निर्णय नं. १७७ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७७ - लिखत बदर भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/१०/१२ २५५७ निर्णय नं. १७७ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश स. श्री इश्वरीराज मिश्र न्यायाधी श्री धनेन्द्रबहादुर सिंह फु.नं. १९१ निवेदक, प्रतिवादी : सबुहनी शेषीनी विरुद्ध विपक्षी, वादी : शेषइसा महमद मुद्दा : लिखत बदर १. शेषपछि सम्पत्ति खाने भन्ने धर्मपुत्र — शेषपछि उक्त धनमालमा उजुर गर्ने पाउने । प्रस्तुत मुद्दाका वादीलाई गरिदिएको ०६।१२।८ गतेको लिखतमा शेषपछि सम्पत्ति खाने व्यहोरा मात्र नभई धर्मपुत्र राखेको भन्ने व्यहोरासमेत परेको र सो कागजमा लोग्ने स्वास्नी दुवैको शेषपछि खान पाउने व्यहोरा लेखिएकोमा सो कागज गरिदिने लोग्ने शेष औसान मरिसकेको । सो धर्मपुत्रको कागज बदर गरीपाउँ भन्ने यो मुद्दा पर्नु अगावै प्रतिवादी गौसनियाले दिएको मुद्दामा लाग्ने शेष औंसनको जिन्दगी छँदासम्म स्याहार सम्हार गरेकै देखिंदा गौसनियाको शेषपछि शेष औसानको भाग यो वादी इसा महमदले खान पाउने शेष औसानको भाग यस मुद्दाको प्रतिवादी गौसानियाले बेचबिखन गर्न नपाउने गरी मध्यमाञ्चल उच्च अदालतबाट अन्तिम फैसला भएको देखिएबाट प्रस्तुत मुद्दामा वादीको उजुर पर्ने हक छैन भन्न मिल्ने देखिएन । (प्रकरण नं. १४) २. आफु खुशगर्न पाउने सम्पत्तिको भाग बेचबिखन गरेको सदरै हुने । आफू खुशगर्न पाउने आधा १० बिगाहा मध्येबाट ६।३।।२ मात्र बिक्री भएको देखिएकाले वादीको हक मेटिएको नभई आधा हक कायमै रहिआएको र ६।३।।२ जग्गाको बिक्री बदर हुन्छ भन्दा प्रतिवादीले आफू खुश गर्न पाउने ठहरेको जग्गा आफु खुश गर्न नपाउने हुन आउने हुनाले प्रतिवादी गौरानियाले ०१५।६।१५ मा प्रतिवादी सबुहनी शेखिनीलाई राजीनामा गरी बिक्री गरेको बेमुनासिब भन्न मिलेन । निवेदक तर्फबाट : सिनियर एडभोकेट देवनाथ शर्मा विपक्षी तर्फबाट : कृष्णप्रसाद भण्डारी फैसला १. डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐ. नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्याउने निस्सा भई पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, २. गौसनियाको लोग्ने शेख औसानले मलाई धर्मपुत्र राखेको निज मरी धर्मपुत्र बदर गरी पाउँ भन्ने गौसनियाको र अंशपाउँ भन्ने मेरो नालिस परेकोमा आधा आधा खान पाउन गरी फैसला भएको त्यस्तै अवस्था थैली लिन दिनु नगरी कल्पित अंक देखाई तपसीलबमोजिम जग्गा बिगाहा ६।३।।२ जग्गा ०१५।६।१५ मा जाल परिपञ्च लेखत गरी राजीनामा पास गराएको बदर भए बदर नभए लेखतको जग्गामध्ये मेरो अंश लाग्ने जग्गा नम्बरै पिच्छे आधा ३द्र४।१ को लेखत बदर गरी हक थामी पाउँ भन्नेसमेत शेषइसा महमदको फिराद । ३. लोग्ने शेषऔसान मरे मेरो हेरचाह गर्ने कोही नभएकोले साहु तिर्न र घर खर्च गर्नेसमेत प्रतिवादी सबुहनीबाट कं.रु. ८३०१ लिई मेरो हक भोगको जग्गा बिगाहा ६।३।।२ बिक्री गरिदिएको हुनाले लेखत बदर हुन नसक्ने भन्नेसमेत गौसनियाको र सुफत थैल तिरी जग्गा लिएको हुँ भन्नेसमेत सबुहनीको र जालसाजी खडा गरी हामी लेखेको र साक्षी बसेको समेत नभई सच्चा व्यवहारको कागज हुँदा साक्षी बसेको हुँ भन्नेसमेत सियाराम शेख लियाकत शेख हनिफसमेतको एउटै प्रतिवादी । ४. गौसनिया शेखिनीले सबुहनी शेषनीबाट थैली कं.रु ८३०१ लिई जग्गा फार्छे गरिदिएकोमा म पनि साक्षी बसेको हुँ । झुट्टा उजुर गरेको हो भन्नेसमेत शेषयासिमको प्रतिवादी। ५. प्रतिवादी गौसनियाको नाउँ