निर्णय नं. ३१०८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१०८ - अंश भाग: २९ साल: २०४४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०३/२८ २७४८ निर्णय नं. ३१०८ ने.का.प. २०४४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ४५६, ४५३ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी: जि.कपिलबस्तु सोठौली गा.पं. वार्ड नं. ७ बस्ने चन्द्रिका मिश्र । विरुद्ध विपक्षी/वादी:जि.कपिलवस्तु हाल कजारहवा गा.पं. वार्ड नं. २ बस्ने अतिराजी मिश्राइन । ऐ.ऐ बस्ने दया शंकर मिश्र । पुनरावेदक/प्रतिवादी: जि.कपिलवस्तु सुठौली गा.पं. वडा नं ७ बस्ने रामदेवको मु.स. गर्ने हाल ऐ.गा.पं. वार्ड नं. ७ बस्ने आरतीदेवी मिश्राइन । विरुद्ध विपक्षी/वादी: जि.रुपन्देही कजरहवा गा.पं. वार्ड नं. २ बस्ने अतिराजी मिश्राइन । ऐ.ऐ बस्ने दया शंकर मिश्र । फैसला भएको मिति: २०४४।३।२८।१ मा २००४ सालमा मानो छुट्टिएको भनी जिकिर लिएको र वादी र प्रतिवादी समेत भएको अंश मुद्दामा २००४ सालमा मानो छुट्टिएको मिति कायम गरी अंश दिने दिलाउने गरी लुम्बिनी अञ्चल अदालत समेतबाट अन्तिम फैसला भई रहिरहेको देखिएको समेतबाट प्र.को हकमा २००४ सालकै मितिको चुलो मानो छुट्टिएको कायम गरी निजले जि.अ.मा दिएको तायदाती बमोजिम निजको हकमा वादीलाई अंशबण्डा छुट्याई दिनु पर्ने । (प्रकरण नं. १५) तत्काल प्रचलित अपुतालीको २ नं. मा संग बसेको अंशियार भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने व्यवस्था भएको पाइन्छ, प्रस्तुत मुद्दामा प्रतिवादी बाहेक अरुसंग बसेका हकदार कोही नभएको हुँदा बाबु आमाको मृत्युपछि निजले नै तत्कालीन अपुतालीको २ नं. समेतबाट अपुताली खान पाउने । (प्रकरण नं. १६) पुनरावेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी तथा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह उल्लेखित मुद्दाःX फैसला न्या.रुद्र बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मूलपूर्खा महावलको अलंगु, सर्जू, राजाराम, रामदेव समेत ५ छोरा भएकोमा अलगुको २ छोरामा जेठा कामता कान्छा ब्रमादेव हुन । कामताको श्रीमती म अतिराजी र छोरा म दयाशंकर हुँ । मूलपूर्खा महावलका छोरा अंलगु, सर्जु, राजाराम समेत परलोक भइसकेको र हामीहरू एकासराकतमा बसी आएको, घरको मुख्य कारणी मध्ये रामदेव हुनुहुन्छ । हाल सगोलमा बस्न हित्तचित्त नमिलेकोले अंश दिनुहोस भनी बराबर भन्दा आलटाल गरेकोले फिराद गरेका छौं फिराद दायर भएको अगिल्लो दिनसम्मको चलअचल गैर सम्पत्ति तायदाती लिई वंशावली अनुसार ५ जना पूर्खा मध्ये २ जनाको नावल्ह भई ३ जनाको मात्र सन्तान भएकोले १ भाग हाम्रो बाजे ससुरा अलगुको अंश मध्ये निज अलगुको २ सन्तान भएकोले आधा हाम्रो बाबु लोग्ने कामताको भएको अर्थात् पूरा जायजातमा ६ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी । ३. वादी दावी बमोजिम एकासराकतमा बसेका होइन । वादी र हाम्रो वतन फरक छ । २००३ सालमा सर्जु मर्दा दर्ता नामसारीमा विवाद परी हक कायम गरी ल्याउनु भनी मालले सुनाएपछि क.ब.जि.अ. मा नालिश परी मुद्दा चल्दाचल्दै पैतृक सम्पत्ति मध्ये राजाराम मिश्रको हक अंशको जग्गा समेत निजले म रामदेवलाई बकसपत्र गरिदिएको भएपनि राजाराम, सर्जु समेतका नाममा दर्ता रहेको जग्गा जिमिदारी मध्य ५ अंश हक कायम गरी २०२८।९।५।२ मा