निर्णय नं. १७३ - बकसपत्र जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७३ - बकसपत्र जालसाजी भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१०/०३/१९ २४५२ निर्णय नं. १७३ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री स. ईश्वरीराज मिश्र न्यायाधीश श्री बाशुदेव शर्मा दे.फु.नं. १३० निवेदक, प्रतिवादी : कृष्णगोपाल श्रेष्ठ विरुद्ध विपक्षी, वादी : चन्द्रलाल श्रेष्ठ मुद्दा : बकसपत्र जालसाजी (१) रजिष्ट्रशनको १२ नम्बर–पास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाए–ऊ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्ने–ऊ मनीका हकदारका नाउँमा नालिस नगरी अन्य हकदारको नाममा नालिस गरेमा–दण्ड सजायको ५३ नम्बर बमोजिम खारेज हुने । पास गरी दिने म्याद भित्र लिखत गरी दिने मरी पास गराउन नपाए उ मुनीका हकदारले बाँकी म्याद भित्र पास गराई लिनु दिनु पर्छ भन्ने रजिष्ट्रेशनको १२ नं. मा उल्लेख भएको देखिन्छ । लिखत गरी दिने जमुनीका हकदार निजको लोग्ने रत्नदास खडै भएको देखिएकोले उक्त कानूनले निज रत्नदासबाट पास गराई लिनु पर्ने पास गरी नदिए निजका नाउँमा नालेस गर्नु पर्नेमा निज रत्नदासका नाउँमा नालेस नगरी रत्नदासको दाजु कृष्णगोपालका नाउँमा नालेस दायर गरी मुद्दा चलिआएको रजिष्ट्रेशनका १२ नं. ले मुनासिव भन्न नभएकोले यो मुद्दा दण्ड सजायको ५३ नं. बमोजिम खारेज हुने ठहर्छ । (प्रकरण नं. १२) फैसला १. मेरी दिदी जमुनी श्रेष्ठनीलाई प्रतिवादीको भाइ रत्नदाससँग विवाह गरी दिएको निज रत्नदासले भान्जी बुहारी ल्याई बस्न नपाउने भए पछि अन्यायवालाले मेरी दिदीलाई निकाला गरेबाट अंशमा मुद्दा चल्दा दिदीले ४ खण्डको १ खण्ड अंश पाउने ठहर भई फैसला भएकोमा निज दिदीले पालन–पोषण गरेको रिझ वापत मलाई आफुले पाउने ४ खण्डको १ खण्ड अंश जेथा शेषपछि खानु । ६ महिना भित्र रजिष्ट्रेशन पास गरी दिउँला भन्ने ०७।११।१७।३ मा घरायसमा बकसपत्र गरी दिएपछि निज दिदी ०७।१२।४ गते कालगतीले परलोक भएकी । बकसपत्र पास गर्ने म्याद बाँकी नै भएको । हकदार अन्यायवालाबाट पास गराई लिनु पर्ने भई पास गरी देउ भन्दा गरी दिएनन । पास गराई पाउँ भन्ने चन्द्रलालको ०८।६।९ को फिरादपत्र । २. भाइ रत्नदास र म २ भाइको चित्त नमिली ०४।१२।५ गते चल बाहेक अचलको मोलबाट मोरु ८९७।७३ बुझी लिई अंश छोडपत्रको रजिष्ट्रेशन पास समेत गरी दिईसकेपछि भाइ बुहारी जमुनीले अंश मुद्दा चलाएकोमा अंश पाउने ठहराई रा.का.दे.दो. ले फैसला गरेकोमा अपील तह चल्दै प्रधान न्यायालय सम्म पुगेको छ । बुहारी जमुनी माइतमै मरेकी हुनाले निजको भाइ चन्द्रलालले मरी सकेका मानिसको खाली कागजमा ल्याप्चे सहिछाप गराई लिई झुट्टा जालसाजी मुद्दा खडा गरेका हो । अंश मुद्दा टुंगो नलागी आफ्नो हक भई खुश गर्न पाउने भईनसकी मुद्दा चलि नै रहेको । त्यस्तो श्रीसम्पत्ति बकस लेखी दिएको कागज सदर मान्न नहुने हुनाले सो कागज देख्न सुन्न पाएमा छुट्टै उजुर गर्ने छु । झुट्टा वादीबाट फुर्सद पाउँ भन्ने कृष्णगोपालको ०८।११।२७ को प्रतिउत्तर । ३. वादीबाट पेश भएको ०७।११।१७ को बकसपत्र प्रतिवादीलाई देखाउँदा बुहारी जमुनीको आखिरी अवस्थामा गराएको जालसाजी भन्ने समेत प्रतिवादीको र सद्दे नै भन्ने वादीको औ लिखतका साक्षी हरिनाथ खडानन्द, कुलबहादुर समेतको बयान । ४. वादीलाई बकस दिनेको अंशमुद्दा नै आखिर तहबाट सदर भईनसकेको मौका बकस लेखी दिएको भन्ने कागज देखिएको र आफ्नो हक पक्का भईनसक्दै बकस लेखी दिनु पर्ने अवस्था नदेखिएकोले समेत बकसपत्र जालसाजी किर्ते र वादीको उजुर झुट्टा ठहर्छ भन्ने रा.का.दे.प