निर्णय नं. २६६७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६६७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/३० २४०७ निर्णय नं. २६६७ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४१ सालको रिट नम्बर १०१६ आदेश भएको मिति : ०४३।३।३० मा निवेदक : गगनसिंह विष्ट विरुद्ध विपक्षी : गृह मन्त्रालय सिंहदरबारसमेत विषय : उत्प्रेषण (१) निवेदकले गरेको लापरबाहीबाट निवेदकलाई नै फाइदा हुने र विपक्षीलाई आघात पर्ने गरी रिटबाट निर्णय हुन न्यायोचित हुँदैन । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधान धारा ७१ अन्तर्गत उत्प्रेषण वा उपर्युक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदन मिति ०४१।१२।२५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकार छ : मैले २०२७।१२।१ मा विपक्षी भूमिप्रशासन कार्यालयबाट स्थानीय ड्राइभर पदमा नियुक्ति पाई काम गरी आएकोमा भू.प्र.का.ले मिति ०२८।९।२५ मा तपाइलाई यस कार्यालयको गाडी मर्मत गर्न भारत बरेली खटाएकोमा सो गाडीमा विदेशी सामान तथा चरेश पनि लगेको थियो भन्ने सुनिएकोले गएको दिन देखि फर्केको दिनसम्मको यथार्थ घटना विवरण पेश गर्नु भन्ने व्यहोराको पत्र दिएको थियो । पत्रमा उल्लेख भएको सबै व्यहोरा झुठ्ठा हो मैले नियम बमोजिम भन्सार पास गरी सरकारी गाडी मर्मत गरी ल्याएको हो भनी म्यादभित्रै रिपोर्ट पेश गरेको थिएँ । त्यत्तिकैमा महाकाली अञ्चलाधीश का. ले ०२८।१०।४ मा तपाईले निजामती सेवा नियमावली, २०२१ को परिच्छेद १०.६(५) अनुसारको काम गरेकोले नियम १०.७ को (१) बमोजिम आजका मितिदेखि सस्पेण्ड गरिएको छ भन्ने र पुनः मिति ०२८।१०।१३ मा भू.प्र.का.कञ्चनपुरका ना.सु. दिल्लीराज विष्टलाई ज्यान मार्न धम्की दिई कार्यालयमा असभ्य व्यवहार गर्नुभएको र बराबर मादक पदार्थ सेवन गरी आफूभन्दा माथिल्लो दर्जाका अधिकृतहरूलाई आदर मर्यादा नराखेर गाडी मर्मतको लागि भारत लैजाँदा ने.ट्रे.लि.को मनाही भएको सामान समेत लैजाने गरेको आरोप लगाई सस्पेण्ड राखेकोमा नि.से.नि. परिच्छेद १०(१) को देहाय ६ बमोजिम सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी मिति ०२८।१०।१३ मा निर्णय भयो । उक्त निर्णयमा म्यादभित्रै विपक्षी गृह मन्त्रालयमा म अञ्चलाधीशको कार्यालय मार्फत पुनरावेदन प्रस्तुत गरेकोमा एकपटक मौका दिई निर्णय हुन अनुरोध गर्दछु भनी ०२९।१।२३ मा अञ्चलाधीश का. ले मिसिल पठाएको थियो । तर त्यस उपर कुनै कारवाही नभएकोले छिटो निर्णय होस भनी बराबर श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विन्तीपत्र चढाउँदै गरेको थिएँ । त्यत्तिकैमा ०४०।१।१८ मा विपक्षी भू.सु.म. ले महाकाली अञ्चलाधीश का. ले लगाएको आरोपपत्रलाई खण्डन गर्ने सबूद प्रमाण पेश गर्ने गृह मन्त्रालयले मौका दिई सूचना प्रकाशित गर्दा कुनै वास्ता नगरी चुप लागी बसेकोले हाल कारवाही टुङ्गो नलागेको भन्न मनासिब नहुने र गृह मन्त्रालयको ०३९।८।२४ को निर्णय पछि आफ्नो सफाईको निमित्त कुनै प्रमाण यस मन्त्रालयमा पेश हुन नआएकाले गृह मन्त्रालयको निर्णय बमोजिम गर्ने गरी यस मन्त्रालयमा निर्णय भएको कुरा ०४०।८।८ मा विपक्षी भू.सु.मं. बाट नक्कल सारी लिंदा थाहा पाई पुनः गृह मन्त्रालयमा मेरो पुनरावेदन उपर के कस्तो कारवाही भयो जानकारी पाउँ भनी निवेदन दर्ता गरेकोमा हालसम्