निर्णय नं. १७६ - .

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७६ - . भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०७/२८ २४९७ निर्णय नं. १७६ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री सु.प्र.गो.द.वा. श्री पशुपतिप्रसाद कोइराला न्यायाधीश श्री दुर्गादत्त उपाध्याय न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह १. हदमुनी गरी जिल्ला अदालतहरूले छिनेको मुद्दाको इन्साफ जाँची पाउँ भन्ने निवेदनपत्र पर्न आएको र पर्नेमा –हद म्याद कायम बारे—उक्त व्यहोराको निवेदन उजुरी — छिनिएको वा जनाउ पाएको मितिले ३५ दिन भित्र दिनुपर्ने । हदमुनी गरी जिल्ला अदालतले छिनेको फैसलाउपर कुनै पक्षले अन्याय वा गैरकानूनी फैसला भयो जाँची पाउँ भनी निवेदनपत्र उजुरी गर्न आएमा छान्न जाँच्न सजिलो हुन जाने हुँदा यस विषयमा कुनै नियम प्रचलनमा नआएसम्म त्यस्तो निवेदन उजुरी छिनिएको वा जनाउ पाएका मितिले प्रचलित कानूनीबमोजिम ३५ दिनभित्र दिएको हुनुपर्छ । ३५ दिन नाघेर परेको उजुर बिन्तिपत्र प्रमांगीका ६ नं. बमोजिम हुनेछ । (प्रकरण नं. ८) २. बकस भई आएको हुकुम प्रमांगीका आधारमा भएको आदेशको विरुद्ध अर्को आदेश दिन मिल्ने नमिल्ने ? बकस भई आएका हुकुम प्रमांगीका आधारमा भएको आदेशको विरुद्ध आएको आदेश दिन मिल्छ मिल्दैन भन्ने तर्फ हेर्दा का.ई. लैनचौर बस्ने बिजुलीप्रसादका हकमा श्रीधर बस्नेतको तो.नं. १४१ को निवेदनपत्रमा सम्बन्धित मिसिल झिकाउनु भन्ने डिभिजन बेञ्चबाट ०१९।७।५ मा आदेश भएको देखियो । हदमुनी गरी जिल्ला अदालतले छिनेकोमा दोहर्‍याई पाउँ भन्ने राजदरबारमा बिन्तिपत्र परी दुवै अड्डाको राय मिलेकोमा दोहरिने सबुद प्रमाण रहेनछ भने ऐनबमोजिम गरी त्यस्तामा मिसिल झिकाइरन पर्दैन । राय नमिलेकोमा दोहर्‍याई हेरिदिनु भन्ने हुकुम प्रमांगी भएको । यस मुद्दामा पनि यिनीहरूको राजदरवारमा निवेदन परी उक्त प्रमांगीबमोजिम दुवै अड्डाको राय मिलेको र कुनै सबुद नहुँदा ऐन सवालबमोजिम गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीशबाट ०१९।२।२५।५ मा आदेश भई गईसकेकोले सोही कुरामा यसै अड्डामा पछि पर्न आएको निवेदनबाट मिसिल झिकाई कारवाई गर्न मिल्दैन । तथ्य निर्णयको आदेश नभई दोहोरिन सक्ने नसक्नेतर्फ हेर्नसम्म कारवाइको आदेश भएकोले उक्त लेखिएबमोजिम अघिल्लो निवेदनबाटै निर्णय भइसकेकोबाट यो पछिल्लो निवेदनबाट भएको कारवाई बदर हुन्छ । (प्रकरण नं. ९) आदेश १. का.इ. लैनचौर बस्ने बिजुलीप्रसादका हकमा श्रीधर बस्नेतको तो.नं. १४१ को निवेदनपत्रमा सम्बन्धित मिसिल झिकाउनु भन्ने डिभिजन बेञ्चबाट आदेश भएको । यिनैको त्यस सम्बन्धमा परेको रविदेवी समेतको निवेदनपत्रमा ०१९।२।२५।५ मा माननीय प्रधान न्यायाधीशज्यूबाट ऐनसवालबमोजिम गर्नु भन्ने आदेश भइसकेको हाल श्रेस्ताबाट देखिनाले रिपोर्ट गरेको छु भन्नेसमेत वि. मनोहरिप्रसादका रिपोर्टको व्यहोरा पेश हुन आएकोले बुझ्दा । २. यो रविदेवी समेतको निवेदन लेखाइबाट इलाका र जिल्ला अदालतको राय मिलेको र कानूनी बुँदा प्रमाण नदेखिँदा बक्स भई आएको हुकुम प्रमांगीबमोजिम दोहर्‍याई हेर्ने निस्सा हुन सक्दैन भन्ने आदेश भई गएको र यस निवेदनमा राजदरबारबाट लेखिआएको व्यहोरासमेत राखी पुनः विचारार्थ सोही डिभिजन बेञ्चमा पेश गर्नुभन्ने छुट्टै आदेश भएकाले अब यस्तै हदमुन गरी छिनिएका मुद्दाहरूको इन्साफ जाँचिपाउँ भन्ने निवेदन पत्रहरू पर्न आइरहेकोमा र पर्न आउनेमा के कति म्याद कायम गर्ने भन्ने प्रश्न उठ्दछ । न्यायप्रशासन ऐनमा जिल्ला अदालतबाट हदमुनी गरी अन्तिम किनारा लागेको मुद्दाहरूमा स