निर्णय नं. ३१११ - उत्प्रेषण लगायत परमादेश सहितको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१११ - उत्प्रेषण लगायत परमादेश सहितको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २९ साल: २०४४ महिना: असोज अंक: ६ फैसला मिति :२०४४/०५/०१ ३१८३ निर्णय नं. ३१११ ने.का.प. २०४४ अङ्क ६ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४२ सालको रिट नं. २१३७ विषय : उत्प्रेषण लगायत परमादेश सहितको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । रिट/निवेदक:का.जि.का.न.पं. वडा नं. ११ त्रिपुरेश्वर स्थित खानेपानी तथा ढल निकास समिति उत्तराधिकारी संस्थान अधिकार प्राप्त महाप्रबन्धक पोषणनाथ नेपाल । विरुद्ध विपक्षी : मध्यमाञ्चल क्षेत्रीय अदालत । भण्डारी बिल्डर्स प्राईभेट लिमिटेड नेहरुप्लेस नयां दिल्ली ११००१९ हाल ल.पु.न.पं. वडा नं. जावलाखेल एकान्तकुना । आदेश भएको मिति: २०४४।५।१।२ मा मध्यस्थता ऐन, २०३८ को दफा ५(२) अनुसार मुख्य मध्यस्थता नियुक्त गरेकोमा मध्यस्थता ऐन, २०३८ मा मध्यस्थता नियुक्त गर्ने आदेश उपर पुनरावेदन लाग्ने व्यवस्था गरेको देखिन आउँदैन, अतः मध्यस्थता नियुक्ति गर्ने आदेशलाई न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१) मा व्यवस्था भएको अन्तिम आदेश कायम गरी पुनरावेदन लाग्ने भन्न नमिलेकोले भन्दै पुनरावेदन खारेज हुने ठहर्‍याई गरेको निर्णयलाई त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेल प्रत्यर्थीतर्फबाट : विद्वान सह-न्यायाधिवक्ता श्री राजकिशोर सिंह उल्लेखित मुद्दाःX आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. विपक्षी मध्येको भण्डारी विल्डर्स प्रा.लि तथा निवेदक खानेपानी तथा ढल निकास समितिको उत्तराधिकारी संस्थान बीच सन् ३१ डिसेम्बर १९८० मा भएको सम्झौता करार बमोजिम खानेपानी तथा ढल निकास संस्थानले काठमाडौंको विभिन्न ठाउँहरूमा दिएको प्रोग्राम अनुसार विपक्षी भण्डारी विल्डर्सले कार्य गर्नु पर्नेमा नगरी लापरवाही एवं ढिलासुस्ती गरेको हुनाले खानेपानी तथा ढल निकास तत्कालिन समिति हाल संस्थानले विपक्षीसंग गरिएको करारको अनुच्छेद ६३ अन्तर्गत २९ अप्रिलमा बाध्यतावस करारको अन्त्य गरेको सूचना दिइयो । तत्पश्चात विपक्षी भण्डारी बिल्डर्सले रिट निवेदकसंग १३ लाख यु.यस. डलरको क्षेतिपूर्ति हर्जाना दावा गर्दै मुख्य मध्यस्थ नियुक्तिको लागि मिति २०४०।४।२० मा का.जि.अ. मा निवेदन दिनु भएकोमा रिट निवेदकको मञ्जूरी बिना नै मिति २०४०।११।१९ मा वरिष्ठ अधिवक्ता बासुदेबप्रसाद ढुंगानालाई मध्यस्थ नियुक्ति गर्ने आदेश दिइयो । बासुदेबप्रसाद ढुंगानाले असमर्थता प्रकट गरी मुख्य मध्यस्थ बन्न अस्वीकार गर्नु भएकोले विपक्षी भण्डारी विल्डर्सले पुनः मिति २०४१।५।२१ मा सत्यनारायण राठीलाई मुख्य मध्यस्थ पदमा नियुक्ति गरिपाउँ भनी का.जि.अ. मा निवेदन दिएकोले का.जि.अ.बाट रिट निवेदकसंग मुख्य मध्यस्थ नियुक्ति सम्बन्धमा निवेदनको प्रतिकृया जनाउन सूचित गरे अनुसार निवेदकले मध्यस्थ सम्बन्धी ऐन, २०३८ को दफा ७ को उपदफा १, २ बमोजिम विषेश परिस्थितिमा मध्यस्थ पूर्ति गर्ने काममा विपक्षी भण्डारी विल्डर्स समयमै क्रियाशील नभएकोले मुख्य मध्यस्थ नियुक्ति गर्न निवेदकको सहमति नभएको साथै खानेपानी ढल निकास र भण्डारी विल्डर्स बीच भएको करारनामा एवं सम्झौता शर्त अनुसार दुई पक्षको बीच उक्त कुनै विवाद उत्पन्न