निर्णय नं. ८८५६ - पुनरावलोकन गरी हेरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८५६ - पुनरावलोकन गरी हेरिपाऊँ । भाग: ५४ साल: २०६९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६९/०५/२१ ५१०७ ने.का.प. २०६९, अङ्क ७ निर्णय नं. ८८५६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की पु.नि.नं.२०६७–NF–००११ आदेश मितिः २०६९।५।२१।५ विषय : पुनरावलोकन गरिपाऊँ । मुद्दा : उत्प्रेषण समेत । निवेदकः रौतहट जिल्ला अकोलवा गा.वि.स.वडा नं. ५ स्थायी घर भई वीरगञ्ज उप.म.न. पा.वडा नं.१७ बस्ने हरिनाथ प्रसाद विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत यस अघि निर्णय गर्नेः सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री बलराम के.सी. मा.न्या.श्री भरतराज उप्रेती § केन्द्रीय प्रहरी विशेष अदालतबाट प्रहरी ऐन, २०१२ को दफा ३४ को खण्ड (ग) बमोजिमको कसूर गरेको ठहरी दफा ३४ बमोजिम जरीवानाको सजाय भएकोमा उक्त खण्ड (ग) मा आपूm माथिको प्रहरी कर्मचारीले दिएको कानूनी उर्दी नमानेमा भन्ने उल्लेख भएकोले माथिल्लो तहबाट दिइएको आदेश वा उर्दी नमानेको कार्यलाई नैतिक पतन देखिने कसूर मान्न मिल्ने कुनै कानूनी र विवेकसम्मत आधार नदेखिने । (प्रकरण नं.५) § प्रहरी ऐनअनुसार कैदको सजाय पाएको अवस्था भिन्नै हो र नैतिक पतन देखिने कसूरमा अदालतबाट सजाय पाएको अवस्था भिन्नै भएकाले प्रहरी ऐनको कसूरमा कैद सजाय पाएकोलाई नैतिक पतन देखिने कसूरमा सजाय पाएको सम्झन नमिल्ने र त्यसै गरी अदालतबाट कुनै अन्य ऐनअन्तर्गतको नैतिक पतन देखिने अभियोगमा सजाय पाएकोलाई प्रहरी ऐनअन्तर्गत कैद सजाय पाएको भनी मान्न नमिल्ने । (प्रकरण नं.६) § कैदको सजाय पाएको अवस्थालाई आधार लिई नोकरीबाट बर्खास्त गर्ने निर्णय भएकोमा निर्णयमा आधार लिइएको तर उक्त कैद सजाय नै पुनरावेदन तहबाट उल्टी भई जरीवाना मात्र हुने ठहर भएको अवस्थामा नोकरीबाट बर्खास्त गर्नको लागि अवलम्बन गरिएको निर्णयाधार खण्डित हुने । (प्रकरण नं.७) § जरीवानाको मात्र सजाय भएको कुरालाई नैतिक पतन देखिने फौजदारी कसूर गरेको मानी सुनुवाइको मौका समेत प्रदान नगरी सेवाबाट बर्खास्त गर्दा कानूनी त्रुटिपूर्ण हुने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय हरिप्रसाद उप्रेती र सतिशकुमार झा प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता बिनोद पोखरेल अवलम्बित नजीरः § नेकाप २०६८ नि.नंं.८६६३, पृष्ठ १२७६ सम्बद्ध कानूनः § प्रहरी ऐन, २०१२ को दफा १०(१)(ख), ३४ को खण्ड (ग) र (घ) § प्रहरी नियमावली, २०४९ को नियम ८८, ८९(२) को खण्ड (क) आदेश न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) (ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट भएको मिति २०६६।३।१ को आदेश पुनरावलोकन गरी हेरिपाऊँ भनी निवेदक हरिनाथप्रसादको निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं आदेश निम्नबमोजिम रहेको छ :— निवेदकलाई पश्चिमाञ्चल क्षेत्रीय प्रहरी विशेष अदालतले प्रहरी ऐन, २०१२ को दफा ३४ को (ग) र (घ) अनुसारको कसूर गरेको ठहराई मिति २०५८।३।२८ मा १५ दिन कैद सजाय हुने गरी फैसला गरी सो फैसलाको आधारमा प्रहरी महानिरीक्षकले ऐ. ऐनको दफा १०(१)(ख) अनुसार बर्खास्त गरेको जानकारी मिति २०५८।५।१२ मा प्राप्त भएको थियो । सो निर्णयउपर ३५ दिनभित्रै केन्द्रीय प्रहरी विशेष अदालतमा पुनरावेदन गरेको र नोकरीबाट वर्खास्त गर्ने गरेको निर्णय बदर गरी पुनः पदमा वहाल गरिपाऊँ भनी तत्कालीन श्री ५ को सरकारसमक्