निर्णय नं. ३१०५ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१०५ - लेनदेन भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/३२ २५९४ निर्णय नं. ३१०५ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पु.नं. ६३४ मुद्दा : लेनदेन । पुनरावेदक/वादी:श्री ५ को सरकार,घरेलु तथा ग्रामिण उद्योग विकास समितिको हकमा समितिको का.का.निर्देशक तथा पदेन सदस्य सचिव का.जि.बानेश्वर बस्ने गोविन्द देव पाण्डे । विरुद्ध विपक्षी/प्रतिवादी: जि.पाल्पा तानसेन टक्सार टोल बस्ने जय मान गुभाजु । फैसला भएको मिति:२०४४।३।३२।५ मा मध्यस्थता ऐन, २०३८ को दफा २१(१) को हदम्याद सोही ऐन अन्तर्गत नियुक्त मध्यस्थले गरेको निर्णय सम्बन्धमा मात्र लाग्ने व्यवस्था भएको र सो ऐनको दफा ३२ मा भएको व्यवस्थाबाट अरु प्रचलित कानूनमा मध्यस्थता सम्बन्धमा व्यवस्था भएको भए सोही बमोजिम हुने भन्ने देखिएकोले यदि अरु प्रचलित कानूनले मध्यस्थता सम्बन्धमा छुट्टै व्यवस्था गरेको देखिएमा यो ऐनको व्यवस्था सो सम्बन्धमा लागू हुन नसक्ने । (प्रकरण नं. ८) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की विपक्षी तर्फबाटःX फैसला न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर चित्त नबुझाई वादीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षीले भाडावर्तन उद्योग स्थापना विस्तार विकास गर्न वापत रु. ७,०००।– मिति २०२६।३।६ मा बुझी लिई तमसूक गरिदिनु भएको धितो जमानत लेखी दिएको धितो विपक्षकै चलनमा रहेको र उक्त साँवा मध्ये ३,३१९।५० र व्याज ८६८।– मात्र २०२९।३।७ सम्ममा बुझाएको अरु बाँकी नबुझाएकोले नालेश गर्न आएको छु । तसर्थ बाँकी साँवा रु. ३,६८०।५० को मिति २०२९।३।७ बाट फिराद मिति ०२९।२।१७ सम्मको ६।५० प्रतिशतले व्याज रु. २,३७५।९३ र थप व्याज लिने ०३९।२।९ निर्णय मिति देखियो र प्रतिशतले हुने व्याज रु. ५१६।८८ समेत जम्मा व्याज रु. २,८९२।८१ र साँवा बाँकी रु. ३,३८०।५० समेत जम्मा साँवा व्याज रु. ६,५७२।३१ र फैसला भई विगो भरी भराउ मितिसम्मको पनि वार्षिक सयकडा ८।५० का दरले हुने व्याज समेत विपक्षले राखेको धितोबाट नपुगे नपुग भए जति अरु घरघरानाबाट असूल उपर गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३९।२।१७ को फिरादपत्र । ३. पाल्पा तानसेनमा निजी भाँडा उद्योग गर्न भनी मिति २०२६।३।६ मा रु. ७,०००।– लिएकोमा तीन किस्तासम्म ४,१८७।५० बुझाएको र बाँकी साँवा रु. ३,६८०।५० र व्याज समेत दिलाई पाउँ भन्ने वादीको दावी भएकोमा वादी दावी करार अनुसारको हदम्याद भित्र आउनु पर्ने नआएकोले हदम्याद नाघेको फिराद खारेज हुनु पर्छ । घ. तथा ग्रा.उ.वि. समिति र ग्रा. र साना उद्योग तालिम तथा विकास समितिको एउटै कानूनी व्यक्ति नभएकोले नियमको आधारमा अर्कोले दावी गर्न पाउने कानूनी हैसियत प्राप्त हुँदैन । तथ्य व्यहोरा के भने २०२०।१।१७ र २०२०।७।३ मा यिनै विपक्षीबाट साझेदारीमा स्वदेशी बिक्री भण्डार भन्ने उद्योग संचालन गर्न रु. ५२,०००।– तमसूक गरी ऋण सहायता प्राप्त गरेको थियो । सो उद्योग सहकारीमा परिणत भयो । ऋण असूल गर्ने क्रममा भ्रष्टाचारमा आरोप लगाई थुनामा राख्न लगाई लिनु पर्ने भन्दा रु. १०,११०।– बढी लिनु भएको थियो । श्री ५ महाराजाधिराज सरकारमा समेत निवेदन दिएकोमा लुम्बिनी अञ्चलाधीश