निर्णय नं. ३१०९ - जग्गा हक दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३१०९ - जग्गा हक दर्ता बदर भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०६/०१ २०९५ निर्णय नं. ३१०९ ने.का.प. २०४४ अङ्क ६ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह सम्वत् २०४३ को दे.पूर्ण ई.मि.नं. ९६ मुद्दा : जग्गा हक दर्ता बदर । निवेदक/प्रतिवादी: तेर्हथुम जिल्ला इसिबु गा.पं. वडा नं. ७ इसिबु बस्ने वीरध्वज लिम्बू । विरुद्ध विपक्षी/वादी:ऐ.ऐ वडा नं.४ घर भई हाल झापा जिल्ला दमक गा.पं. वडा नं. ३ बस्ने जयधर्म उपाध्याय भण्डारी । फैसला भएको मिति: २०४४।६।१।५ मा झगडा परेको जग्गा निवेदक प्रतिवादीको हो भन्ने तथ्ययुक्त आधार प्रतिवादीले दिन सकेको छैन तसर्थ विवादको जग्गामा वादीको हक कायम हुने । (प्रकरण नं. १६) निवेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षी,वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंहः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीले चढाएको विन्तीपत्रमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्जबाट छिनिएको मुद्दा फुलबेञ्चबाट दोहोर्याई हरी कानून बमोजिम निर्णय गर्नु भन्ने समेत श्री महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विषेश जाहेरी विभागबाट मिति २०४३।४।२९ मा तोक लागि आएअनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. ५० साल जाँचमा इसिबुको राई गुमान ध्वजका नाम माटो मुरी ३० तिरो रु. १५।– दर्ता भई दर्तावाला मरी नाति बुद्धिमानले म बाट भा.रु. २,४००।– खाई तेस्रो कुलो र मेरो किपटबारी भनेको हाल वीरबहादुर गायत्रीदेवी बारी पूर्व हर्कध्वजको किपट गंगटे खेत बारी भनेको खेमनाथका नाममा दर्ता भएको खेत र विपक्षीले गायत्रीलाई भो.ब. पास गरी बारी पश्चिम विपक्षीकै किपट गैरी खेत कि.नं. ५८९ र मर्दल भनेको निजको नाति बलबहादुर इन्द्रजंग भनेको निजको पति भुवान सिं दर्ता कि.नं. ५९१ उत्तर असले जाने डागे बारी भनेको हाल गायत्रीदेवी दर्ता कि.नं. ५२२ खेत र ठाडो बाटो दक्षिण यति ४ किल्ला भित्र धान बीउ पाथी १८ जाने उब्जा मुरी ४४ हुने रिठो बोटे भन्ने रैकर खेत २०१२।४।३ गते राजीनामा लिखत भई २०१२।९।१७ मा पास गरी तिरो तिरी भोगी आएको उक्त ३ कित्ता जग्गा बसुन्धराबाट रु. ४,०००।– खाई राजीनामा लिखत गरी दिएबाट सो लिखतका ४ किल्ला भित्रका बसुन्धराले र त्यस बाहेकको जग्गा मैले भोगी आएको सर्भे नापी कि.नं. ५९०, ५९१ समेतको जग्गा मेरा नाममा राजीनामाका ४ किल्ला भित्रको हुनाले दर्ता गरिपाउँ भनी देखाएकोमा कि.नं. ५९४ को जग्गा मेरा नाममा दर्ता गरिदिएको र कि.नं. ५९० को जग्गा वीरध्वजले झगडा जनाएको वीरध्वजका नाममा अस्थायी दर्ता गरिदिने चित्त नबुझे ३५ दिन भित्र अदालतमा उजूर गर्नु भन्ने मिति २०३४।५।२ को १ नं. नापी गोश्वारा २ नं. नापी टोली तेर्हथुमबाट निर्णय गरी मिति २०३४।५।१४ गते सूचना पाएकाले म्यादभित्र फिराद गर्न आएको छु । मेरो राजीनामाको ४ किल्लाको कि.नं. ५९० को खिचोला मेटाई मेरो नाममा दर्ता गरिपाउँ भन्ने जयधर्मको फिरादपत्र । ३. वादी दावी कि.नं. ५९० को जग्गा वादी लेख बमोजिम बुद्धिमानबाट वादीले राजीनामा लिएको रैकर जग्गा नभई सो कि.नं. ५९०, ५९३, ५९४, ५८९, ५९६, ५९५, ५९८, ५९७ समेतका जग्गा हुन अघि गुमानध्वजले ५० साल जाँचमा पुरानीयाबाट नयाँ जिम्मा फुदा गर्दा पल्लो किराततिथीले सरकारी माटो मुरी ६० र ५२ बहाली सह