४४।३।३२।५ मा २०२५।१।६ को लुम्बिनी अञ्चलाधीश कार्यालयको पर्चा हेरिएमा सो पर्चामा सहकारी संस्थामा परिणत हुँदाका अध्यक्ष तथा सेक्रेटरी समेतलाई बुझ्दा रु. २८,४१८।२८ को मालसामान खरीद गरी ल्याएको हो भन्ने सावितै हुनाले सो रु. २८,४१८।२८ बुझिलिई जिम्मा लिने समेतबाट साँवा व्याज समेत ऐन सवाल बमोजिम तुरुन्त असूल उपर गर्ने गरी निज (निवेदक) को बढी हुन आएको रु. १०,११०।५९ निजलाई दिलाई दिनुहुन समेत यो पर्चा सहितको मिसिल लु.अं. घरेलु उद्योग केन्द्र पाल्पामा पठाई दिने भन्ने ठहर भइरहेको देखिन आएकोबाट लिखित जवाफमा जिकिर लिए बमोजिम अरुबाट असूल उपर गरी मात्र पुनरावेदकले पाउने भन्ने मिल्ने देखिन नआउने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश न्या.हिरण्येश्वरमान प्रधानः नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. स्वदेशी बिक्री भण्डार भांडा उद्योग संस्था पूर्णमान शाक्यको अध्यक्षतामा संचालित भई म निवेदक जयमान गुभाजु समेत जम्मा ५ जनाका नाउँबाट २०२०।१।१७ मा रु. ४२,०००।– र मिति २०२०।७।३ मा मैले लिएको रु. १०,००० समेत गरी जम्मा रु. ५२,०००।– श्री ५ को सरकार लु.अ. घरेलु इलम केन्द्र पाल्पाबाट तत्कालीन कालिगढ ऋण वितरण बोर्ड पाल्पासँग तमसूक गरी उद्योग संचालन गर्दै उल्लेखित शर्त बमोजिम किस्तावन्दीमा आ–आफुले तिनु पर्ने साँवा व्याज समेत तिर्दै आएका थियौं । ३. लु.अं.अ. घरेलु केन्द्रले म निवेदलकल भ्र.नि. ऐन, २०१७ ले निषेध गरेको क्रियाकलाप गरी भ्रष्टाचार गरी विशेष प्रहरीले थुनामा रखी नबरजस्ती मैले तमसूक अनुसार तिर्नुपर्ने भन्दा बढी रु. १०,११०।५९ असूल गरियो र सो फिर्ता पाउने पर्चा गरी लु.अं.अ. शाखा नं. १ तानसेनबाट २०२५।१।६ मा पर्चासमेत भएको । ४. मैले उक्त फैसला पर्चा समेतका आधारमा मैले पाउनु पर्ने रकम घरेलु उद्योग अञ्चल केन्द्र पाल्पाबाट पटक पटक गरी रु. ४,३७४।६५ मलाई फिर्ता दिएपछि बाँकी रकम लिन प्रत्यर्थी घ.उ. विभाग समक्ष पटक पटक उजूर गर्दा पनि फिर्ता नगरेकोले मैले प्रत्यर्थी मध्येको घरेलु तथा ग्रामिण उद्योग विकास समितिबाट २०२६।३।६ मा लिएको ऋण तिर्न बाँकीमा कटाई पाउँ भनी निवेदन दिँदा कारवाही नगरी उक्त समितिका तर्फबाट विकास समिति ऐन, २०१३ को दफा ९ अन्तर्गत नियुक्त मध्यस्थ वा.अं. सहअञ्चलाधीश समक्ष मुद्दा दायर हुँदा मेरो जिकिर अनुसार कट्टा गर्नु पर्ने भनी मिति २०३९।९।१९ मा भएको निर्णय अन्ति