निर्णय नं. ३१०७ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१०७ - अंश नामसारी भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/०१ २४७५ निर्णय नं. ३१०७ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ६१० मुद्दा : अंश नामसारी । पुनरावेदक/प्रतिवादी: जि.रुपन्देही गा.पं. सिवटहन वार्ड नं. ६ बस्ने भिखारी अहिर । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने बदर अहिर । फैसला भएको मिति: २०४४।३।१।२ मा वादी प्रतिवादीका आमा एउटै र बाबुहरू बेग्लाबेग्लै भए पनि वादीका बाबु र प्रतिवादीका बाबु एकासगोलका अंशियार दाज्युभाइ भएका निजहरू छुट्टि भिन्न नभई परलोक भई सकेकोमा एकाको छोरा वादी मात्र र अर्काको छोरा प्रतिवादी मात्र भएका हालसम्म पनि निजहरू एकासगोलमै बसिआएको देखिँदा वादीले आफ्नो बाबुतर्फको अंश भाग पाउने । (प्रकरण नं. १२) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री उमेश खकुरेल विपक्षी, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना उल्लेखित मुद्दाःX फैसला न्या.रुद्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्षी प्रतिवादी भिखारी तथा हाम्रा जहान परिवार मात्र भई सगोलामा बसी आएका थियौं । मेरो श्रीमती र दाज्यूको श्रीमती बीच सानो कुरामा पनि झगडा भइरहने हुँदा मेरो अंश छुट्याई दिनुहोस भन्दा अंश दिन्न मिलेर बस्ने भए बस भनी भनेको हुँदा घरको मुख्य दाजु नै भएकोले निजकै नाममा सम्पत्ति हुँदा फिराद दर्ता गर्दाको अघिल्लो दिनसम्मको सम्पूर्ण चल अचल श्री सम्पत्ति दायदाती लिई २ भागको १ भाग अंश दिलाई नामसारी गरिपाउँ भन्ने समेत बदर अहिरको फिरादपत्र । ३. यी फिरादी मेरा पुस्तावारी भित्र पर्दैनन्, ठगेको श्रीमती एवं म भिखारीको आमा बचउनी अहिरनी र नावालख छँदै बाबु ठगे परलोक भएपछि सुन्दर अहिरसंग पोइल गएकी थिइन, सुन्दर र बचउनीको विर्यबाट विपक्षी बदर अहिर जन्मेको हुन वादी सगोलका अंशियार होइनन् अतः अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तरपत्र । ४. श्रीपालका २ छोरा जेठा छोटकान, कान्छा लक्ष्मी भएकोमा निज लक्ष्मी छोटकानका छोरा ठगे र सुन्दर हुन । सुन्दरको छोरा म वादी र ठगेको छोरा भिखारी हुन । मेरो आमा बचउनीको पहिलो विवाह ठगेसंग भएकोमा त्यसतर्फबाट भिखारी जन्मेको हुन, ठगेको परलोक भएपछि आमा बचउनीलाई मेरो बाबु सुन्दरले राख्नु भएको थियो निज सुन्दरकै करणी विर्यबाट मेरो जन्म भएको हो । हामीहरू श्रीपालकै सन्तान हुँदा प्रतिवादी दाज्यु नाता कायम गरी अंश पाउँ भन्ने समेत वादीको नाता कायम तर्फको बयान । ५. छोटकनको २ छोरा जेठा नारायण, कान्छा ठगे, नारायणको २ छोरा जेठा वासुदेव, कान्छा सहदेव भई ठगेको छोरा प्रतिवादी हुन । ठगेको श्रीमती बचउनी प्रतिवादीको आमा हुन । भिखारी नावालख छँदै ठगेको परलोक भएपछि सुन्दरसंग पोइल गएकी थिइन । बचउनी र सुन्दरको करणी विर्यबाट निज वादी जन्मेको हो । अतः वादी प्रतिवादीको भाइ नाता पर्ने नहुँदा अंश दिनु पर्ने होइन भन्ने समेत प्रतिवादीको वारेशको नाता कायम तर्फ भएको बयान । ६. सुन्दर र ठगे दाजुभाइ भएको देखिएको प्रतिवादीले भरेको १ नं. अनुसूचीमा यी वादीलाई भाइ भनी लेखाएको समेतबाट वादी प्रतिवादी भिखारीको भाइ नाताको अंशियार देखिएकोले २ भागको १ भाग अंश पाउने नै देखिँदा सो अंश भाग जग्गा वादीले प्रतिवादीबाट छुट्याई पाउने तथा वादीको नाउँमा नाम