निर्णय नं. १७० - .

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७० - . भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०८/१० २९०५ निर्णय नं. १७० ने.का.प. २०१९ फुल बेञ्च (आदेश) प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह (१) अ.बं. ७९ नं. मा तोकिएको “दिन” मुख्यतः अर्जी पठाउने व्यवस्थाको लागि मात्र । अ.बं. ७९ नं. को दफा ५ को देहायमा “नेपाल जग्गा जग्गामा हाजिर हुने र जग्गा जग्गाबाट नेपाल हाजिर हुनाको दिन” भनी उल्लेख भई यो ईलाकाको यती दिन, भन्ने लेखिएकोले सो म्याद के को लागि निर्धारित गरिएको रहेछ ? भन्ने तर्फ हेर्दा, सो अ.बं. ७९ नं. को दफा १ मा जहान थलिएको वा आफू बिरामी परी मुद्दा परेको अड्डामा हाजिर हुन नसक्ने भएमा यस नम्बरको ५ दफामा लेखिएबमोजिम बाटाका म्याद राखी भनी यो यती दिन अर्जी गर्न पाउँछ भन्ने र दफा १ (क) र अरू २,३,४ दफामा म्याद समन ईतलयनामा वा तारिख लिएका मानिस सो दफामा उल्लेखित कारण परी हाजिर हुननसकेकोमा सो भएको निस्सा समेत लिई सो दफाले तोकिएको म्याद बाहेक ऐन बमोजिम बाटाका म्याद भित्र हाजिर हुनु भन्ने समेत हुँदै आई दफा १ मा “माथि दफा दफामा लेखिए बमेजिमको कारण परी अर्जी खबर पठाउँदा” रेलको बाटो गरी आउनु हुनेमा सो समेतको हिसाब भई देहाय बमोजिमको म्याद बाँकी राखी मौफसलमा भएका ईलाकाबाट अर्को ईलाकामा हाजिर हुन पर्नेले रेल चढी हिंडन हुनेमा रेलमा लाग्ने दिन र पैदल हिड्ने हिड्ने बाटाको ऐन बमोजिम लाग्ने दिनसम्म बाँकी हुने गरी अर्जी खबर पठाएकोमा तारिख थाम्न सक्तछ भन्ने उल्लेख भएबाट सो अ.बं. ७९ नं. मा तोकिएको दिन मुख्यतः अर्जी पठाउने व्यवस्थाको लागि मात्र हो भन्ने देखिन्छ । (२) बही बुझ्नेको १९ नं. को म्याद केवल बही बुझ्ने निमित्त मात्र निर्धारित गरिएको । बही बुझ्नेको १९ नं. मा “नेपालबाट जग्गा जग्गामा हुलाक आउन जान जग्गा जग्गाबाट नेपालमा भारी समेत लिई मानिस आउन जानाके र कागज तैयार गर्नाके समेत तपसील बमोजिमको म्यादको ऐन” भनी तपसील खण्डमा म्याद तोकिएको । सो म्याद केवल बही बुझ्नको निमित्त निर्धारित गरेको देखिएबाट एक निश्चित कामको निमित्त कायम गरेको म्यादलाई अर्को विषयको निमित्त लागू गर्न उचित देखिदैन । (प्रकरण नं ४) (३) बाटाको म्याद कायम गर्दा अ.बं. ११९ नं. का ऐनको नै आधारमा कायम गर्नु पर्ने–हुलाक तथा अन्य सरकारी स्तरबाट खुल्न नआएको कोष, सरजमिनबाट खुलाई कायम गर्नुपर्ने । तसर्थ, देशको आवागमनको साधन भौगोलिक स्थितिलाई समेत ध्यानमा राख्दा यस विषयमा एकरूपता ल्याउनको लागी पूर्णतः अ.बं. ११९ नं. का ऐनमा नै आश्रीत भई सो बमोजिम बाटाको म्याद हिसाब गर्नु पर्ने स्पष्ट र व्यवहारिक देखिन्छ । हुलाकबाट वा अन्य कुनै सरकारी स्तरबाट खुल्न नआएको कोष, सरजमिनबाट खुलाई कायम गर्नु पर्दछ । (प्रकरण नं. ५) आदेश १. यसमा नयनराज आदेश पण्डितज्यू समेतसँगको जिमिदारी जिरायत मुद्दामा बिराटनगर वीरयाती मौजे अमाही बस्ने बद्रि सा रौनियारका नाममा दिन १५ को म्याद ०१९।७।१।४ मा तामेल भएको । सो म्याद भित्र हाजिर हुनालाई निजले पठाई वारिस गरी दिएकोले बही बुझ्नेका ऐन बमोजिम पाउने बाटाका म्याद दिन ३० समेत म्याद भित्र हाजिर हुन आएको छु भनी ऐ कटहरी कदमाहा बस्ने वा. अनुपा केवट वारिसनामा समेत लिई ०१९।८।१ मा हाजिर हुन आएकाले बाटाको म्याद अ.बं. ७९ नं. बमोजिम वा बही बुझ्नेका १९ नं. बमोजिम कुन कायम गर्ने ? भन्ने विषय पेश हुन आएकोमा सम्बन्धित कानूनी व्यवस्था हेर्दा, अं बं. ७९ को उपदफा ५ मा अर्जी खबर पठाउँदा बाटाका म्याद