निर्णय नं. २६७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४३/०३/१३ २०७१ निर्णय नं. २६७१ ने.का.प. २०४३ अङ्क – ४ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.फु.नं. ५१ आदेश भएको मिति : २०४३।३।१३।६ मा निवेदक/विपक्षी : जिल्ला सिराहा करजन्हा गा.पं.वार्ड नं. ३ बस्नेको हाल कायम भएको बदुरा माल गा.पं.वार्ड नं. ६ बस्ने पदमलाल तामाड्डको हकमा लालबहादुर भुजेल विरुद्ध विपक्षी/रिट निवेदक : जिल्ला सिराहा गा.पं.भेदिया वार्ड नं. २ बस्ने मुनर नायक सुडी मरी मु.स. गर्ने निजकी श्रीमती राजोदेवी सुडी विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा अगावै छुट्टी भिन्न भइसकेको व्यक्तिलाई जग्गाधनी देखाई प्रकाशित २ नं. अनुसूची एवं ४ नं. जोताहा अस्थायी निस्साको आधारबाट रिट निवेदकको नाममा दर्ता भएको जग्गाको मोहियानी हक दावी गर्न नमिल्ने । (प्रकरण नं. ९) (२) गाउँपञ्चायतको सिफारिशको आधारमा मोहियानी हक कायम गर्न सकिने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको देखिँदैन । (प्रकरण नं. १०) निवेदक/विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे भू.सु.का.तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : यस अदालत डिभिजनबेञ्चबाट मिति ०४०।११।५।५ मा निर्णय भएको उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्‍याई पाउँ भनी निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा विन्तिपत्र चढाउनु भएकोमा “यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट भएको बिन्तिपत्रमा लेखिएको उत्प्रेषण भन्ने मुद्दाको आदेश सहित मिसिल फुलबेञ्चबाट झिकाई दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु” भनी विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम यस अदालतको फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. म निवेदकको दर्ता जोतभोग तिरोको साविक सिराहा जिल्ला मौजे मडहराको साविक कि.नं. ६९ को ऽ४।।१ कि.नं. ४९ को ।।।.।।२ मौजे प्रयागपुरको कि.नं.२५२२ को ।।२.।।। जग्गा हाल सर्भे नापीमा वडहरा गा.पं.वडा नं.४क. कि.नं. १२२ को ०–४–० वडा नं.३क. कि.नं.१७ को ०–१६–१२ र कि.नं. १११ को ०–१२–० कायम भएको छ । उक्त जग्गा कहिले पनि कसैलाई कमाउन नदिई जग्गाधनी र जोताहा स्वयं निवेदक नै भई उपभोग गर्दै आएको फिल्डबुक र जग्गाधनी दर्ता प्रमाण पूर्जाबाट समर्थित छ । विपक्षी पद्‌मलालले दर्तावाला नै नरहेको सरजु नायकको नाउँमा सर्भे दर्ता भई हाल जग्गाधनी भुरार नायक सुडीको नाउँमा दर्ता रहेको वर्डहरा गा.पं.वडा नं.४क. कि.नं. १२२ को ०–४–०, वडा नं.३क. कि.नं. १७ को ०–१६–१२ र कि.नं. १११ को ०–१२–१० समेत जम्मा जग्गा विगहा १–१३–२ जग्गा मोहीमा कमाई आएकोले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी झुठ्ठा कुराको फिरादमा विपक्षीको दावी भन्ने मेरो प्रतिउत्तर भएकोमा जोताहाको स्थायी निस्सा, करजहा गाउँ पञ्चायतको सिफारिश तथा पत्र समेतको आधारबाट वादी दावी अनुसारको जग्गाको वादीले मोहीको हकको प्रमाणपत्र पाउँने हुँदा वादीको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भनी मिति ०३८।१२।२९ मा प्रत्यर्थी अधिकारीज्यूले निर्णय गर्नुभएको छ । ३. भूमिसम्बन्धी