निर्णय नं. १७९ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७९ - लेनदेन भाग: ५ साल: २०१९ महिना: माघ अंक: १० फैसला मिति :२०१९/११/२७ ४८४९ निर्णय नं. १७९ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री क्षत्री न्यायाधीश श्री.स. ईश्वरीराज मिश्र दे.फु.नं. २१ निवेदक, वादी : चूडामणि शर्मा विरुद्ध विपक्षी, प्रतिवादी : मुक्तिप्रसाद गौचन थकाली मुद्दा : लेनदेन (१) दाम बुझाएमा भरपाई लिनु पर्ने वा तमसुकको पिठमा दरपिठ गर्नुपर्ने । ......दाम बुझाएको भरापाई दिनु पर्ने वा रीतपूर्वक व्यहोरासमेत पारी तमसुकको पिठमा दरपिठ गर्नु पर्नेमा त्यस्तो ०४।७।२२ को तमसुकमा लेखत साक्षी हुने जानिफकार तिलकबहादुरले शिर पट्टिको खाली भागमा दरपिठ गराई रुपैंयाँ बुझाएको होला भन्ने कुरा अनप्रतित देखिने हुनाले सो तमसुकको रुपबाट र प्रतिवादीको उक्त भनाईका भरले दरपिठ भएको भनी भनन मिलेन । (प्रकरण नं. १८) निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे फैसला १. सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई पाउँ भनी सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐजन नियमावलीको संशोधित नियम ६३ को उपनियम ४ बमोजिम दोहर्‍याउने निस्सा भई दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल हेर्दा, २. प्रतिवादीले मबाट रु. २०००। कर्जा लिई २००४ साल कार्तिक २२ गते कपाली तमसुक गरी दिएको सो रुपैयाँ सावाँ व्याज माग्दा नदिएकोले अहिलेसम्मको व्याज रु. १८००। र सावाँ रु. २०००। समेत जम्मा रु. ३८००। र मुद्दा किनारा हुँदा तकको व्याज समेत दिलाई भराई पाउँ भन्ने ०१४।२।४ को वादी चूडामणिको फिरादपत्र । ३. वादीबाट मैले रु. २०००। लिएको हो, तापनि वादीलाई रुपैयाँले हर्जा भई मागेकाले मसँग जम्मा भएको २ वर्ष ३ महिनाको व्याज र सावाँ मध्ये रु. १८०१। रुपैयाँ ज्वाई नाताका तिलकबहादुर हस्ते ०६।१०।८ गते वादीलाई बुझाई यिनै वादीले नै तमसुकको शिर पट्टि दरपिठ जनाई दिएछन् । तापनि उसैमा मैले विश्वास मानी बसेको त्यस्तैमा संकटकालीन अवस्थामा यो वादीलाई रु. २०००। चन्दा दिउँदा भन्ने व्यहोराको कांग्रेसले भाकापत्र गराई रुपैयाँमा पक्रँदा सो बेला यो वादीसँग रुपैयाँ मौज्दात नहुँदा मसँग मागी मैले रु. २०००। दिई कांग्रेसलाई बुझाई कांग्रेसले गराएको भाकापत्र र लखबन्धकमा खाएको रु. ३८५। र अघिका रु. २०००। मध्येका रु. १८०१। को सावाँ व्याज तिरी सकिएको बाँकी रहेको सावाँ र व्याज समेतको दोहोरै भिडाई हिसाब गरी मेरो कट्टि हुने जति रुपैयाँ कटाई बाँकी बढी भएको रुपैयाँको सावाँ व्याज बुझाउँला भने व्यहोराको भरपाईको कागजसमेत वादीले गरी दिएको हुनाले वादीलाई मैले दिनु तिर्नु पर्ने बाँकी रुपैयाँ छैन । मेरो बढी रुपैयाँ खानलाई र डम्बरबहादुरको मबाट लखमा खाएको ।३० समेतको ।४० मुुरी खेत मैले डम्बरबहादुरलाई फकाई राजीनामा गरी दिएनन् भन्ने रिसले यो उजुर दिएको मात्र हो भन्नेसमेत मुक्तिप्रसाद गौचनको प्रतिवादी । ४. ०७।१०।२४ को भरपाई फट्टा र ०७।११।३ को भरपाईसमेत सद्दे किर्तेमा सुनाएमा मैले गरी दिएको होइन किर्ते हो भन्नेसमेत वादी चूडामणिको र उक्त टिप्पण भरपाईसमेत सद्दे साँचो हो भन्नेसमेत मुक्तिप्रसाद गौचनसमेतको बयान । ५. प्रतिवादीबाट पेश भएको रु. २०००। को भरपाईसमेत किर्ते नभई वादीले गरिदिएको देखिन ठहर्न आएकोले सावाँ व्याज रुपैयाँ भराई पाउँ भनी वादले झुट्टा उजुर गरेको ठहर्छ भन्नेसमेत स्याङ्जा अदालतको २०१५।३।१६।२ को फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन भन्ने