निर्णय नं. १७५ - जग्गा जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७५ - जग्गा जालसाजी भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०७/१७ २७०६ निर्णय नं. १७५ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स. श्री ईश्वरीराज मिश्र न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह दे.फु.नं. ६१ निवेदक, प्रतिवादी : महाशरण पाध्या विरुद्ध विपक्षी, वादी : बालकृष्ण पाध्या मुद्दा : जग्गा जालसाजी (१) राजिनामा गरी लिएको जग्गामा हद कायम बारे खिचोला परेमा तिरो बमोजिमको जग्गा पाउने हो वा माटो मुरी बमोजिमको जग्गा पाउने ? कमिश्नर मैजिष्ट्रेट सवालको दफा २० को देहाय १ मा माटो मुरी खुलेकोमा सोही बमोजिम नखुलेकोमा तिराको हिसाबले हद कायम गर्नु भन्ने–रजिष्ट्रेशनको ३० नं. मा जग्गाको माटो मुरीलाई नै प्राथमिकता दिइएको । ....अघि लागू रहेको अपील गर्न पाउने हदसम्बन्धी अपीललाई भएको सनद बमोजिमकै र हाल लागु रहेको कमिश्नर मैजिष्ट्रेट सवालको दफा २० को देहाय १ मा माटो मुरी खुलेकोमा सोही बमोजिम र नखुलेकोमा तिराका हिसावले हद कायम गर्नु भन्ने र रजिष्ट्रेशनको ३० नं. मा दाखिल खारेज गर्नु पर्ने ठाउँमा फलानाको यती जग्गा फलानाका नाउँमा दाखिल खारिज गरी दिनु भनी पठाउनु भन्ने लेखिएबाट जग्गाको माटो मुरीलाई ग्राहृयता दिने ऐनको मनसाय देखिएको । ।२।१० जग्गाको दर्तावालाले ।१।५ राजीनामा गरिदिएकोमा त्योभन्दा बढी दिएको भन्न नमिल्ने । (प्रकरण नं. १७) निवेदक तर्फबाट : प्लीडर नन्दीकेशर र प्लीडर मीनमर्दन बस्नेत बिपक्षी तर्फबाट : प्लीडर पुरेन्द्रकुमार मैनाली फैसला १. यसमा डिभिजन बेञ्चबाट ०१६।४।१२।२ मा फैसला भए उपर दोर्याई पाउँ भन्ने महाशरणको निवेदनपत्र परी १ पटक दोहर्याई हेरी दिनुभन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आई दर्ता भई तारिखमा रहेको दुबै राखी पेश हुँन आएको यो मुद्दा हेर्दा : नन्दीकेशरका नाउँमा तिरो रु. ।३१।१ दर्ता भए मध्ये रु. ।६।१ को पाखो नवनिधिको हक भई निजले केहीमा दर्ता खेत बिराई आफ्नो छोरा टिकारामका नाउँमा दर्ता गराएको खेत ।१।१०। मध्ये तिरो रु. ।१५ को खेत ।.।१५ समेत जम्मा तिरो रु. ।२१।१ को पूर्व देवीप्रसादको पाखो समेत ४ किल्ला भित्रको खेत पाखो जग्गा र त्यसमा बनेको कटेरो समेत नवनिधिबाट मेले रु. ६००। मा ०८।३।२५ मा घरायसमा राजीनामा लिई ऐजन पौष २४ गते पास समेत गराई भोग गरेको थिएँ । प्रतिवादी महाशरणले म समेत उपर मकै चोरी मुद्दा दिएको । त्यसमा नवनिधिसँग मैले राजीनामा लिएको खेत पाखा समेत किल्लाभित्र पारी ०८ साल बैशाखमा टिकारामबाट मैले राजीनामा लिएको । त्यस उपर नवनिधिले म एकाघरको बाबु छँदै छोराबाट बेदामे राजीनामा गरायो भन्ने समेत उजुरी दिई कायलनामा गरी मेरो हक भएको भन्ने समेत लेखिएको रहेछ । बुझ्दा लेखिए बमोजिम गरेकै बुझियो । जालसाज मिलेमतोबाट मेरो जग्गा समेत महाशरणको हक हुने गरी टिकाराम राजीनामा दिने महाशरण लिने नवनिधिले करारमा उजुर गरी कायलनामा गर्ने गरी जग्गामा दावी समेत गरेमा ऐन बमोजिम सजाय गरी मेरो राजीनामा बमोजिम जग्गा कटेरा समेत सदर गरी पाउँ भन्ने बालकृष्णको ०१३।४।२१ को फिराद । २. पूर्व ठाडो खोल्सो हरिप्रसादको पाखो समेत ४ किल्ला भित्रको भडकुबा भन्ने तिरो रु. ।२५ को खेत ।१।५ र तिरो रु. ।१२।२ मध्ये तिरो रु. ।४ को पाखो खरबारी समेतको जग्गा त्यसमा बनेको गोठ कटेरो समेत रु. २२००। मा टिकारामले ०८।१।२२ मा मलाई राजीनामा दिई ०८।३।१ मा पास समेत भई ०८ सालका बाली देखि मैले भोग चलन गरेको छु । टिकारामको बाबु नवनिधिले म बाबु छँदै छोराको जग्गामा ह