निर्णय नं. १७१ - थैली बुझाइ पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७१ - थैली बुझाइ पाउँ भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०७/०३ २६४८ निर्णय नं. १७१ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स.ईश्वरीराज मिश्र न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. १३८ निवेदक, वादी : अनन्तनारायण श्रेष्ठ विरुद्ध प्रतिवादी, विपक्षी : छत्रमान प्रधान मुद्दा : थैली बुझाइ पाउँ (१) हकसफा गर्ने म्याद बारे–घरायसमा भएको लिखतमा सही गर्नेको हकमा म्याद कहिले देखि शुरु हुने ? अन्य घरायसको कागजमा सही नपरेका हकदारहरूका लागि म्याद कहिले देखि शुरु हुने ? रजिष्ट्रेशनको ३२ नं. मुताविक घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेका हकमा अर्को व्यवस्था देखिने । ...म्याद कहिले देखि लागू हुने हो ? त्यस तर्फ विचर गर्दा, रजिष्ट्रेशनको ३२ नं. मा “रजिष्ट्रेशन पास गर्नु पर्ने कागज घरायसमा पहिले कागज गराई पछि पास गराएकोमा निखन्न र नालिस उजुर गर्नालाई हदम्याद कायम गर्दा घरायसमा पहिले कागज भएको भए पनि अड्डामा रजिष्ट्रेशन पास भएको मिति कायम गर्नु । घरायसमा भएको कागजमा सहीछाप गर्नेको हकमा भने घरायसमा कागज भएकै मिति कायम गर्नु भन्ने लेखिएबाट सो ऐनले घरायसमा भएको लिखतमा सही गर्नेको हकमा एक व्यवस्था र सही नगर्नेका हकमा अर्को व्यवस्था गरेको पाइयो । (प्रकरण नं. १३) (२) ऐनद्वारा प्रस्तुत सुविधा पक्षले पाउनै पर्ने । ...घरायसमा लिखत हुँदा साहिछाप नपरे तापनि घरायसमा कागज भएको कुरा थाहा पाउनेका हकमा सो थाहा पाएकै मिति कायम गर्ने ऐनको मनसाय भए सो कुरा ऐनमा खुल्नु पर्ने, सो खुलेको नदेखिएकोले रजिष्ट्रेशनका ३२ नं. ले दिएको सुविधा प्रस्तुत मुद्दाको वादी निबेदकले पाउँदैनन् भन्न न्यायोचित देखिएन । (प्रकरण नं. ५) निबेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय विपक्षी तर्फबाट : प्लीडर नारायणप्रसाद फैसला १. सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निबेदकको निबेदन परी ऐ. नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहराउने निस्सा भई दुबै पक्ष राखी पेश हुन आएको यस मुद्दाको छोटकरी व्यहोरा यसप्रकार छ : २. म समेतको हक लाग्ने अबण्डाको तिरो रु. १।६ दर्ताको साहु हर्षनारानको घर देखि दक्षिण गणेश थान र जोशी कृष्णमानको घर देखि उत्तर मूल बाटो देखि पूर्व काजीमानका घरबारी देखि पश्चिम ४ किल्ला भित्रको घर र भित्री बारी समेत छत्रमान साहु हुने दाजु गणेशलाल असामी हुने गरी कं.रु. ३००४ मा ०५।९।१५ मा जालसाजबाट राजीनामा लिनु दिनु गरी पास गरी पाउँ भनी छत्रमानले नालिस दिई म्याद तामेल हुँदा थाहा पाएकोले अन्यायी समेत उपर जालसाजमा उजुुर दिई पास मुद्दा मुलतवी रहेको जालसाज मुद्दामा हराई दिएकोमा सर्वोच्च अदालतमा अपील दिएको किनारा भएको जनाउ पाईनसकेको । मुल्तवीको मिसिल जगाई ०१५।११।१४ मा पास गरेछन । ०१५।११।२९ गते थाहा पाएकाले ०१५।१२।१३ मा लक्ष्मीदेवी श्रेष्ठनीबाट कर्जा लिई थैली बुझी दिनुस भन्दा थैली बुझी नदिएकोले पास भएको मितिले ३५ दिन भित्र थैली कं.रु. ३००४ धरौट दाखिल गरी नालिस गर्न आएको छु । थैली बुझाई पाउँ भन्ने समेत अनन्तनारान श्रेष्ठको ०१५।१२।१८।३ को फिराद । ३. वादी र गणेशलालहरू ८५ साल अघि नै बण्डा भएको । पहाडको मूल घर गणेशलालको भागमा परेको । गणेशलालले कं.रु. ३०३।।। बाबु छँदै भोगबन्धकी लेखी दिएको । मदेश खेतीमा वादी र सूज्र्येनारान समेतका जालसाजबाट गणेशलालले राजीनामा गराएमा समेत मुद्दा गर्न पर्दा मबाट थप–बढ खाई घर जग्गा था