निर्णय नं. २६६८ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६६८ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: असार अंक: ३ फैसला मिति :२०४३/०३/२५ २६०८ निर्णय नं. २६६८ ने.का.प. २०४३ अङ्क - ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १६८६ आदेश भएको मिति : २०४३।३।२५।४ मा निवेदक : ल.पु.न.पं.वार्ड नं. १६ बस्ने सामुदायिक वन विकास तथा वृक्षारोपण महाशाखा हात्तिसार काठमाडौंको सहायक वृक्षारोपण अधिकृत बद्रीराज जोशी विरुद्ध विपक्षी : श्री लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) कुनै पनि कर्मचारी कुनै कार्यालयमा रुजु हाजिर रहेको भन्नाले सो कार्यालयमा कार्यरत रही सोही कार्यालयमै हाजिर रहेको हुनुपर्छ । (प्रकरण नं. २३) (२) पाल्पामा लियन पद रही काठमाडौंमा काज रहेको अवधिलाई पाल्पामा रुजु हाजिर रहेको मानी सो अवधि समेत जोडी अंक प्रदान गरेको अनियमित तथा गैरकानुनी देखिने । (प्रकरण नं. २५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणी दाहाल र विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना र विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव : बढुवा समिति वन तथा भू–संरक्षण मन्त्रालय काठमाडौंको मिति ०४१।२।३० को बढुवा सम्बन्धी निर्णय समेत उत्प्रेषणद्वारा बदर गरिपाउँ भनी नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. नेपाल वन सेवा जनरल फरेष्ट्री समूहको राजपत्राङ्कित प्रा.द्वितीय श्रेणीको ३ पद आन्तरिक मूल्याङ्कनद्वारा बढुवाको लागि ०३९ पौष मसान्तसम्ममा हुने सम्भाव्य उम्मेदवारहरूले दर्खास्त दिनु भनी लोकसेवा आयोग (तथ्याङ्क गोष्ठी तथा प्रकाशन शाखा) को सूचना नं. २०२।०३० मिति ०३९।९।१३ को गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो । ३. सो सूचना बमोजिम म निवेदकले पनि उम्मेदवारी दर्खास्त दिएको थिएँ । विपक्षी बढुवा समितिले मिति ०४१।२।३० मा उक्त पद ३ मा तुल्सीभक्त, प्रजापती, सूर्यप्रसाद जोशी र मोहनप्रसाद ढुङ्गेललाई बढुवामा सिफारिश गरेको सूचना गोरखापत्रमा मिति ०४१।३।७ मा प्रकाशित गरियो । ४. उक्त बढुवा सिफारिश उपर चित्त नबुझी म निवेदकले ३५ दिनभित्र आफूले बढुवा पाउनुपर्ने आधारहरू खुलाई विपक्षी लोकसेवा आयोगमा उजूरी गरेकोमा आधारहीन ठहर्याई विपक्षी लोकसेवा आयोगबाट मिति ०४१।६।४ मा भएको निर्णयको जानकारी मिति ०४१।६।७ मा प्राप्त हुन आएको छ । ५. मैले विभिन्न वर्गीकृत क्षेत्रमा काम गरेबापत (क) वर्गमा ३.२७७, (ग) वर्गमा १०.५८८, (घ) वर्गमा ४.५३८ र ९ महीना २४ दिनको (ग) वर्गको ३.२६६ अंक गरी सो समेत जम्मा अंक २१.६६९ वर्गीकृत क्षेत्रमा काम गरेको अंक पाउनुपर्नेमा विपक्षी बढुवा समितिले १५.५२७ अंक मात्र दिएको प्रत्यक्ष कानुनी त्रुटिपूर्ण छ । विपक्षी सूर्यप्रसाद जोशीले अनुभव बापत १४.८६४ अंक मात्र पाउनेमा १८.८७२ अंक दिएको मिलेको छैन । निजले भू तथा जलाधार संरक्षण विभागबाट ०३५।९।२२ देखि तिनाउ जलाधार योजना पाल्पामा गई ०३८।६।७ सम्म (ग) वर्गमा पर्ने पाल्पा जिल्लामा २ वर्ष ८ महीना १६ दिन कार्यरत रहनु भएको त्यहाँ १०.८४३ अंक पाउनुपर्नेमा भू तथा जलाधार संरक्षण विभागको मिति ०३८।६।५ को पत