निर्णय नं. १७८ - जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७८ - जग्गा दर्ता भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/०३/२२ २२९६ निर्णय नं. १७८ ने.का.प. २०१९ फुल बेञ्च न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फु.नं. २७ निवेदक, प्रतिवादी : क.क. डम्बरशम्शेर थापा विरुद्ध विपक्षी, वादी : रेवतमल माडवारी मुद्दा : जग्गा दर्ता (१) अङ्गबाट म्याद टाँसी लिलाम बडाबड गरेमा दर्तावालाले मेरो हकको भनीउजुर नगरे लिलाममा लिनेको सदरै हुने । सरकारी अड्डाबाट ऐनसवालको रीतपुर्‍याई लिलाम गरी दर्ता दाखिल खारेज भए गरेको कुरामा त्यसतर्फ उजुर गरी बदर नगराएसम्म लिलाम भईसकेको जग्गाको पोत बुझाई पाउँ भन्ने यो उजुर मुनासिव भन्न मिलेन । (प्रकरण नं. २१) (२) दर्तावालाको जग्गा अड्डाले लिलाम गराएमा थाहा पाएका ३५ दिनभित्र उजुर गर्नुपर्ने । वादीलाई मौकैमा थाहा जानकारी भएपछि थाहा पाएका ३५ दिनभित्र उजुर गर्नुपर्ने । (प्रकरण नं. २२) प्रतिवादीतर्फबाट : ल्पिडर मायानाथ उपाध्याय नन्दीकेशर शिकाकोटी फैसला १. मोरङ प्र. गोपाहा मौजे शंकरपुर मौजाको हक नाउँमा दर्ता भएको जग्गा ०५ सालको मालपोत बुझाउन जिमिदार कचहरीमा जाँदा तिम्रो १८८ नं कित्ताको जग्गा बिगाहा १।।१ मध्ये ।३।।।२ नेमचनबाट क.क. डम्बरशम्शेरले पाउने भई उहाँको नाममा दर्ता दाखिल भईसक्यो भनी सो कटाई बाँकी जग्गाको मात्र पोत बुझी दिए सो ।३।।।२ को पोत २।।३ दाखेल गरी नालेस गर्न आएको छु । सो जग्गा नेमचनको हकै नपुग्ने दर्तापनि निजको नभइ मेरै भएको त्यस्तो जग्गा बीच के कारण परिबन्धबाट दिई लिई दाखेल गरेको हु्न् जो बुझ्न पर्ने बुझी पोत २।।३ जिमिदार पटवारीलाई बुझ्न लगाई जग्गा मेरै सदर गरी पाउँ भन्ने रेवतमलको ०६।३।३१।५ को फेरादपत्र । २. विराटनगर बजारको मेरो नाउँमा दर्ता भएको जग्गा ।१.३ मा घर बनाई बसी आएको सो जग्गासँगैको वादीको दर्ता मध्ये ।३।।।२ वादीको बाबु ईश्वरीचनसमेतसँग कुरा मिलाई ७४।७५ सालतिर राजीनामा गराई लिई भोगी आएको थिएँ । म २००२ सालमा देशतर्फ जाँदा मेरो लेना रुपैयाँ नोक्सान पारी गयो भनी क.क. डम्बर सम्शेरले बिन्ति चढाई मेरो घरखेतसमेत विराटनगर गोश्वाराबाट दायतादी गराउँदा सो जग्गासमेत लेखाई दिएछन् । ऐनसवालबमोजिम २१ दिने म्याद टाँस गरी विराटनगर गोश्वारासमेत बसी २००४।५।२३ मा लिलाम गराउँदा रु. ४५००० मा डम्बर शम्शेरकै सकार भएको सो मुचुल्कामा वादी कै दाजु रामलालसमेत साक्षी बसेको छ । वादीको हक भए अ.बं. १११ नं. ऐनको म्याद थाहापाएका ३५ दिनभित्र उजुर गर्नपर्ने नगरी लिलाम कबुल गर्नेले बहाली चलन गरेको पनि धेरैबर्ष पछि झुट्टा नालेस दिएको मात्र हो भन्ने नेमचनको ०६।५।२८ को प्रतिवादी । ३. शंकरपुरको ।३।।।२ मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने क.क. डम्बर शम्श्ेरको वारेसको दर्खास्त परेको र रेवतमलको नाउँमा दर्ता भएको कि.नं. १८८ को ।३।।।२ जग्गा श्री कम्याण्डर इन्चीफ साहेबको प्रमांगीबमोजिम डम्बर सम्शेरका नाउँमा दर्ता गरी दिनु भन्ने विराटनगर गोश्वाराको ०५।१२।२८ को पुर्जिसमेत भई आएकोले क.क. डम्बर सम्शेरका नाउँमा दर्ता गरी दिएको भन्नेसमेत पटवारी विश्वेश्वरप्रसादको ०६।६।२३ को प्रतिउत्तर । ४. नेमचनसँगको बाँकीमा मैले बिन्ति चढाई निजको घरगोलासमेत रोक्का गर्ने प्रमांगी भएपछि तायदात हुँदा निजको जग्गा बिगहा ।।। हक ठहरी २००२।८।१८ मा रोक्का भएछ ०४।५।२३ मा लिलाम हुँदा रु. ४५००० डाक पुगेको सो अंकमा मैलेनै सकार गेरेको व्यहोरा जाहेर हुँदा मेरो नाउँमा चलन पुर्जि गरी दिने प्रमांगी भई च