निर्णय नं. १७२ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७२ - ज्यान भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१०/०४/२६ ४५८८ निर्णय नं. १७२ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फौ.फु.नं.१७ निवेदक : वीरबहादुर समेत कृष्णबहादुर श्रेष्ठ विरुद्ध झगडीया, वादी : कृष्णमाया तमाङनी समेत मुद्दा : ज्यान (१) सरजमिनको मुख्य उद्देश्य–प्रारम्भिक जानकारी र वस्तुस्थिति पत्ता लगाउनु– सरजमिनले मूल प्रमाणको स्थान लिन नसक्ने । अ.बं. १५७ नम्बरमा सरकार वादी हुने ज्यानमारा, डाका रहजनी, राजकाज, गाथागादी जिउको नोक्सान हुने शंका देखिएको हुलदंगाका मुद्दामा र ज्यानसम्बन्धी २ नम्बरको ऐनमा पनि अवस्थाअनुसार तुरुन्त सरजमिन गर्नु पर्ने व्यवस्था भएको पाइन्छ । अ.बं. १७६ नं. मा सरजमिनबाट बुझ्नु पर्ने कुराको जो बुझ्नु पर्ने तालुकदार र सरजमिन समेत बुझी सकी फेला नपरेका प्रतिवादीका हकमा समेत वादी र फेला परेका प्रतिवादीका गवाह र सफाई बुझ्नु पर्ने कुरा बुझ्नु भन्ने र अ.बं. १७७ नं. मा उर्दि पुर्जि बमोजिम खटी जानेले वारदात भएको ठाउँमा गै सरजमिन बुझ्दा “वारदात भएको रहेछ भने” वारदात भएका ठाउँको नाउँ र बेला, साल, मिति, समेत रिपोर्टमा लेखी सो कागजात समेत वारदात भएकै ठाउँमा पक्रिएकाहरूलाई समेत उर्दी पुर्जी दिई पठाउने अड्डामा चलान गरी ल्याउने पठाउने भन्ने उल्लेख भएको पाइन्छ । उपरोक्त नम्वरका ऐनहरूबाट फौजदारी मुद्दामा सरजमिन मौका तहकिकात गर्ने प्रमुख उद्देश्य खास वारदात भएको हो, होइन र भएको भए को को मूछिएका छन ? त्यो कुरा पत्ता लगाउनु हो । यस कुराको पुष्टि अ.बं. को १७८ नं. बाट पनि अरू ज्यादा मात्रामा भएको देखिन्छ । उक्त ऐनमा “सरजमिनमा गै बुझेकोमा जाहेरवालाले नालेस परेको कुरा भएकै ठहरेन भने तुरुन्त सो उजुरवालालाई ऐन बमोजिम गर्नु” भन्ने उल्लेख भएबाट वारदात भएको हो, होइन र त्यस विषयको प्रारम्भिक जानकारी सम्म पत्ता लगाउनु हो भन्ने सरजमिनको मुख्य उद्देश्य देखिन्छ । (प्रकरण नं. १५) (२) यसै प्रकारको देवानी मुद्दामा पनि अ.बं. २१५ नं. को ऐनमा नक्सा सरजमिन गर्ने व्यवस्था भएको र उक्त ऐनमा लेखिएबमोजिम नक्साको रूप प्रष्ट देखिने गरी कैफियत खोली लेख्ने कुरा बाहेक अरू कुरा सो नक्सामा लेखे बात लाग्छ भन्ने कुरा उल्लेख भएको पाइन्छ । तसर्थ, सरजमिनसम्बन्धी ऐनहरूको विश्लेषणात्मक अध्ययन गर्दा यो स्पष्ट हुँन आउँछ कि सरजमिन गर्नाको तात्पर्य बस्तुस्थिति पत्ता लगाउन मात्र हो । सरजमिनबाट थाहा हुन आएको कुराले मूल प्रमाणको स्थान लिंदैन । (प्रकरण नं. १६) (३) बकपत्रलाई इन्साफ गर्दा मूल आधार माग्नु पर्ने । झुट्टा बक्नेलाई सजाय हुने । प्रचलित कानूनमा सरजमिनका व्यक्तिहरूलाई धर्म भकाउने तथा जिरह गर्ने व्यवस्था उल्लेख भएको पाइँदैन । अ.बं. को १८९ नं. बाट लिएर साक्षीसम्बन्धी अरू विभिन्न दफाहरूमा साक्षी गवाहलाई बकाउने कार्यविधि र कस्ता साक्षी कस्ता मुद्दामा बकाउन हुन्छ ? भन्ने उल्ेख भएको पाइन्छ । ती ऐनहरूमा व्यवस्था गरिएका अरू कुराहरूको अतिरिक्ततामा, तुलसी समाई धर्म भकाई बकपत्र गराउने र एका गवाहले बक्न लागेको अर्का गवाहाले सुन्न नपाउने र एका झगडीयाले अर्को झगडीयाको साक्षीहरूलाई जिरह गर्न पाउने व्यवस्था भएको देखिन्छ । अ.बं. १९४ नं. मा साक्षी गवाहाको बकपत्रको नमूना जोडिएको छ । त्यसमा खास गरी साक्षी सित “तिमीले झुट्टा बकेमा सजाय पाएको छ, छैन” भन्ने प्रश्न गरिन्छ । त्यसबाट साक्षी गवाहले जानी जानी झुट्टा बकेमा