निर्णय नं. ३११० - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३११० - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०४/१० २२४७ निर्णय नं. ३११० ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४३ सालको रिट नम्बर २५१७ विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : कोशी अञ्चल भोजपुर जिल्ला केउरीनी पानी गाउँ पञ्चायत वडा नं. ८ रामचे बस्ने जमान सिंह खत्री । विरुद्ध विपक्षी : भोजपुर जिल्ला पञ्चायतका उप-सभापति दताराम राईको अध्यक्षतामा गठित जिल्ला पञ्चायत न्याय समिति । केउरीनी पानी गाँउ पञ्चायतको न्याय समिति केउरीनी पानी जिल्ला भोजपुर । ऐ.वडा नं.८ बस्ने मोहन कुमार राई । आदेश भएको मिति : २०४४।४।१०।१ मा गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(४) अनुसार गाउँपञ्चायतको बैठकले प्रधानपञ्च उपप्रधानपञ्चको अध्यक्षतामा तीनजना भएको गाउँ न्यायिक समिति गठन गर्ने व्यवस्था गरेकोबाट गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(१) बमोजिम पर्ने मुद्दामा कारवाही तथा निर्णय दफा ४१(४) बमोजिम गठित समितिले गर्नु पर्ने । (प्रकरण नं. १०) तीनजना भएको न्यायिक समितिमा एकजना मात्र बसी निर्णय गरेको अनाधिकृत हुँदा सो निर्णय र त्यस्तो निर्णय बदर गर्नु पर्नेमा त्यसलाई सदर गरेको जिल्ला पञ्चायत न्यायिक समितिको निर्णय समेत त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. जिल्ला भोजपुर केउरीनी गा.पं. वडा नं. ८ कि.नं. २९१, २९३ तथा २९० समेतको मेरो हक भोग दर्ता तिरोको जग्गा भोग चलन गरिआएकोमा विपक्षी मोहनकुमार राईले निजका नामको दर्ता भनिएको केउरीनी पानी गा.पं. वडा नं. ८ को कि.नं. २८२, २८५, २६४, २५९, २६२ सीमले पाखो समेतको खेतको पाखो खेत सो बाट सिन्चित हुने मेरो साविक देखिको कुलोमा विपक्षी जमान सिंह खत्रीले २०३६ सालको सर्भे नापीमा सन्यासिटार भन्ने बाझो चौर दर्ता गराई यही २०४१ सालका बाली देखि उक्त जग्गा खेत विराई उक्त पाखे खोल्साको पानी जबरजस्ती मेरो कुलो मासी लगेको हुँदा ७० मुरी धानको नोक्सानी भएबाट निवेदन गरेको छु भन्ने व्यहोराको निवेदन विपक्षी गा.पं. न्याय समितिमा दिनु भएछ र सो सन्दर्भमा मलाई बुझिँदा सो पाखा खोल्साबाट पहिले देखि नै चलिआएको साविक कै कुलोबाट कि.नं. २९१ समेतका खेतमा भोगचलन गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवाद भई आएको २ पक्षीय दावीमा विपक्षी गा.पं. न्याय समितिले प्रतिवादीको गैरी सन्यासीटारलाई मुकुवा हुँदै आउने खोल्साको कुलो छँदा छँदै गैरे पिच्छे मुहान झिक्न नपाउने र पाखे खोल्साबाट ठाडो ढुंगा मुनि बाहेक अन्यत्र ठाउँमा अन्यत्र पानी लैजान नपाउने ठहर्छ भन्ने समेत व्यहोराको केउरीनी गा.पं. न्यायिक समितिको निर्णय भए उपर मैले भोजपुर जिल्ला पञ्चायत न्यायिक समितिमा पुनरावेदन गरेकोमा मूलतः विपक्षी गा.पं. न्याय समितिको निर्णयलाई नै सदर गरी मिति २०४३।२।५।२ मा फैसला गरिएछ, सो को नक्कल २०४३।२।१३ मा लिई निवेदन प्रस्तुत गरेको छु । ३. पाखे खोल्साबाट जबरजस्ती नयाँ कुलो झिक्यो बाझो चौर आवादी गर्‍यो भन्ने विपक्षीको दावी साविक देखिकै कुलोबाट खेत पटनी गरी आएकोले नो